काठमाडौं / भारतीय बलिउड अभिनेता सोनू सूद बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्न काठमाडौं आइपुगेका छन्।आज नेपाल आएका उनले विपद्बाट प्रभावित समुदायलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले नेपाल भ्रमण गरेको जनाइएको छ।
काठमाडौं ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति पुर्याएपछि अहिले प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल एकै मोर्चामा उभिएका छन् । बाढीमा फसेका नागरिकको उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन र जोखिममा रहेका बस्तीको सुरक्षाका लागि सुरक्षाकर्मी दिनरात परिचालित छन् ।बाढीको भेलले सडक, पुल, बस्ती र संरचना बगाएको अवस्थामा उद्धार आफैंमा चुनौतीपूर्ण बनेको छ । कतिपय ठाउँमा पैदल पुग्न कठिन छ भने कतिपय क्षेत्रमा सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । यस्तो अवस्थामा नेपाली सेनाले जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धार अभियान अघि बढाइरहेको छ भने सशस्त्र प्रहरी र नेपाल प
काठमाडौं / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७,९९२ संख्यामा प्रहरी परिचालन गरेको छ । प्रभावित क्षेत्रका बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभिन्न प्रदेश तथा युनिटहरूबाट ठूलो संख्यामा प्रहरी टोली खटिएका छन् । खटिएका प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १,६०२ जना, वागमती प्रदेश प्रहरी कार्यालयबाट २,१८२ जना, गण्डकी प्रदेशबाट १,३०९ जना, लुम्बिनी प्रदेशबाट ६४० जना र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन् । यसैगरी,
काठमाडौं ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि अहिले प्रभावित क्षेत्रमा उद्धार र खोजी अभियान तीव्र पारिएको छ । विपद्को यो कठिन घडीमा नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी, शव व्यवस्थापन र राहत वितरणमा सहजीकरण गर्न नेपाल प्रहरीले मात्रै झण्डै ८ हजार जनशक्ति परिचालन गरेको छ ।मंगलबारसम्म ७ हजार ९ सय ९२ जना प्रहरी प्रभावित क्षेत्रमा खटिएका छन् । बाढीको प्रभाव हेर्दै विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट थप जनशक्ति परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयदेखि वागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्मका टोली प्रभावित क्षेत्रमा पुगेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रहरी
काठमाडौँ । भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीपछि खोजी तथा उद्धार अभियान जारी रहे पनि मानवीय क्षतिको आँकडा झन् भयावह बन्दै गएको छ। हालसम्म ९८७ शव फेला परेका छन् भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।फेला परेका शवमध्ये चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ छन्।सम्पर्कविहीन हुनेमा रसुवाका करिब ८६५, नुवाकोटका १ हजार ५५८, जलविद्युत् आयोजनाका ६३९ र विदेशी नागरिक ५८३ जना छन्। नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, भन्सार तथा अध्यागमनका कर्मचारीसमेत सम्पर्कविहीन सूचीमा छन्।बाढीमा २७९ जना घाइते भएका छन् भने सरकारले हालसम्
काठमाडौँ । भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये ४६ शवको मध्यराति गोकर्णको जंगलमा व्यवस्थापन गरिएको छ। लगातार पानी परेपछि शव व्यवस्थापनको काम मंगलबार राति करिब २ बजे गरिएको हो।जमिनमुनि शव व्यवस्थापन गर्ने निर्णय भएपछि सुरक्षाकर्मीले रातकै समयमा ४६ शवको व्यवस्थापन गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार बाँकी शवको व्यवस्थापनबारे प्रशासनसँग छलफल भइरहेको छ।शवको पहिचान तथा व्यवस्थापनको संवेदनशील अवस्थाबीच प्रशासनले आगामी प्रक्रिया तय गरिरहेको छ। बाढीले ज्यान खोस्यो, पहिचान पर्खिएका शवहरू अन्ततः मध्यरातको अँध्यारोमा गोकर्णको जंगल पुगे—विपद्को पीडा कति गहिरो छ भन्ने दृश्
काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयबाट बाढीपछि सम्पर्कविहीन भएका भन्सार अधिकृत नकुल शर्माको शव गोरखाको त्रिशूली नदी किनारमा फेला परेको छ।हुम्लाको ताजाकोट गाउँपालिका–२ का शर्मा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका थिए। खोजीका क्रममा उनको शव गोरखातर्फको नदी तटीय क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।शवको पोस्टमार्टमपछि परिवारले बुझेका छन्। बाढीपछि त्रिशूली नदीमा बगेका शव टाढाटाढासम्म पुगिरहेका बेला गोरखामा मात्रै ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।टिमुरेमा हराएका शर्मा गोरखामा मृत भेटिनुले भोटेकोशी बाढीले बगाएको मानवीय क्षतिको फैलावट कति भयावह थि
काठमाडौँ । भोटेकोशी र त्रिशूली बाढीपछि रसुवा, नुवाकोट र धादिङका प्रभावित बस्तीमा राहतको आवश्यकता अझै टड्कारो देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनले कुन क्षेत्रमा के अभाव छ भन्ने स्पष्ट पारेको छ।रसुवामा उत्तरगया–१ देखि ५, गोसाइकुण्डका १, २, ३ र ५, आमाछोदिङ्मोका सबै वडा तथा कालिका–१ मा दाल, चामललगायत खाद्यान्न र सोलार ब्याट्री आवश्यक छ। आमाछोदिङ्मोका सबै वडा सडक सञ्जालबाट समेत विच्छेद छन्।नुवाकोटमा तारकेश्वर–४ र ६ मा सेल्टर र राहत सामग्री नै पुगेको छैन। बेलकोटगढी, महादेवस्थान र रातमाटे क्षेत्रमा तत्काल राहत आवश्यक छ। किस्पाङ–५ मा बाटो र बत्तीको समस्या छ
काठमाडौँ । भोटेकोसी बाढीमा ज्यान गुमाएका विदेशी नागरिकको शव परिवारसम्म पुर्याउन नेपालले पहिचानदेखि डीएनए परीक्षण र दूतावास समन्वयसम्मको प्रक्रिया तय गरेको छ।पहिला शवको फोटो तथा व्यक्तिगत विवरण अभिलेख गरिनेछ भने पोस्टमार्टम, औँठाछाप, डीएनए वा रगतको नमूना संकलन गरिनेछ। पहिचान खुलेपछि सम्बन्धित देशको दूतावास र नेपाली अधिकारीबीच समन्वय गरेर शव परिवारलाई बुझाउने तथा सम्बन्धित देश पठाउने प्रक्रिया अघि बढाइनेछ।शव पहिचान हुन नसकेमा आफन्तको डीएनए नमूनासँग मिलान गरिनेछ। आफन्तले रगतको नमूना दिएर वा इमेलमार्फत उपलब्ध गराएको डीएनए प्रोफाइलबाट समेत पहिचान गर्न सकिने व्यवस्था गरिएको छ।ठूलो संख्यामा शवबाट स्
काठमाडौं / रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाले आज (मंगलबार) बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको गरेको हो । बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी विशेषज्ञसहितका संयुक्त टोली परिचालन गरिएको छ । चिलिमे हाइड्रोमा उद्धार टोलीले टनेलभित्र करिब ५० मिटर प्रवेश गरी खोजी गरेको छ । त्यस्तै, लाङटाङ हाइड्रोमा टोली करिब १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा करिब २०० मिटरसम्म टनेलभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्य भइ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.