काठमाण्डौ । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ ।IMG-20240326-WA0001 3

लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । कलाकार संघका सदस्यसमेत रहेका केसीको बेल्जियममै निधन भएको हो ।  केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ।

OM Sai Pathibhara Hospital

केसीले नेपालमा छँदा रेडियो, टेलिभिजनमा काम गर्नुका साथै टेलिचलिचत्र, फिल्म, म्युजिक भिडियोमा अभिनय गरेका छन् । केसीको निर्देशनमा थुप्रै म्युजिक भिडियो समेत बनेको छ ।