समाचार

    Showing 12,601-12,610 of 19,838 items.
  • कोशी प्रदेशमा प्रहरीद्वारा पर्वका बेला सार्वजनिक सवारी साधनको निगरानी बडायो

    विराटनगर । मुख्य पर्वहरु नजिकिँदै गर्दा कोशी प्रदेशमा यात्रुहरुको सुविधाका लागि विभिन्न स्थानमा प्रहरीले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, छठलगायत पर्वका बेला प्रहरीले सार्वजनिक सवारीसाधन सञ्चालनमा निगरानी बढाउनुका साथै यात्रुको सहयोगका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाएको छ ।निगरानीका लागि राजमार्ग र अन्य सडकहरुमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । यसैगरी विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । ती कक्षमा ट्राफिक प्रहरीले नियमित सेवा दिने जनाइएको छ ।कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी सरोज पौडेलका अनुसार पर्वमा धेरै चहलपहल हुने र

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 174 पटक पढिएको
  • पूर्वराज दम्पतीले सर्वसाधारणलाई टिका लगाइदिने

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् ।शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा विजयादशमीको दिन अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो ।यस वर्षको विजयादशमी आगामी कार्तिक ७ गते परेको छ । पूर्व राजदम्पतीले हरेक वर्ष सर्वसाधारणलाई टिका लगाइदिने गरेका छन् ।

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 223 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।आज देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 173 पटक पढिएको
  • नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड

    काठमाडौँ। नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोङ्गबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुइँचो लागेको हो ।नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँबसपार्कबाट बाहिरिन थालेको बताउनुभयो । “लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौँ”, उहाँले भन्नुभयो ।दसैँका

    • प्रकाशित मितिः असोज २८, २०८०
    • 102 पटक पढिएको
  • स्थानीय तहका कर्मचारीहरुको आन्दोलन फिर्ता

    काठमाडौं । स्थानीय तहका कर्मचारीहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् ।  दुई सातादेखि आन्दोलनरत कर्मचारीहरू र सरकारी पक्षबीच सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो ।सहमति पत्रमा संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छन् ।स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागसहित आन्दोलन गर्दै आएका थिए । ऐनमा संघ प्रदेश संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारी

    • प्रकाशित मितिः असोज २८, २०८०
    • 111 पटक पढिएको
  • आज विश्व हात धुने दिवस

    काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।चिकित्सकहरूका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्छ । साथै बालबालिकालाई घरमा नै साब

    • प्रकाशित मितिः असोज २८, २०८०
    • 143 पटक पढिएको
  • इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या ३५ सय पुग्यो

    एजेन्शी  । आठ दिनदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय पुगेको छ ।इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु हुनाका साथै ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रसंघले गाजामा १३ सय भवन ध्वस्त भएको जनाएको छ । ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसंघको तथ्यांक छ ।पछिल्लो २४ घण्टामा गाजामा भएको आक्रमणमा ३ सय २४ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमध्ये ६६ प्रतिशत महिला र बालबालिका छन् । प्यालिस्टिनी अधिकारीकाअनुसार इजरायली बम हमलामा परी १५ जना स्वास्थ्यकर्मीको पनि ज्य

    • प्रकाशित मितिः असोज २८, २०८०
    • 177 पटक पढिएको
  • मनाङ एयरका पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो

    काठमाडौं । सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी पाइलट सेढाईंको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । परिवारका सदस्य र मनाङ एयरको सल्लाहमा उनलाई मेडिकल स्कर्टिङ गरी मुम्बई लगिएको हो।सेढाईंलाई थप उपचारका लागि मुम्बईको नेशनल बर्न सेन्टरमा रेफर गरिएको छ। उनलाई श्री एयरलाइन्सको चार्टर्ड उडानमार्फत् त्यसतर्फ लगिएको हो ।ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा निशान्त ढकाल, डा रामकृष्ण बुढाथोकी, डा आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले सेढाईंलाई नेशनल बर

    • प्रकाशित मितिः असोज २८, २०८०
    • 182 पटक पढिएको
  • नियन्त्रित औषधी सहित २ जना पक्राउ

    बिराटनगर    ।   सुनसरीको धरान उप-महानगरपालिका-१६ र १ बाट ठुलो परिणामको नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे धरान उप-महानगरपालिका- १६ स्थित डेरा गरी बस्दै आएका २२ बर्षीय शेर बहादुर सुनुवारलाई  Spaspain ३ हजार ८ सय ट्याबलेट, Tramadol ३ हजार ९ सय क्याप्सुल, ब्राउन सुगर  १ बुलेट,  नेपाली २१ हजार ५०० र भारतीय २ हजार ४ सय १० रुपैयाँ नगद सहित पक्राउ गरेको हो भने धरान – १ बाट ३३ बर्षीय सुसन श्रेष्ठलाई  Spaspain ३ सय ट्याबलेट र Tramadol ५ स

    • प्रकाशित मितिः असोज २८, २०८०
    • 219 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ, भने कोशी, बागमती र गण्डकी प्

    • प्रकाशित मितिः असोज २८, २०८०
    • 169 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा