समाचार

    Showing 12,661-12,670 of 19,838 items.
  • एकैपटक प्रहरीका ७०१ सईको सरुवा

    काठमाडौं  ।   नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ७०१ प्रहरी नायब निरीक्षक (सई) को सरुवा निकालेको छ। प्रधान कार्यालयका अनुसार कार्तिक महिनादेखि सम्बन्धित कार्यालयबाट तलब बुझ्ने गरी सरुवा गरिएको हो।

    • प्रकाशित मितिः असोज २०, २०८०
    • 117 पटक पढिएको
  • नेपालगञ्जमा आज पनि निषेधाज्ञा जारी

    काठमाण्डौ । बाँकेको नेपालगञ्जमा आज शनिबार पनि निषेधाज्ञा जारी राखिएको छ ।शनिबार बिहान ९ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा जाने रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) मा निषेधाज्ञा जारी गरिएको छ ।निषेधित क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता सामग्री टास्न वा लेख्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञाका क्रममा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जना वा सोभन्दा बढी संख्यामा मानिसहरु जम्मा भएको प

    • प्रकाशित मितिः असोज २०, २०८०
    • 116 पटक पढिएको
  • दसैँका लागि २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

    काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि बुकिङ खुला गरिएको हो । त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको उनले जानकारी दिए। हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन्।

    • प्रकाशित मितिः असोज २०, २०८०
    • 137 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । नेपालको पूर्वी तथा मध्य भू-भागमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएइकाे छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको भने कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम

    • प्रकाशित मितिः असोज २०, २०८०
    • 179 पटक पढिएको
  • मुलुक जातीय, धार्मिक द्वन्द्वमा फस्दै, अभाव र दबाबमा धर्म परिवर्तन

    काठमाडौं   ।  मुलुक जातीय, धार्मिक,साम्प्रदायिक र पहिचानको आन्दोलनले अशान्त बन्दै गएको छ। धार्मिक सहिष्णुतालाई खलल पु¥याउने अराजक भिडका कारण विभिन्न समुदायबीच मनमुटाव बढ्दै गएको पाइन्छ। संविधानले बर्जित गरेको गौहत्यामा केही समूह संलग्न हुँदा धार्मिक असहिष्णुताले प्रसय पाएको छ।कोशीमा २०७९ फागुनदेखि चलेको पहिचानको आन्दोलन, केही समय यता धरानमा देखिएको धार्मिक समस्या र साम्प्रदायिक कुरा, नेपालगञ्जमा देखिएको धार्मिक असहिष्णुताले मुलुकलाई अराजकतातिर धकेल्दै गएको पाइएको छ। मिलेर बसेको समाजलाई भड्काउँदै धमिलो पानीमा माछा मार्ने तत्व सक्रिय हुँदा नेपाल पनि धार्मिक द्वन्द्वमा फस्ने खतरा ब

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 221 पटक पढिएको
  • रिगलको कैद मिनाहा गर्ने राष्ट्रपति कार्यालयको निर्णय झिकाउन आदेश

    काठमाडाैं । सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने राष्ट्रपति कार्यालयको निर्णय झिकाउन आदेश दिएको छ ।बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ३ असोजमा रिगलको कैद मिनाहाको सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको निर्णयसहितको सम्पूर्णू सक्कल असोज २४ गतेभित्र पेश गर्न आदेश दिएको छ ।

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 144 पटक पढिएको
  • एयरलाइन्सका दुई मेनेजर कार्बाहिमा

    काठमाडौँ । नेपालबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको आकाशमाथिबाट नेपाल फिर्ता भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका दुइ म्यानेजरलाई ग्राउण्डेड (ड्युटी अफ) गरेको छ ।जहाजको आसपास अर्को जहाज भए नभएको बारे चेतावनी दिने प्रणाली (टीसीएएस)मा प्राविधिक समस्या आएपछि यो जहाज काठमाडौँ फिर्ता गर्नु परेको थियो ।

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 116 पटक पढिएको
  • सेनाको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौँ । नेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडौँमा एक स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्मा रहेको प्रहरीले जनाएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलका अनुसार घटनामा संलग्न ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 156 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको तथा माैसम पूर्वानसमान महाशाखाले जनाएकाे छ । अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि माैसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति कोश

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 190 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाईएको छ ।संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार आज उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० पेश गर्नेछन्।सो अघि उक्त बिधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताब माथी प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पुर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 171 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा