समाचार

    Showing 17,211-17,220 of 25,912 items.
  • नेपाल प्रहरीका १६९ असईको सईमा बढुवा सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीका १६९ जना प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयले जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो । 

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 315 पटक पढिएको
  • संसदीय समितिको बैठक बस्दै

    काठमाण्डौ । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ। अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लोगेको हो। दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । कार्यसूचीमा विविध विषय पनि उल्लेख  छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकमा समितिको आन्तरिक काम कारबाही तथा विविध विषयमा छलफल हुने कार्यसूचीमा उल्लेख छ। 

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 235 पटक पढिएको
  • कान्तिपुर पब्लिकेसनका मालिक कैलाश सिरोहिया पक्राउ

    काठमाण्डौ  ।  कान्तिपुर पब्लिकेसनका मालिक कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।नक्कली नागरिकता लिएको आरोपमा प्रहरीले अनुसन्धान गरी पक्राउ पूर्जी जारी गरेको केही घण्टापछि नै सिरोहिया पक्राउ परेका हुन् ।सिरोहियालाई पक्राउ गर्न प्रहरीको तीनवटा टोलि तीन कार्यालयमा  पुगेको थियो । कान्तिपुर दैनिकको थापाथलीस्थित कार्यालय, कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय र कान्तिपुर एफएमको पुल्चोकस्थित कार्यालयमा मङ्गलवार अपरान्ह एउटै समयमा प्रहरीले छापा मारेको थियो। निजलाई कान्तिपुर दैनिकको कार्यालयमा आफ्नो कार्यकक्ष भन्दा बेग्लै कक्षमा बसेको अवस्थामा प्रहरीले फेला पारेपछि पक्राउ

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 267 पटक पढिएको
  • इलामको पशुपतीनगर नाकाबाट तस्करिको सामान बरामद

    फिक्कल  ।  इलामको पशुपतीनगर नेपाल–भारत सीमा क्षेत्रबाट अवैध  पिकअक भ्यान सामान सशस्त्र प्रहरिले नियन्त्रणमा लिइएको छ ।इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँदै गरेको पिकअप नियन्त्रणमा लिइएको हो । सवारीसहित रु १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको हो ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सो सामान सोमबार नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर १–०३–००१ज ००१९ नम्बरको पिकअप सहित सामान बरामद गरिएको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।बक्खु कपडा, चिप्लो बक्खु, हाल्फ ज्याकेट, जेन्स र लेडि

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 346 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा झापाको कचनकवलबाट भन्सार छलीका कपडा बरामद

    झापा । झापाको कचनकवलमा  तस्करिले भन्सार छलेर भित्र्याएको ४८ लाखभन्दा बढीको कपडा  सशस्त्र प्रहरीले बरामद गरेको छ । सोमबार  दिउँसो २.२० बजेको समयमा कचनकवल गाउँपालिका ६ स्थित जमनाल मियाँको घरवाट भारतवाट अबैध रूपमा चोरी तस्करी गरी लुकाई छिपाई राखेको २३ पोका कपडा बरामद गरेको हो ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल  सीमा सुरक्षा गुल्म घेराबारीका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभातकुमार गौतमको कमाण्डमा खटिएको टोलीले भारतबाट चोरी तस्करी गरी ल्याई ठूलो मात्रामा भण्डारण गरी लुकाइछिपाइ राखिएको जमनाल मियाँको घरमा खानतलासी गरी ४८ लाख १८ हजार ७०० मूल्यको कपडा बरामद गरेको हो ।उक्

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 477 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 501 पटक पढिएको
  • संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

    काठमाण्डौ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजेका लागि बोलाइएको छ ।आज बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद ज्ञापन गर्ने पनि आजको कार्यसूचीमा उल्लेख छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवे

    • प्रकाशित मितिः जेठ ६, २०८१
    • 242 पटक पढिएको
  • कार दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाण्डौ । मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका-६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका-१२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।उनीहरुको टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो । कारका चालक बाराको निजगढ नगरपालिका-६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उप

    • प्रकाशित मितिः जेठ ६, २०८१
    • 330 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको केही स्थानहरु र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको केही बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा सा

    • प्रकाशित मितिः जेठ ६, २०८१
    • 330 पटक पढिएको
  • कारको ठक्करले पत्रकार रोहिताको मृत्यु, एकजना घाइते

    धनुषा । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।धनुषाको शहीदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए । मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्

    • प्रकाशित मितिः जेठ ५, २०८१
    • 297 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.