समाचार

    Showing 12,661-12,670 of 25,797 items.
  • पूर्व सांसद गोविन्दप्रसाद कंडेलको निधन

    बागलुङ— प्रतिनिधि सभाका पूर्व सांसद तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ। स्वास्थ्य परीक्षणका लागि चितवनस्थित छोरीको घरबाट काठमाडौ जान लागेका कंडेलको बाटोमै निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कंडेल प्रजातान्त्रिक आन्दोलनमा सधैं अग्रपंक्तिमा रहने एक सादगीपूर्ण र इमानदार नेताका रूपमा चिनिन्थे। बहुदलीय व्यवस्था स्थापनाका लागि भएको २०४६ सालको आन्दोलनमा जेल जीवन बिताएका उनले बहुदल स्थापनापछि नेपाली कांग्रेस बागलुङको सभापति र सांसद

    • प्रकाशित मितिः असार १५, २०८२
    • 678 पटक पढिएको
  • नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले वृद्धि

    काठमाडौं -  साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिन यो इन्डेक्स १.२१ अंकले घटेको थियो । यस दिन फ्लोट इण्डेक्स २.०५ अंकले बढेको छ, यस अघि यो इन्डेक्स ०.३८ अंकले घटेको थियो । त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेको छ ।अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज

    • प्रकाशित मितिः असार १५, २०८२
    • 428 पटक पढिएको
  • मुगुमा ४.८ म्याग्निच्यूडको भूकम्प

    काठमाडौं— मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा क्षेत्र आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ । प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । यस विषयमा थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः असार १५, २०८२
    • 588 पटक पढिएको
  • प्रभु शाहले प्रतिनिधिसभाको रोष्ट्रमबाटै च्याते निजामती सेवा विधेयक

    काठमाडौं— आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाको रोष्ट्रमबाटै च्यातेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामती सेवा विधेयक विभेदकारी रहेको भन्दै रोष्ट्रममै उभिएर च्यातिदिएका हुन् ।शाहले संघीय निजामती सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी पनि दिएका छन् ।गरिबको भविष्यमाथि खेलवाड गर्ने गरि आएको विधेयक स्वीकार्य नहुने भन्दै उनले उक्त विधेयक पारित भए गरिवका लागि कालो दिन हुने धारणा राखे । सरकारी जागिरमा गरिवलाई बञ्चित गर्न खोजेको उनले बताए ।संघीय निजामती सेवा विधेयक पारित गर्ने प्रक्रियामा सहभागी नहुने भन्दै साहले सदन प

    • प्रकाशित मितिः असार १५, २०८२
    • 600 पटक पढिएको
  • भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही

    काठमाडौं  -  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् । उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे ।उनले भने, ‘लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणमा छानविन गरौं भनिरहेका छौं । यो कुनै राजनीतिक दाउपेचको कुरा होइन् । म सरकारमा रहेका दलहरुलाई पनि मेरो अनुरोध छ त्यहाँ भिजिट भिसामा विक्रीमा परेका मान्छेहरु  रास्वपा, राप्रपा र अन्य दलका मात्रै होइनन् । त्यहाँ क

    • प्रकाशित मितिः असार १५, २०८२
    • 307 पटक पढिएको
  • प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

    काठमाडौं  -  गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल प्रहरीको जवान, हवल्दारलाई आधारभुत तह भनि कानूनमा उल्लेख गर्नुपर्ने बताएका छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनमा तल्लो तहको कर्मचारी भन्ने शब्दहरु प्रयोग गर्ने गरेको भन्दै यसलाई आधारभुत तह भनिनुपर्ने बताएका हुन् । उनले भने, ‘प्रहरी खास गरेर कार्यालय सहयोगी, प्रहरी जवान, हवल्दारलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नया शब्द प्रारम्भ गरेको छु । प्रहरीको ती कर्मचारीहरुलाई आधारभुत तह भनिनुपर्छ भनेर भनेको छु किनभने प्रहरीको प

    • प्रकाशित मितिः असार १५, २०८२
    • 268 पटक पढिएको
  • म चोरेर खाने मान्छे होइन, काम गरेर खान्छु, निराधार आरोप मान्य छैन् : डीपी अर्याल

    काठमाडौं -   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलन जारी रहेको बताएका छन् । उनले काम गरेर खानेलाई चोरेर खानेहरुले जबाफ दिनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे ।सांसद अर्यालले गत ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।उनले भने, ‘हामीले हाम्रो आन्दोलन आजपनि जारी नै राखेका छौं । यहाँ काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिएर हिँड्नुपर्ने अवस्था आयो ।’उनले मानव तस्करी प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग

    • प्रकाशित मितिः असार १५, २०८२
    • 355 पटक पढिएको
  • नेपाली पौरखी हातले तयार ‘जुजु धौै’ : विदेशी समेत झुम्मिन्छन्

    काठमाडौं -  आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ । नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि रहेको छ ।असार १५ लाई परम्परागत रूपमा रोपाइँको चरम समयको संकेतको रूपमा लिइन्छ । यही अवसरमा किसानहरू धान रोप्दै, एकआपसमा हिलो छ्यापाछ्याप गर्दै, लोकगीत गाउँदै रमाइलो गर्ने गर्दछन् । यस दिनको विशेषता स्वरूप नेपालीहरू दही र चिउरा, केरा, आँप आदि फलफूल मिसाएर खाने गर्छन् । यो चलनलाई शुभकामनाका रूपमा लिइन्छ – खेती सप्रोस्, वर्षा राम्रो होस् भन्ने विश्वास रहेको छ ।तर आज मनाइने धान दिवस र

    • प्रकाशित मितिः असार १५, २०८२
    • 444 पटक पढिएको
  • बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— प्रहरीले ललितपुरको एकान्तकुनाबाट बलात्कार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका २३ वर्षीय अमृत गैरे भन्ने अमृत सार्कीलाई पक्राउ गरेको छ । गैरे बलात्कार मुद्दामा फरार प्रतिवादी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । गैरेलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको एसपी बोहराको भनाइ छ ।

    • प्रकाशित मितिः असार १५, २०८२
    • 540 पटक पढिएको
  • कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

    मोरङ, १५ असारः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस विशेष महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनले कृषि उत्पादनमा असर परिरहेका यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  उहाँले भन्नुभयो, “प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा किसान पह

    • प्रकाशित मितिः असार १५, २०८२
    • 315 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.