राजनीति

    Showing 9,291-9,300 of 10,378 items.
  • विपक्षी दलद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग

    जनकपुरधाम / विपक्षी दलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि नैतिकताका आधारमा मुख्यमन्त्री पदमा बसिरहन नमिल्ने भन्दै विपक्षी दलले राउतको राजीनामा माग गरेका हुन् । प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले बुधबार मुख्यमन्त्रीको कार्यालयमै छापा मारेको थियो । मुख्यमन्त्री माथि गम्भीर आरोपसहित अख्तियारले मुख्यमन्त्री कार्यालयमै आएर छापा मारेपछि नैतिक प्रश्न खडा भएको भन्दै प्रदेशको इज्जत जोगाउनका लागि पनि नैतिकत

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 116 पटक पढिएको
  • अखिल क्रान्तिकारीको बन्दसत्र आजदेखि

    बिर्तामोड / नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ ।कमलादीस्थित प्रज्ञा भवनबाट मध्यान्ह १२ बजे सुरु हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन असोज १६ गते सकिनेछ । उद्घाटन पछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ ।अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि स

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 144 पटक पढिएको
  • राम्रो काम गरे एमाले आफै खिइदै जान्छ : राम कार्की

    बिर्तामोड /  नेकपा ( माओबादि (केन्द्र ) बिर्तामोड नगर कमिटी को बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  सचिव मोहन सुब्बाको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रमुख अतिथि पार्टी का प्रदेश इन्चार्ज एवम् संघीय सांसद राम कार्की पार्थ क्षेत्री रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्की ले गणतन्त्र , धर्म निरपेक्षता , समावेशी समानुपातिक प्रणाली र संघीयता लगायत पछिल्ला उपलब्धि माथि निरन्तर आक्रमण भैरहेकोले माओवादीको औचित्य थप आवश्यक भएको जनाएका थिए ।आफूले झापा विद्रोहका योद्धा सानो दुर्गा अधिकारीको घर बनाइदिन पहल गर्दा एमाले आफूसँग बेस्सरी रिसाएको जिल्लाका युव

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 155 पटक पढिएको
  • एमाले नेता बादल र पूर्व प्रहरी महानिरीक्षक खनाल विरुद्ध मुद्दा दर्तागर्न अदालतको आदेश

    काठमाडौँ /  तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध  सर्वोच्च अदालतले जाहेरी दर्ता गर्न आदेश दिएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाही  इन्चार्ज  कुमार पौडेलको इन्काउन्टर घटनामा अदालतले जाहेरी दर्ता गर्न आदेश दिएको हो। २०७६ साल असार ५ गते तत्कालीन प्रहरी प्रमुख खनालकै निर्देशनमा प्रहरीले चलाएको गोली लागेर पौडेलको मृत्यु भएको थियो।  जिल्लाको प्रहरीलाई समेत जानकारी नदिई  हेडक्वार्टरबाट खटिएका प्रहरीले गोली हानेका थिए ।  ‘इन्काउन्टरमा मारिएका पौडेलकी आमा दुर्गादेवी पौडेल प्रहरी कार्यालय

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 267 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक १८ गते बस्ने

    बिर्तामोड / असोज १७ गतेका लागि बोलाएको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारिएको छ । संसद सचिवालयले बैठक १८ गतेका लागि सारेको जनाएको छ ।संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, –‘अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’संसद्मा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पूर्वाग्रही भएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ।

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 100 पटक पढिएको
  • लोसपाका केन्द्रिय सदस्य लेखीले दिए राजीनामा

    बिर्तामोड / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । लेखिले पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।राजपा नेपालमा आवद्ध रहेर पार्टी एकीकरणपछि जसपा नेपालमा सामेल भएका उनी राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि लोसपा नेपालमा आवद्ध भएका थिए । पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिनु परेको उनको भनाइ छ । 

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 120 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक ओलीले गरे बहिष्कार

    बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहिष्कार गरेका छन् । प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न भन्दै आज (विहीबार) बिहान १० वजे बोलाएको सर्वदलीय बैठक अध्यक्ष ओलीले बहिष्कार गरेका हुन् । वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद् छलेर अध्यादेश फिर्ता लिएको लगायतका विषयमा एमालेको असहमति रहेको भन्दै आफूहरू बैठकमा नजाने एमाले दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, –‘एकीकृत समाजवादी पार्टी संसद्मा समे

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 121 पटक पढिएको
  • अखिल क्रान्तिकारी मोरङमा घिमिरेको नेतृत्व

    विराटनगर / नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)ले मोरङ जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । अखिल क्रान्तिकारीले नगेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।केही दिन अघि सम्पन्न पन्ध्रौं जिल्ला सम्मेलनले ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको भएपनि सहमति बन्न नसक्दा पदाधिकारी निर्वाचित हुन सकेको थिएन । असोज १० गते बसेको जिल्ला कमिटीको पूर्ण बैठकले आन्तरिक विवाद समाधान गरी जिल्ला कमिटीको पदाधिकारीको टुंगो लगाएको हो ।अखिल क्रान्तिकारीले चार जना उपाध्यक्ष, सचिव, र चार सह–सचिव र कोषाध्यक्ष सहित ११ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ । क्रान्तिकारीले

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 137 पटक पढिएको
  • एमालेमा विवाद : एकीकृत समाजवादीका नेता पनि एमालेको प्रदेश कमिटिमा

    बिर्तामोड / पार्टी विभाजनपछि बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीमा आफ्ना नेतालाई जान नदिन जम्बो प्रदेश कमिटी बनाएको एमालेको एक नम्बर प्रदेश कमिटी विवादमा तानिएको छ । विगतमा एमालेको वडा अधिवेशनमा नै पराजित बनेका र वडा कमिटीमा रहेकालाई सम्म अन्य सिनियर नेताकै हैसियतमा प्रदेश कमिटी सदस्य बनाएपछि एमालेको एक नम्बर प्रदेश कमिटीमा विवाद सुरु भएको हो ।नयाँ पार्टीमा जानबाट रोक्नका लागि भन्दै एमालेले बनाएको प्रदेश कमिटीमा केन्द्रिय कमिटीका सदस्य भएका सम्मलाई वडामा नै रहेकासँग समान हैसियत दिएको भन्दै प्रदेश कमिटीमा विवाद सुरु भएको एमालेका एक नेताले जानकारी गराएका छन् ।मंगलबार एमालेले बनाएको ५ सय ८४ सदस्य

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 1,073 पटक पढिएको
  • एमाले विभाजन : स्थानीय तहमा एकीकृत समाजवादी कमजोर

    नेकपा एमालेमा भएको विभाजनको असर स्थानीय तहमा राम्रो पर्ने अनुमान गरिएपनि पार्टी परित्याग गरेर नयाँ दल रोज्नेको संख्या हेर्दा एमालेमा कम प्रभाव परेको पाइएको छ । एमालेका १९ प्रतिशत सांसदको साथ लिएर नयाँ दल दर्ता गरेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी संघ र प्रदेशमा ठूलो देखिए पनि स्थानीय तहमा भने कमजोर रहेको छ ।संघीय संसद्का १९ प्रतिशत सांसदको साथ पाएको एकीकृत समाजवादीलाई प्रदेश सभामा २३ प्रतिशत सांसदले साथ दिएका छन् । सङ्घीय संसद्‌मा नेकपा एमालेका १५४ सांसद मध्ये २९ जना एकीकृत समाजवादीमा गएका छन् । अझै केही सांसदले एकीकृत समाजवादीमा जान सर्वोच्च अदालतमा दिएको निवेदन विचाराधीन नै

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 148 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.