समाचार

    Showing 12,561-12,570 of 19,838 items.
  • जहाज खरिदका लागि निगमद्वारा टेन्डर आह्वान

    काठमाडौँ । नेपाल वायु सेवा निगमले तीनवटा जहाज खरिदका लागि टेन्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ । निगमले सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागेको हो ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 183 पटक पढिएको
  • काठमाडौंमा भुकम्प

    काठमाडौं । काठमाडौमा भुकम्पको धक्का महशुस भएको । आज विहान ७ बजेर ४० मिनेट जाँदा काठमाडौं लगाएत वरपरका जिल्लाहरुमा भुकम्पनको धक्का महशुस भएको छ । पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ।धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का काठमाण्डौँ र चितवनमा राम्ररी महसुस गरिएको छ। यसको थप विवरण आउन बाकि रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 225 पटक पढिएको
  • नेपाली सेनाका अधिकृतलाई पाकिस्तानमा स्वर्णपदक

    काठमाडौँ  ।   नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन् ।पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘गोल्ड मेडल’ प्राप्त गरेका हुन् ।नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको सेनाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 179 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 258 पटक पढिएको
  • युवासंघका कार्यकर्ताद्वारा इलाममा दुर्गामाताको मूर्ति प्रतिष्थापनमा अवरोध

    झापा  ।   बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईले इलामको दानावारीमा दुर्गामाताको मूर्ति प्रतिष्थापन गर्न लागेको कार्यक्रममा नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताहरुले अवरोध पुर्याएका छन् ।युवा संघका कार्यकर्ताहरुको अवरोधका कारण प्रसाईले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्ने कार्यक्रम स्थगित भएको छ । दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर फूलपातीका दिन प्रसाईले दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्न लागेका थिए । दानाबारी जाने सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरुले विहानैदेखि टायर बालेर अवरोध गरेका थिए । उनीहरुले कुनै पनि ह

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 649 पटक पढिएको
  • पेस्तोल सहित युवक पक्राउ

    मोरङ   ।    मोरङको धनपालथान गाउँपालिकाबाट  सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोलसहित रबिन्द्रलाइ शुक्रबार राति पक्राउ गरेको हो ।पक्राउ पर्ने सर्लाहीको हरिपुर्वा गाउँपालिका–७ का २७ वर्षीय रविन्द्रकुमार यादव हुन।इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार धनपालथान गाउँपालिका २ मा रोकिराखेको स्कारपियो गाडीभित्र कपडाले बेरेको अवस्थामा गोलीसहित पेस्तोल पेला परेको थियो ।बीआर ०६ पिए १३६३ नम्बर भारतीय स्कारपियो गाडी र पेस्तोलसहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 167 पटक पढिएको
  • इजरायलमा मारिएका शव आइतबार काठमाडौं आइपुग्ने

    काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका चार जना नेपाली विद्यार्थीको शव आइतबार विहान काठमाडौं आइपुग्ने भएको छ।तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शव भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । यस्तै शव आइतवार विहान काठमाडौँ पुग्नेछन्।त्यसरी पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीकाे रहेको छ। ७ अक्टोबरमा गाजास्थित हमास समुहकाे आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको थियाे।  बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्र

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 151 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिलेल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 162 पटक पढिएको
  • दशैँको अवसरमा राजा ज्ञानेन्द्रको शुभकामना सन्देश

    काठमाण्डौ/ पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले बड़ादशैँको अवसरमा मन छुने शुभकामना सन्देश व्यक्त गरिएको छ। शुभकामना सन्देशमा पूर्वराजा शाहले व्यक्त गरेका सन्देश जस्ताको तस्तै:प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,नेपालीहरूको महान राष्ट्रिय पर्व बडा दशैं हाम्रा घर आँगनमा आइपुगेको छ । असत् माथि सत्को विजय दर्शाउने यो पर्वले हामीलाई सहि, सत्य देवी शक्तिको संवर्द्धन गर्न प्रेरणा प्रदान गर्दछ । देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहेपनि अन्ततः हामी सबै नेपाली

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 125 पटक पढिएको
  • यात्रुवाहक बस दुर्घटना

    काठमाण्डौ । मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना भएको छ ।शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकातर्फ जाँदै गर्दा मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गत पर्ने बकैया–५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका हुन् ।हेटौँडाबाट जुइना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीन तले भन्ने स्थानमा ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 107 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा