समाचार

    Showing 1,091-1,100 of 26,787 items.
  • बिरामीको ज्यानसँग आन्दोलन नगर्न चिकित्सकलाई मन्त्रालयको आग्रह

    काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटपछि देशभर चिकित्सक आन्दोलन चर्किरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी ले चिकित्सकका मागप्रति सरकार संवेदनशील रहेको तर त्यसको असर बिरामीको उपचारमा पर्न नहुने बताए। उनका अनुसार अस्पताल आमनागरिकको अन्तिम भरोसाको केन्द्र भएकाले स्वास्थ्य सेवा अवरुद्ध गर्नु उपयुक्त विकल्प नभएको मन्त्रालयको धारणा छ।मन्त्रालयले घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही हुने आश्वासन दिँदै चिकित्सक, स्थानीय प्रशासन र सरोकारवालासँग निरन्तर संवाद तथा समन्वय भइरह

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 186 पटक पढिएको
  • चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द

    काठमाडौं— वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले मंगलवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।संघका अनुसार गत शनिबार नारायणी अस्पतालमा डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा डा. राम गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बताइएको छ।यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रहरी प्रमुखको निर्देशनमा प्रहरीले संघका केन्द्रीय कार्यसमिति सदस्य, नारायणी शाखाका अध्यक्ष तथा अन्य चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप पनि संघले लगाएको छ।घटनाम

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 566 पटक पढिएको
  • त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुई पक्राउ

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटका २५ वर्षीय अतुल कुमार मिश्र र पर्साको वीरगञ्ज बस्दै आएका बाराका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्। सीआईबीका अनुसार मिश्रलाई काठमाडौंको ताहाचलबाट र हाकिमलाई वीरगञ्जबाट पक्राउ गरिएको हो।गत शुक्रबार सञ्चालन भएको व्यवस्थापन संकायतर्फको ‘संगठनात्मक व्यवहार’ विषयको प्रश्नपत्र परीक्षा अघि नै विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।यसअघि यही प्रकरणमा साउन

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 476 पटक पढिएको
  • माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन

    काठमाडौं— लघुवित्त पीडितहरूले आफूलाई न्याय दिलाउनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा सामूहिक आमरण अनसन सुरु गरेका छन्। यसलाई सामाजिक न्यायको आन्दोलनको रूपमा व्याख्या गर्दै उनीहरूले सबै पीडित बचतकर्तालाई समान रूपमा बचत रकम फिर्ता गराउन सरकारसँग माग गरेका छन्।आन्दोलनकारीहरूको भनाइमा, बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता हुने सुनिश्चितता हुनुपर्ने, दोषीमाथि आवश्यक कानुनी कारबाही गरिनुपर्ने तथा पीडितहरूले न्याय पाउने वातावरण सिर्जना गरिनुपर्ने प्रमुख मागहरू रहेका छन्।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 495 पटक पढिएको
  • प्रविधिको प्रयोगबाट हुने लैंगिक हिंसा सम्बोधनसम्बन्धी राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

    काठमाडौं / राष्ट्रियसभाका सांसदहरुले सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धी सम्झौंतालाई मध्यनजर राखेर कानुन निर्माण गर्नुपर्ने बताएका छन् । राजधानीमा मंगलबार महिला, कानुन र विकास मञ्च एफडब्लुएलडीले आयोजना गरेको प्रविधिको प्रयोगबाट हुने लैंगिक हिंसा सम्बोधनसम्बन्धी राष्ट्रियसभाबाट पारित संकल्प प्रस्ताव सम्बन्धमा भएको प्यानल छलफल कार्यक्रममा उक्त कुरा बताइएको हो । राष्ट्रियसभाबाट असार १७ गते सर्वसम्मत पारित संकल्प प्रस्तावकी प्रस्तावक रेणु चन्दले अभिव्यक्ति स्वतन्त्रताको महत्वपूर्ण माध्यम बनेको सामाजिक सञ्जाल नियमन गर्ने कानुन निर्माण नगर्ने हो भने विकराल समस्या उत्पन्न हुने

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 249 पटक पढिएको
  • मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक: आईजीपी कार्की

    काठमाडौं / प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल बन्दै गएको स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वित र सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत स्वरूपमा मात्र सीमित नरहेको बताए । उनका अनुसार विगतमा मानव बेचबिखन मुख्यतः यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह तथा बालबालिकाको बेचबिखनजस्ता गतिविधिमा केन्द्रित भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप प्रविधिमा आधारित अपराधतर्फ

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 205 पटक पढिएको
  • घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

    काठमाडौं / घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवद्र्धन गरेको छ । बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा उपलब्ध गराएर घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको छ । बैंकका अनुसार नबिल हाउजिङ लोनमार्फत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी अन्य आवश्यकताका लागि कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको आवश्यकता र वित्तीय क्षमतालाई ध्यानमा राखेर कर्जा योजना तयार गरिएको बैंकले जनाएको छ ।बैंकले घर स्वामित्वको योजना बनाइरहेका व्यक्तिहरूलाई सहज र व्यवस्थित वित्तीय समाधान प्रदान गर्ने उद्देश्यका साथ

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 162 पटक पढिएको
  • डाक्टरमाथि आक्रमणपछि सरकारको अपिल : अस्पतालमा उपचार सेवा नरोक्नुहोस्

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि लगातार भइरहेका आक्रमणका घटनाले स्वास्थ्य क्षेत्र तनावग्रस्त बनेपछि सरकारले अस्पतालहरूलाई कुनै पनि हालतमा उपचार सेवा बन्द नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा जीवनरक्षक र अत्यावश्यक सेवा भएकाले आन्दोलन वा असुरक्षाको कारण देखाएर बिरामीको उपचार रोकिन नहुने स्पष्ट पारेको हो।मन्त्रालयका अनुसार पछिल्ला घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको छ। स्वास्थ्यकर्मीमाथि हुने हिंसा सह्य नहुने भन्दै दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता पन

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 89 पटक पढिएको
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं / नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएका थियो । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ ।आज चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 219 पटक पढिएको
  • भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

    काठमाडौं / नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले उनीहरूको रिहाइ तथा समस्या समाधानका लागि सरकारले व्यावहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न माग गरेको हो । सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले भारतको सीमावर्ती बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरी फर्कने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए । उनीहरू विगत २० दिनदेखि भ

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 224 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.