गण्डकी। रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी पहिचान हुन नसकेका ७८ शवको आज पोखरा महानगरपालिका-१६ लामाचौरको वनक्षेत्रमा जमिनुमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।पहिचान तथा परीक्षणका लागि विभिन्न जिल्लाबाट ल्याइएका एक सय दुई शवमध्ये ७८ वटालाई कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार १९ शव पहिचान गरी आफन्तलाई बुझाइएका छ ।“पाँच शव आफन्तले दाबी गरेकाले पहिचानका लागि केही दिन अस्पतालकै शवगृहमा राखिनेछ”, उहाँले भन्नुभयो, “७८ शवलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिको मा
झापा। मेचीनगर-८ स्थित होटल मेची क्राउनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २६ लाख सहयोग प्रदान गरेको छ ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिन अनुरोध गर्दै होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री गणेश पौडेललाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको उहाँले बताउनुभयो ।
कास्की। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ ।यसअघि १५ शवको सनाखतपछि परिवारलाई हस्तान्तरण गरिएकामा सोमबार एक र आज थप तीन शव सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।उहाँका अनुसार मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्वन्धित परिवारजनलाई शव जिम्मा लगाइएको हो । पछिल्लोपटक सिन्धुपाल्चोक जुगल गाउँपालिकाका २१ वर्षीय विरबहादुर श्रेष्ठ, रसुवा उत्तरगया गाउँपालिकाका २६ वर्षीय अनिता तामाङ, विदुर नगरपालिका बेत्रावतीका
काठमाडौँ। राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्विर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा पोष्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ ।परिषद्का अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले आज एक सूचना जारी गर्दै बालबालिकाको गोपनीयता राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्नुभयो । सूचनामा भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएको कुनै पनि तस्विर तथा श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न उल्लेख गरिएको छ ।फेसबुक, मेसेन
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको उद्धार तथा राहतका नाममा सामाजिक सञ्जालमा उनीहरूको तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण जथाभावी सार्वजनिक हुन थालेपछि प्रेस काउन्सिल नेपालले सचेत गराएको छ। काउन्सिलले विपद्को समयमा पीडित बालबालिकाको अवस्था देखाउने नाममा सार्वजनिक गरिएका सामग्रीले उनीहरूको आत्मसम्मान, गोपनीयता र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको हो।काउन्सिलले प्राकृतिक विपद् तथा दुर्घटनासम्बन्धी तस्बिर वा दृश्य सम्प्रेषण गर्दा बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पर्न सक्ने भएकाले संवेदनशील हुनुपर्ने जनाएको छ।त्यस्तै, पीडित बालबाल
काठमाडौं । भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन कर्मचारी र श्रमिकको खोजीमा सात दिनपछि उद्धारको नयाँ रणनीति अपनाइएको छ। नेपाली सेनाको नेतृत्वमा गरिएको प्रयासबाट अपेक्षित परिणाम नआएपछि सरकारले अब सम्बन्धित जलविद्युत् कम्पनीलाई नै आफ्ना प्राविधिक जनशक्ति र उपकरणसहित उद्धारमा सहभागी हुन अनुमति दिएको छ। बाढी आएको एक साता बितिसक्दा पनि ठूलो संख्यामा कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। उपलब्ध विवरणअनुसार रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनाबाट ८९४ जना अझै सम्पर्कविहीन छन्। सबैभन्दा ठूलो संख्या २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा छ,
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुल र सडक बगाएपछि नुवाकोटका प्रभावित क्षेत्रमा आवतजावत र राहत पुर्याउन समस्या भएको छ। त्यसपछि विदुर नगरपालिका–१ र ९ जोड्ने गरी त्रिशूली नदीमा तुइन जडान गरिएको छ।मंगलबारदेखि सञ्चालनमा ल्याइएको तुइनबाट स्थानीयको आवतजावतसँगै राहत सामग्री, औषधि र अन्य अत्यावश्यक सामान नदीपारिका बस्तीमा पुर्याउन थालिएको छ। बाढीले नियमित आवतजावत गर्ने पुल तथा सडक बगाएपछि तत्कालका लागि तुइन वैकल्पिक माध्यम बनेको हो।विशेषगरी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि तथा सामग्री पुर्याउन तुइन प्रयोग भइरहेको छ। विदुर–१ को इन्द्रायणी चौरदेखि गुम्बासम्म करिब ३०० म
सुर्खेत । परिवारको भविष्य सुरक्षित बनाउने सपना बोकेर भारतको उत्तराखण्ड पुगेका कालिकोटका दुई नेपालीको त्यहीँ घर भत्किँदा ज्यान गएको छ। रोजगारीका लागि भारत गएका नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जी अविरल वर्षापछि कच्ची घर भत्किँदा पुरिएर मृत्यु भएको हो। गएराति उनीहरू सुतिरहेको समयमा घर अचानक भत्किएको थियो। कमजोर संरचनाको घर वर्षाका कारण भत्किएपछि दुवै जना भग्नावशेषमा पुरिएका थिए।दुवै परिवारको अवस्था अहिले झन् पीडादायी बनेको छ। चक्रका तीन छोरा र श्रीमती छन् भने डिल्लीका एक छोरा, दुई छोरी र श्रीमती छन्। परिवारको खर्च धान्न र बालबालिकाको भविष्यका लागि उनीहरू र
काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फ
काठमाडौं / भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनस्र्थापनाका लागि नेकपा एमालेद्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ । नेकपा एमालेले हिजो पार्टीका सचिव तथा बाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गरी समितिमा रहेका सदस्यहरुलाई जिल्लामा संयोजन गर्ने गरी कार्यविभाजन समेत गरेको थियो । सो अनुसार नुवाकोट जिल्ला संयोजकको जिम्मेवारी पाएका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रुपनारायण श्रेष्ठको नेतृत्वमा युथ भोलेण्टियर फोर्सका अध्यक्ष पुष
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.