काठमाण्डौ । मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।IMG-20240417-WA0001 9

दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका-६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका-१२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनीहरुको टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो । कारका चालक बाराको निजगढ नगरपालिका-६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।