समाचार

    Showing 15,681-15,690 of 25,865 items.
  • मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा नम्रता सिंहसहित आठ जना र एउटा कृषि फार्मविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।आव २०७९र०८० मा मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख एवं कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको, नक्कली बिल भरपाइका आधारमा भुक्तानी दिएको र ‘स्पेशिफिकेशन’ अनुसारको सामान खरिद नगरेका भन्दै

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 222 पटक पढिएको
  • व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत

    काठमाडौँ । सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ ।न्यायाधीश डा नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८१ भदौ २५ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आज सर्वोच्चले व्यक्तिलाई गोपनीयता, वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक भएकाले त्यस्ता सूचनामा पहुँच नदिन भनेको हो ।  ‘कुनै पनि व्यक्तिको व्यक्तिगत लिखत, तथ्याङ्क र पत्राचार आदि कानुनबमोजिम बाहेक अनतिक्रम्य हुने संवैधानिक व्यवस्था छ, यस्तो हकको संरक्षण गर्नु राज्यको दायित्व हुने विषयमा विवाद भएन । व्यक्तिगत सूचनामा अनधिकृत रूपमा हुने कुनै पनि प्रकारको पहु

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 259 पटक पढिएको
  • कुलमानलाई मन्त्रालयको ९ बुँदे स्पष्टीकरण

    काठमाण्डौ  ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन्।सोमबार ऊर्जा सचिव सुरेश आचार्यले पत्र काटेर सात दिनभित्र जवाफ पेस गर्नेगरी घिसिङलाई स्पष्टीकरण सोधेका हुन्।स्पष्टीकरण पत्रको ९औं बुँदामा भनिएको छ, 'आफूले पेस गर्नुपर्ने कार्यसम्पादन सम्झौताअनुरूपको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी विवरण समेत पेस नगरेको कारण तपाईंको यथोचित कार्यसम्पादन मूल्याङ्कन हुने अवस्था नभएको र तपाईं स्वयंले मिति २०८१/०८/०४ प.सं. ०८१/०८२ च.नं. ५२४ को पत्रमार्फत उक्त विवरण पेस नगरेको विषय स्वीकार्दै 'तहाँ मन्त्रालय

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 289 पटक पढिएको
  • पश्चिम नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

    नवलपरासी । पश्चिम नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना रहेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए ।उनका अनुसार  २५ जना महिला र एक सय ५० पुरुष राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनीका बालबालिका, ९२ जना महिला र चार सय ७० जना पुरुष छन् । कैदीबन्दीहरूको सङ्ख्या बढी भएपछि उनीहरूको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ । यद्यपि आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 320 पटक पढिएको
  • सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका

    गलकोट (बागलुङ) । सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा सघाएको हो । नगरपालिकाले पहिलो चरणमा दुई हजार दुई सय कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान सुन्तला किसानलाई दिएको छ । गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनु

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 397 पटक पढिएको
  • माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ

    काठमाडौँ । माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो ।टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ । माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 213 पटक पढिएको
  • महिनावारी विभेद अन्त्यका भएनन् प्रयास

    अमरगढी (डडेल्धुरा) । डडेल्धुरा सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्धुरामा कोठा पाउन निकै कठिनाइ भएको छ । उनले केही दिन साथी र आफन्तको घरमा बसेर क्याम्पस आउजाउ गरिन् । कोठा खोज्दा अचेलका केटीहरूले महिनावारी भएको बेला बार्दैनन् भन्दै कोठा भाडामा दिन कोही तयार भएनन् । लक्ष्मी भन्छिन्, ‘महिनावारीको बेला बार्ने र पानी माग्ने मान्छे भए मात्रै कोठा पाइन्छ भन्ने कुरा फैलिएको रहेछ । डडेल्धुरामा कोठा पाउन यति कठिनाइ भयो कि कतिपय दिन क्याम्पस जानै सकिन ।’ महिनावारीको कारणले गर्दा उहाँलाई पटकपटक कोठा सर्नुपर

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 447 पटक पढिएको
  • “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन

    कोशी  ।   कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन गरेको छ। विविध कारणवस संचालन हुन नसकेको प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रम थप परिमार्जन सहित पुनः संचालन गरिएको हो । पुस २२ गते  संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रत्यक्ष टेलिफोन संवाद गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीसंग आ-आफ्नो पिरमार्का, समस्या तथा गुनासो राखेका थिए ।भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 295 पटक पढिएको
  • भारतमा स्कुटी बिष्फोट, एक बालिकाको मृत्यु

    काठमाण्डौ । भारतको मध्य प्रदेशको रतलाम लक्ष्मणपुरमा बिद्युतीय स्कुटी चार्जिङ्ग गर्ने क्रममा बिष्फोट भएको छ ।बिष्फोटमा परी स्थानीय ११ बर्षीया बालिका अन्तरा चौधरीको मृत्यु भएको छ भने भारतीय सञ्चारमाध्यमका अनुसार गए राति स्थानीय भगवती मौर्यले आफ्नो बिद्युतीय स्कुटी चार्जमा लगाएका थिए ।चार्ज हुने क्रममा उक्त स्कुटीबाट एक्कासी आगोको लप्का निस्किएको थियो । आगोको लप्का निस्कँदै गर्दा सोही स्कुटी नजिकै अर्को एक्टिभा स्कुटी पनि पार्किङ्ग गरेर राखिएको थियो । विद्युतीय स्कुटीमा आगो लागेसँगै सँगै रहेको एक्टिभा स्कुटीमा पनि आगलागी भएको थियो ।ति दुवै स्कुटी एकै पटक बिष्फोट भएको थियो । बिष्फोटनमा परी नजिकै र

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 352 पटक पढिएको
  • पहिलो बेते बाच्छीले जुम्ल्याह बाच्छा ब्यायो

    मोरंग :माेरङकाे लेटाङ नगरपालिका -२, फडानीका कृष्णप्रसाद खतिवडाको गोठमा पालिएको पहिलो बेते बाच्छीले  आइतबार  बिहान एकैपटकमा दुईवटा जुम्ल्याहा बाच्छा जन्माएको छ । प्राय : गाईहरुले बिरलै रुपमा जुम्ल्याहा बच्चा जन्माउने गर्दछन्।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 182 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.