समाचार

    Showing 12,561-12,570 of 25,797 items.
  • अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर

    डोल्पा— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा बिहिबार मुद्दा दायर गरेको हो ।तत्कालीन दुनै गाविस २ र ३ नम्बर वडा पर्ने तिप्लामा दुर्गा प्रावि नामको कुनै विद्यालय नै नभएको पाइएको अख्तियारले जनाएको छ ।हालको ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ ।तर, लालिगुराँस आधारभूत विद्यालयका नाममा आव २०६७/

    • प्रकाशित मितिः असार १९, २०८२
    • 529 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धको मृत्यु

    काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा तारकेश्वर–८ भेटघाट चोक बस्ने पैदल यात्री कुलबहादुर आचार्य रहेका छन् ।तारकेश्वर पाँचमानेका २२ वर्षीय नवीन घिमिरेले चलाएको बा ७४ प ४००५ नम्बरको डुक मोटर साइकलले निजलाई ठक्कर दिएको र टोखा स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा वृद्धको राति ११ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।ठक्कर दिने सवारी साधन नेपालटार ट्राफिक प्रहरी कार्यालय तथा मोटर साइकल चालक घिमिरे प्रहरी वृत्त बालाजुको नियन्

    • प्रकाशित मितिः असार १९, २०८२
    • 605 पटक पढिएको
  • युके पठाइदिन्छु भन्दै १ करोड २० लाख ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल रहेका छन् ।आरोपित रिसालले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।  पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–४ एकान्तकुनाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    • प्रकाशित मितिः असार १९, २०८२
    • 560 पटक पढिएको
  • गायिका चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं— गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुञ्जन राई छन् ।उनलाई बुधवार ललितपुरको बाँडेगाउँबाट पक्राउ गरिएको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् ।आरोपीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको ब्युरोका ती अधिकृतले जानकारी दिए । 

    • प्रकाशित मितिः असार १९, २०८२
    • 621 पटक पढिएको
  • कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ४५ बर्षपछि पक्राउ

    काठमाडौं— कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ४५ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका वडा नं.५ बस्ने ७६ वर्षीय तीलबहादुर गुरुङ रहेका छन् । गुरुङलाई हिजो पक्राउ गरिएको हो । इलाम जिल्ला अदालतबाट २०३८ साल जेठ १२ गतेको फैसलाले कर्तव्य ज्यान कसूरमा उनलाई १० वर्ष कैद सजाय तोकिएको थियो ।जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष टोलीले सन्दकपुर गाउँपालिका वडा नं.५ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार इलाम पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक संजिव बोगटीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार १९, २०८२
    • 569 पटक पढिएको
  • रौतहटमा करेन्ट लागेर १४ वर्षीया बालिकाको मृत्यु

    रौतहट— रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । कटहरिया नगरपालिका–८ पोखरिया बस्ने रामपुकार यादवकी छोरी १४ वर्षीया रोशनी कुमारी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । गुजरा नगरपालिका६ बेदौलीस्थित लत्रेको बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार १९, २०८२
    • 650 पटक पढिएको
  • इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमालाई एक लाख दिए, एमबीबीएससम्म पढाइदिने बाचा

    भक्तपुर— भक्तपुरस्थित एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक लाख रुपैयाँसहित सम्मान गरेका छन् ।उनले गोमालाई एमबीबीएससम्म पढाउने जिम्मा पनि लिएका छन् । गोमाले हालै आएको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेपछि चर्चित भएकी छन् ।इँटाभट्टामा काम गर्दै हुर्केकी गोमाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट ४.०० जीपीए ल्याएर चर्चामा आएकी थिइन् ।भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले स्कुल जानुअघि बिहान र स्कुलबाट आएपछि साँझ इँटा सुकाउने काममा सघाउँदै आएकी थिइन् ।गोमा एसईईको नतिजाका दिन प

    • प्रकाशित मितिः असार १९, २०८२
    • 653 पटक पढिएको
  • विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी

    मुगु – खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरु खुला आकास, टिनको टहरा र बहु कक्षाको ब्यावस्था गरी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो । भौतिक पूर्वधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भएपनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो ।पूर्वाधार अभावमा ईसीडी कक्षा देखि १० कक्षासम्म अध्यनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ । विद्यालयमा आठवटा मात्र

    • प्रकाशित मितिः असार १९, २०८२
    • 306 पटक पढिएको
  • झापाको शिवसताक्षी नगरपालिका–९ मा दुई किशोरको शंकास्पद मृत्यु

    झापा — झापाको शिवसताक्षी नगरपालिका–९ मा दुई किशोरको शंकास्पद मृत्यु भएको छ। मृतकमध्ये १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीहरूले कुटपिट गरेका कारण ज्यान गएको भन्दै उजुरी परेपछि घटना सार्वजनिक भएको हो।एक साता अघि, असार ११ गते साथीसँगको झगडाका क्रममा थापा र तामाङ घाइते भएका थिए। तर, उनीहरूले घटना घरपरिवारलाई बताएका थिएनन्। घाइते दुबैजनाको उपचारको क्रममा रोमन थापाको शनिबार र आदित्य तामाङको बुधबार मृत्यु भएको झापा प्रहरी कार्यालयले जनाएको छ।जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार कुटपिटमा संलग्न रहेको आशंकामा १६ वर्षभन्दा कम उमेरका ६ किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। ज

    • प्रकाशित मितिः असार १९, २०८२
    • 489 पटक पढिएको
  • जिल्ला प्रशासनमा फोटो र भिडियो खिच्न अनुमति लिनुपर्ने

    मकवानपुर – मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसरभित्र पत्रकारलाई अनुमति बिना फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाएकी छन्। कार्यालयको प्रवेशद्वार र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही’ भन्ने सूचनासहितको पोष्टर टाँसिएको छ।बुधवार नेपाल पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रजिअ श्रेष्ठले प्रशासन कार्यालयको सुरक्षासंवेदनशीलता र गोपनीयता कायम राख्नका लागि यस्तो निर्णय लिइएको दाबी गरिन्।“प्रशासन कार्यालय संसदजस्तो होइन। यहाँ विभिन्न प्रकृतिका मानिसहरू आउँछन्। उनीहरूको गोपनीयता र सुरक्षालाई ख्याल गरेर मात्र यो

    • प्रकाशित मितिः असार १९, २०८२
    • 322 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.