राजनीति

    Showing 9,341-9,350 of 10,378 items.
  • एमिकस क्युरी उपस्थित नहुँदा सुनुवाइ प्रभावित

    काठमाडौँ / सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेश विरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी) को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ ।  न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोज शर्माको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि एमिकस क्युरीको नामावली नआएका कारण सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, –“नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनबाट दुई/दुई जना एमिकस क्युरी बोलाउने आदेश भएको थियो, सो आदेशअनुसार नामावली प्राप्त भएको नदेखिँदा नामावली प्राप्त हुनेबित्तिकै तत्काल पेसी तोक्न आदेश भएको छ ।”&n

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 131 पटक पढिएको
  • अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा

    काठमाडौँ / व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री अफताव आलमले दर्ता गरेको निवेदनउपरको सुनुवाइ ‘हेर्न नमिल्ने’ठहर भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी शुक्रबार पेसी तोकिएको थियो । आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले गरेको फैसलालाई चुनौती दिँदै आलमले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।२०६४ मा संविधानसभा सदस्यको निर्वाचनअघि रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा आलमको प्रमुख भूमिका रहेको भन्दै दायर रिट जिल्ला अदालत रौतहटमा विचाराधीन छ । जिल्ला अदालतले पुर्पक्षका लागि थुनाम

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 200 पटक पढिएको
  • एमाले बैठक : विधान महाधिवेशनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीको आग्रह

    काठमाडौँ / नेकपा (एमाले) को आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन् । बैठकमा साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुका साथै छलफल हुनेछ । अध्यक्ष ओलीले स्थायी कमिटीको सुझावसहित प्रतिवेदन ल्याइएको र विधान महाधिवेशनको व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । उनले भने, “विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र म

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 146 पटक पढिएको
  • महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

    काठमाडौँ /  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताएका छन् ।‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 112 पटक पढिएको
  • प्रतिनिधिसभाबाट दुई विधेयक पारित

    काठमाडौँ /  प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुवै विधेयक बैठकले बहुमतले पारित गरेको हो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।प्रतिनिधिसभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्न

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 116 पटक पढिएको
  • राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

    काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा सांसद कोमल वलीले प्रतिनिधिसभाका सभामुखले नेकपा ९एमाले०ले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 105 पटक पढिएको
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारी चयन

    काठमाडौँ / नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी चयन गरेको छ । अध्यक्ष माधवकुमार नेतृत्वको ‘हाइ कमाण्ड’को निर्णयअनुसार राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालले उपाध्यक्षको जिम्मेवारी पाएका छन् । महासचिवको जिम्मेवारी डा। बेदुराम भुसालले पाएका छन् भने डा। विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वालाले उपमहासचिवको जिम्मेवारी पाएका छन् ।हाइ कमाण्डले रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठलाई सचिवको जिम्मेवारी ताकेको छ ।

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 111 पटक पढिएको
  • लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्धः सभापति देउवा

    पर्वत / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन् । सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्दै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्ता

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 111 पटक पढिएको
  • बेदुराम भुसाल बने एकीकृत समाजवादीको महासचिव

    बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) को महासचिव डा. बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको एकीकृत समाजवादीका एक नेताले बताए । नेताले भने, –‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ ।’महासचिवमा भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरूबीच जुटेको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अ

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 128 पटक पढिएको
  • सबल संस्थाहरूबाटै लोकतन्त्र र स्वतन्त्रताको रक्षा हुन्छ : नेपाल

    काठमाडौँ / नेपालले सुदृढ, स्वस्थ र सबल संस्थाहरूको माध्यमबाट मात्रै लोकतन्त्र र स्वतन्त्रताको संरक्षण एवं प्रवद्र्धन हुने यथार्थ औँल्याउँदै देशको संविधानमा नै भेदभाव, असमानतालाई वर्जित गरिएको स्पष्ट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा रोमानियाले अप्रत्यक्षरूपमा आयोजना गरेको लोकतान्त्रिक समुदायको दशौँ मन्त्रीस्तरीय सम्मेलनलाई अग्रिमरूपमा अभिलेख गरिएको भिडियो सम्बोधनमा परराष्ट्र सचिव भरतराज पौड्यालले लैङ्गिक समानता प्रवद्र्धनलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताए ।नेपालको सङ्घीय, प्रान्तीय तथा स्थानीय निकायमा ४१ प्रतिशत निर्वाचित पदाधिकारी महिला रहेका जानकारी दिँदै

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.