फिक्कल  ।  इलामको पशुपतीनगर नेपाल–भारत सीमा क्षेत्रबाट अवैध  पिकअक भ्यान सामान सशस्त्र प्रहरिले नियन्त्रणमा लिइएको छ ।IMG-20240326-WA0001 5

इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँदै गरेको पिकअप नियन्त्रणमा लिइएको हो । सवारीसहित रु १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको हो ।

OM Sai Pathibhara Hospital

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सो सामान सोमबार नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर १–०३–००१ज ००१९ नम्बरको पिकअप सहित सामान बरामद गरिएको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।

बक्खु कपडा, चिप्लो बक्खु, हाल्फ ज्याकेट, जेन्स र लेडिज चप्पल, अन्य ज्याकेट, ट्राउजर, गहुँ, मकैको च्याख्ला गरेर रु ६ लाख १८ हजार ३ सयको सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ । त्यस्तै सवारीको मूल्य रु ७ लाख कायम गरेर रु १३ लाख १८ हजार ३ सय बराबरका सामग्री बरामद भएको जनाइएको छ । उक्त बरामत सामानसहित पिकअप पशुपती भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरिको डिएसपी होम श्रेस्ठले बताए ।