काठमाण्डौ  ।  कान्तिपुर पब्लिकेसनका मालिक कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।नक्कली नागरिकता लिएको आरोपमा प्रहरीले अनुसन्धान गरी पक्राउ पूर्जी जारी गरेको केही घण्टापछि नै सिरोहिया पक्राउ परेका हुन् ।IMG-20240326-WA0001 5

सिरोहियालाई पक्राउ गर्न प्रहरीको तीनवटा टोलि तीन कार्यालयमा  पुगेको थियो । कान्तिपुर दैनिकको थापाथलीस्थित कार्यालय, कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय र कान्तिपुर एफएमको पुल्चोकस्थित कार्यालयमा मङ्गलवार अपरान्ह एउटै समयमा प्रहरीले छापा मारेको थियो। निजलाई कान्तिपुर दैनिकको कार्यालयमा आफ्नो कार्यकक्ष भन्दा बेग्लै कक्षमा बसेको अवस्थामा प्रहरीले फेला पारेपछि पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

कान्तिपुरले गृहमन्त्रीबाट भएको सहकारी ठगीसम्बन्धी समाचार सप्रमाण प्रकाशित गर्दै आएको बेला कैलाशको गिरफ्तारीलाई रहस्यपूर्ण मानिएको छ। अनुसन्धानकर्ताहरूले कैलाश भारतीय नागरिक भएको र उनले नक्कली नागरिकता लिएको दाबी गरेका छन् । कैलाशपत्नी स्वस्तिकाको पनि दुईवटा नागरिकता भएको प्रमाण प्रहरीले फेला पारेको बताइन्छ।

सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवाको आपत्ति

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गरेका छन् ।

सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि द्विट गर्दै आपत्ति जनाएका हुन् । यसैगरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल एक्समार्फत कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर सरकारले गल्ती गरेको उल्लेख गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाउँदै भनेका छन्, ‘कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ । तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ ।’ यस मामलामा नेपाल पत्रकार महासङ्घलगायत विभिन्न सङ्घ संस्था, व्यक्तिलगायतले पनि विरोध जनाएका छन् ।

सिरोहियालाई स्थलमार्ग हुँदै धनुषा पुर्‍याइयो

नागरिकतासम्बन्धी अनुसन्धानका लागि भन्दै गिरफ्तार पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले स्थलमार्ग हुँदै धनुषा पुर्‍याएको छ ।

बीपी राजमार्ग हुँदै अध्यक्ष सिरोहियालाई बुधबार बिहानै धनुषा पुर्‍याइएको हो । प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट गिरफ्तार गरेको थियो ।