समाचार

    Showing 1,301-1,310 of 25,313 items.
  • माङसेबुङको बेसार’ नामक ब्रान्ड

    इलाम । इलामको माङसेबुङ गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित बेसारको व्यावसायिक बजारीकरणका लागि आफ्नै ब्रान्डसहित बेसार प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले रैथाने उत्पादनलाई बजारसँग जोड्न ‘माङसेबुङको बेसार’ नामक ब्रान्ड घोषणा गरेको हो ।माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा स्थापना गरिएको उक्त प्रशोधन केन्द्रको गाउँपालिका अध्यक्ष हेमन्त राईले एक समारोहका बीच उद्घाटन गरे । स्थानीय महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँगको लागत साझेदारी र सहकार्यमा यो केन्द्र स्थापना गरिएको हो ।लागत साझेदारी र प्रवद्र्धन गाउँपालिकाको ‘बेसार प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत कुल ९ लाख ६४ हजार रुप

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 164 पटक पढिएको
  • मनसुनजन्य विपद्ः काभ्रेपलाञ्चोकमा ४७९ बस्ती जोखिममा

    काभ्रेपलाञ्चोक। मनसुनजन्य विपद्का कारण  काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्लास्तरीय विपद् ब्यवस्थापन समितिको बैठकमा उक्त सङ्ख्यामा ती बस्ती जोखिममा रहेको सार्वजनिक गरिएको हो ।   बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले स्थानीय तहगत रुपमा बस्तीको जोखिमयुक्त प्रतिवेदन पेस गर्नुभयो । गुरागाईंद्वारा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार ४७९ बस्ती उच्च जोखिममा रहेका, २०९ बस्ती खुला स्थानमा रहेका तथा १९२ बस्ती सुरक्षित स्थानमा रहेका र ८१ बस्तीमा उद्धारका लागि हेलिप्याडको समेत व्यवस्था गरिएको छ ।  बैठकमा प्रमुख जिल्ला अधिकारी गोपाल

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 208 पटक पढिएको
  • बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

    सिद्धार्थनगर। वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै आएको बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् । निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडक अवस्था सुधार भएकाले यात्रा अवधि छोटिएको छ । यसअघि घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेकामा बुटवल–नारायणगढ यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुले बताएका छन् । सडक विस्तार आयोजनाका अनुसार अधिकांश क्षेत्रमा ढलान तथा कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी क

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 244 पटक पढिएको
  • भालुको आक्रमणबाट आठ भेडा मरे

    जुम्ला। जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार  आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिनुभयो ।स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडा भालुले मारेको हो । रातिको समयमा गोठमा रोखेका भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीको  जानकारी आएको सूचना अधिकारी खनालको भनाइ छ ।यस्तै पाँच भेडा हालसम्म सम्पर्क आउन सकेका छैनन् । भेडाका बथानमा २९ वटा भेडा भने सकुशल रहेका छन् । रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रतिभेडाको न्यूनतम म

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 256 पटक पढिएको
  • हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

    काठमाडौँ। नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 300 पटक पढिएको
  • विकासले फेरिँदै नगरकोटको मुहार

    भक्तपुर। चाँगुनारायण नगरपालिका–६ को पर्यटकीय आधारशिलाका रुपमा पहिचान बोकेको नगरकोट, यतिखेर तीन तहकै सरकारको लगानीले मुहार फेरिँदै गएको छ ।नगरकोट जाने सडकको १० वर्षको कुरुपताले खस्कँदै गएको यहाँको पहिचानलाई नगरपालिकाले सडक कालोपत्र गरेसँगै र तीन तहकै सरकारको वार्षिक रु २० करोडभन्दा माथिको लगानीले नगरकोटमा विकासले मुहार फेरिँदै गएकामा यहाँका बासिन्दा खुसी छन् ।  चाँगुनारायण नगरपालिका–६ वडा कार्यालय अगाडिको खुला चौतारोमा राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज सम्पन्न सार्वजनिक सुनुवाइमा स्थानीय दलीय जनप्रतिनिधिदेखि स्थानीयवासीले नगरकोटको विकासले फड्को

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 239 पटक पढिएको
  • वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

    काठमाडौँ। विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ ।अहिले राति १०ः०० बजेको ताजा अवस्थामा पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन । पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकि

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 265 पटक पढिएको
  • कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

    धरान। कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ ।सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन आज सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएका एक हजार ७०० खेलाडीको सहभागिता रहेको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो । प्

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 283 पटक पढिएको
  • झापामा रास्वपाको अधिवेशनको सरगर्मी: सभापति दौडमा पाँच आकांक्षी

    देशबन्धु बिश्वामित्र: झापा— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झापा जिल्ला कमिटीको पहिलो जिल्ला अधिवेशन यही जेठ २३ गते बिर्तामोडमा हुने भएपछि संगठनभित्र नेतृत्व चयनलाई लिएर राजनीतिक चहलपहल तीव्र बनेको छ। जिल्ला सभापति पदका लागि पाँच जना आकांक्षी मैदानमा देखिएपछि अधिवेशनले विशेष महत्व प्राप्त गरेको छ।सभापति पदका दाबेदारका रूपमा लक्ष्मण बस्नेत, अर्जुन मैनाली, गोपाल कटुवाल, ओम भण्डारी र विरोध सुवेदी अगाडि देखिएका छन्। उनीहरूको सक्रियता, संगठन निर्माणमा भूमिका र कार्यकर्तामाझको पहुँचका कारण अधिवेशनलाई प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। विशेष गरी युवा पुस्ताको प्रतिनिधित्व गर्ने लक्ष्म

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 278 पटक पढिएको
  • रजस्वला स्वच्छता: कुनै वर्जना होइन, महिला अधिकार हो

    झापा  ।  आजको यस विशेष कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आज हामी एउटा अत्यन्त महत्वपूर्ण तर अझै पनि हाम्रो समाजमा खुलेर छलफल गर्न हिच्किचाइने विषयबारे कुरा गर्दैछौं— रजस्वला स्वच्छता।हरेक वर्ष मे २८ लाई विश्वभर रजस्वला स्वच्छता दिवस का रूपमा मनाइन्छ / मनायौ । यस दिवसको मुख्य उद्देश्य रजस्वलासँग सम्बन्धित गलत धारणा, अन्धविश्वास र सामाजिक वर्जनालाई अन्त्य गर्दै महिलाहरूको स्वास्थ्य, सम्मान र अधिकारको संरक्षण गर्नु हो।रजस्वला कुनै रोग होइन, कुनै अभिशाप होइन, कुनै लाजको विषय पनि होइन। यो महिलाको शरीरमा हुने पूर्ण रूपमा प्राकृतिक र जैविक प्रक्रिया हो। तर विडम्बना, आज पनि ध

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 204 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.