काठमाडौँ । स्रोत नखुलेको स्वदेशी तथा विदेशी मुद्रासहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।IMG-20240417-WA0001 3

पक्राउ पर्नेमा चिनियाँ नागरिक याओ लिआङग्लिन र भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का दीपेन्द्र श्रेष्ठ छन् ।

क्षेत्रपाटीस्थित जिसाङ सु होटेल एण्ड रेस्टुरेन्ट प्रालिका सञ्चालक समेत हुन् । उनीबाट ३७ लाख ८१ हजार ३५० हजार नेपाली रुपैयाँ, १२ हजार भारु, २ हजार थाई भाट, ३५० अमेरिकी डलर र ३ हजार २७० चाइनिज युआन बरामद भएको प्रहरीले जनाएको छ ।