झापा । झापाको कचनकवलमा  तस्करिले भन्सार छलेर भित्र्याएको ४८ लाखभन्दा बढीको कपडा  सशस्त्र प्रहरीले बरामद गरेको छ । सोमबार  दिउँसो २.२० बजेको समयमा कचनकवल गाउँपालिका ६ स्थित जमनाल मियाँको घरवाट भारतवाट अबैध रूपमा चोरी तस्करी गरी लुकाई छिपाई राखेको २३ पोका कपडा बरामद गरेको हो ।IMG-20240326-WA0001 5

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल  सीमा सुरक्षा गुल्म घेराबारीका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभातकुमार गौतमको कमाण्डमा खटिएको टोलीले भारतबाट चोरी तस्करी गरी ल्याई ठूलो मात्रामा भण्डारण गरी लुकाइछिपाइ राखिएको जमनाल मियाँको घरमा खानतलासी गरी ४८ लाख १८ हजार ७०० मूल्यको कपडा बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

उक्त लत्ताकपडा मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको सशस्त्र बताएको छ। सो कपडा भारतबाट पाठमारिहुदै दलेगाउको एरियाबाट नेपाल भित्राएको सशस्त्रले बताएको छ। रातभरी तस्करिले भित्राएको सामान राती दिउँसो मौका छोपी मारुती भ्यान, कार, पिकअपमा भद्रपुर बजार ब्यापारिको गोदामसम्म पुराउने र भद्रपुरको गोदामबाट बिलबनाइ ब्यापारिले बिर्तामोड, दमक, इटहरी, धरान सम्मलाने गरेका छन।

कोशी प्रदेशका डिआइजी अन्जनी कुमार पोखरेलको सरुवा भए सङै तस्करिहरुले कारोबार सुरु गरेको जानकारहरु बताउछन। झापाको दख्खिन भेग तस्करिको पोइन्ट बन्दै आएको छ। तस्करिले तस्कर गरेको सामान प्रहरिले बरामत गर्ने बित्तिकै बिभिन्न ब्यापारिहरुबाट खरिद गरेको भनेर बिलबिजक देखाउने गरेको पाइन्छ सम्बन्दित बिलबिजक माथि समेत अनुसन्धान गर्न जरुरी देखिएको छ।