समाचार

    Showing १०१-११० of २६,८०१ items.
  • नेपाल–तिब्बत सीमाको बाढी : प्राकृतिक विपत्तिभन्दा ठूलो बनिरहेको सूचना–संकट

    देवेन्द्र के. ढुङगाना  \  नेपाल–तिब्बत सीमा क्षेत्रमा २६ अगस्ट २०२६ मा आएको भीषण बाढीले हिमाली भूगोलमा प्राकृतिक विपत्तिको भयावह चित्र प्रस्तुत गरेको छ। नेपालतर्फ ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक भइरहँदा सीमापार तिब्बतको ग्यिरोङ क्षेत्र पनि उस्तै विनाशबाट गुज्रिएको देखिन्छ। तर एउटा गम्भीर प्रश्न भने अझै अनुत्तरित छ—तिब्बतमा भएको वास्तविक मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण चीनले किन सार्वजनिक गरिरहेको छैन?ग्यिरोङ पोर्टमा बाढीले संरचना बगाइरहेको दृश्य देखिने सीसीटीभी फुटेजले विपत्तिको तीव्रता आफैं बयान गर्छ। भवनहरू पानीको वेगमा बगिरहेका छन्, मानिसहरू ज्यान जोगाउन भागिरहेका छन्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ३७७ पटक पढिएको
  • भारतमा मौसमी जोखिम बढ्दा नेपालमा पनि उच्च सतर्कता आवश्यक

    देवेन्द्र किशोर   \   भारत मौसम विज्ञान विभाग (आईंएम डि ) ले भारतका विभिन्न राज्यमा आगामी २४ देखि ४८ घण्टासम्म भारीदेखि अति भारी वर्षा, मेघगर्जन, चट्याङ तथा तीव्र हावाहुरीको सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सक्रिय मनसुनी प्रणाली, न्यूनचापीय रेखा तथा बंगालको खाडी आसपास विकसित मौसमी प्रणालीका कारण भारतका पूर्वी, उत्तरी, मध्य र पश्चिमी भूभागमा वर्षाको गतिविधि तीव्र हुने अनुमान गरिएको छ।भारतमा देखिएको यो मौसमी गतिविधि केवल भारतीय भूभागमै सीमित रहने विषय होइन। विशेषगरी बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, झारखण्ड, सिक्किम तथा उत्तराखण्डजस्ता नेपालसँग जोड

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ३४९ पटक पढिएको
  • भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन

    काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा पेर मृत्यु भएकामध्ये एक हजार ६८ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ६०६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ ।प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आजसम्म फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४०० जना आंशिक अङ्गसहितका रहेका छन् ।नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ४५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा छन् ।बाढीपछि उद्धार

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १८८ पटक पढिएको
  • जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो ।”प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गर्नुभएको छ । “हामी सबैमाझ कसरी यो विपद् आइलाग्यो भन्ने जिज्ञाशा उठेको छ, विज्ञहरूसँग छलफल गर्दा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २३४ पटक पढिएको
  • प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन

    काठमाडौँ। बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज साँझसम्म प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा छ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ जम्मा भएको छ ।जसमध्ये १ अर्ब रूपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासका भएपछि अहिले कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ मौज्दात छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर जम्मा भएको छ । आर्थिक सहयोगका लागि कतिपय देश तथा सङ्घसंस्थाहरूले प्रतिवद्धता समेत जनाएका छन् ।कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत बाढी

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २६९ पटक पढिएको
  • सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

    काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउने बताउनुभएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा निजी विद्यालय सञ्चालकका विभिन्न छाता सङ्गठनका प्रतिनिधिसँग आज आयोजित अन्तक्र्रियामा उहाँले ऐन निर्माणका क्रममा प्राप्त सुझावलाई समेटेर परिपक्व ढङ्गले ऐनलाई अन्तिम रूप दिइने बताउनुभयो ।“शिक्षा ऐन निर्माणका क्रममा जति पनि सरोकारवालासँग छलफल भएको छ, उहाँहरूबाट आएका राय–सुझावलाई समेटेर ऐन चाँडो टुङ्ग्याउनेछौँ”, उहाँले भन्नुभयो, “कुनै पनि ऐन तथा नीति बनाउँदा सबै स्टेकहोल्डरको अपनत्व हुनुपर्छ । सोही बुझाइका साथ सकेसम्म सबै सरोकारवालासँग छलफल गरेका छौ

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २०३ पटक पढिएको
  • शर्मा कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढीपीडितलाई एक करोड ५१ लाख सहयोग

    काठमाडौँ। भोटेकोशी बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपले रु एक करोड ५१ लाख सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा एवं सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपको तर्फबाट सहयोग रकम प्रदान गरिएको छ ।शर्मा एण्ड

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७९ पटक पढिएको
  • भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङः ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

    काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले भन्नुभयो, “हामीले प्रयास जारी राखेका छौँ, आशा मारेका छैनौँ । सुरुङको माथिल्लो भाग पत्ता लगाएर खोज तथा उद्धारको प्रयास गरिएको छ । राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन ।” गृहमन्त्री गुरुङले बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि भएभरको संयन्त्र परिचालन गरिएको बताउनुभयो । “सुरक्षा संयन्त्रले पूरा शक्तिका स

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १९८ पटक पढिएको
  • सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति

    काठमाडौँ। भोटेकोशी बाढीबाट उत्पन्न विपद्को सामना गर्न केन्द्रमा गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको ढाँचामा बागमती प्रदेशदेखि बाढी प्रभावित जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र गठन गरेर अघि बढ्ने सहमति भएको छ ।भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्न सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले सरकारका तीनै तहले गरिरहेका कामलाई सहयोग र समन्वय गर्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा सर्वदलीय संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्त

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २४० पटक पढिएको
  • बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा

    काठमाडौँ। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट पुनः सञ्चालनमा ल्याएको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन् ।कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् । भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।योसँगै, बाढीबाट प्रभावित नेपाल टेलिकमका १२० मध्ये ११३ साइट सञ्चालनमा आएका छन् । यसबाट पहिले उपलब्ध सबै स्थानमा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २१७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.