राजनीति

    Showing 9,271-9,280 of 10,378 items.
  • कांग्रेसकाे टोली भाजपाको निमन्त्रणामा भारत जाँदै

    बिर्तामोड / सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको एक टोली बिहीबार भारत जाने भएको छ । भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणामा कांग्रेसको टोली भारत जाने भएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेता उदय शमशेर राणा र अजय चौरसिया बिहीबार भारत जाने भएका हुन् । नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा भारतसँगको सम्बन्ध सुधारमा केन्द्रित देखिन्छन् । यसै सिलसिलामा कांग्रेस टोली भारत जान लागेको हो । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमण मितिसमेत तय हुने बताइएको छ ।प

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 121 पटक पढिएको
  • संसद्मा ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’ भन्दै एमालेको नाराबाजी

    बिर्तामोड / नेकपा एमालेका सांसदहरुले संसद्मा कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भन्दै नारा लगाएको छ । आज (मंगलबार) प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमालेका सांसदहरुले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा सो नारा लगाएका हुन् । सरकारले बजेटमार्फत चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 124 पटक पढिएको
  • ‘विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दियो’

    बिर्तामोड  / नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले  पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् ।गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सो कुरा बताएका हुन् । भट्टराईले भने, –‘महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गरेको घोषणा सकारात्मक भएको छ ।’महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पुर्‍याउन भट्टराईले सहभागी जनप्रतिनिधिहरू सबैलाई आग्रह समेत गरेका छन् । 

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 101 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक आज बस्दै

    काठमाडौँ / संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दै छ । संघीय संसद सचिवालयको अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 107 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक : सर्वोच्च अदालत

    बिर्तामोड / सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मन्त्रिपरिषद् विस्तारमा असान्दर्भिक रुपमा जोडिएको बताएको छ ।सर्वोच्च अदालतले सोमबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको बताएको हो ।आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार प्रकाशित गरेका थिए । सोही समाचारको खण्डन गर्दै अदालतले यसप्रति ध्यानाकर्षण भएको र समाचार मिथ्या भएको दावी गरेको छ ।

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 110 पटक पढिएको
  • कांग्रेस कालिकोट सभापतिमा शाही निर्वाचित

    कालिकोट / नेपाली कांग्रेस कालिकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही निर्वाचित भएका छन्। जिल्ला सभापति र सिंगो कार्यसमिति नै सर्वसम्मत रूपमा चयन गरिएको कांग्रेसले जनाएको छ।कांग्रेस नेता भूपेन्द्रजंग शाहीका अनुसार कालिकोटका ८२ वडा, ९ पालिका र २ प्रदेश सभा क्षेत्रमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।प्रदेश सभा क्षेत्रीय सभापति भने नन्दबहादुर सिंह र आनन्दकुमार शाही चयन भएका थिए।

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 127 पटक पढिएको
  • राजकुमार लेखी एमाले प्रवेश

    काठमाण्डौ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका राजकुमार लेखी नेकपा (एमाले) प्रवेश गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका लेखी गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन एमाले प्रवेश गरेका हुन् ।पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका लेखीले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि उनले राजेन्द्र महतोको सद्भावना पार्टीसँग एकता गरेका थिए ।पछिल्लो समय जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए । त्यस्तै एमाले प्रवेश गर्नुअघि उनले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए । 

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 118 पटक पढिएको
  • एमालेमा ७० वर्ष वर्ष उमेर हद लागू !

    बिर्तामोड / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनले ७० वर्ष उमेर पूरा नभएसम्म पार्टीको उम्मेदवार बन्न पाउने व्यवस्था अघि सारेको छ । ७० वर्ष उमेर हदको सुझावप्रति जवाफ दिँदै उपमहासचिव विष्णुप्रसाद पौडेलले यदि कार्यकाल अवधिमा ७० वर्ष पूरा भयो भने उसले आफ्नो जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था रहने बताए ।यसैगरी, एमालेमा एक कार्यकारी व्यक्ति दुई कार्यकालसम्म नेतृत्व गर्ने व्यवस्था रहने भएको छ । शुक्रबारदेखि जारी विधान महाधिवेशनमा विधान संशोधन सम्बन्धी प्रतिवेदनमाथि जवाफ दिँदै एक व्यक्ति दुई कार्यकालको व्यवस्थालाई पार्टीमा थप महत्वका साथ कार्यान्वयन गरिने बताए ।म

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 136 पटक पढिएको
  • कांग्रेस हुम्लाको सभापतिमा सिंह निर्वाचित

    हुम्ला / नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन् । देउवा पक्षका सिंह सर्वसम्मत चयन भएका हुन् । यस्तै उपसभापतिमा बसन्त रोकाया र कैलाश भण्डारी, सचिवमा कृष्ण बोहोरा र विजया बुढा निर्वाचित भएका छन् । सहसचिवमा दिलबहादुर शाही र पाल्जोर  तामाङ निर्वाचित भएको बताइएको छ।  

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 109 पटक पढिएको
  • कांग्रेस अधिवेशन : मोरङमा देउवा भन्दा कोइराला पक्ष शक्तिशाली

    विराटनगर / नेपाली कांग्रेसको नेतृत्वमा लामो समयदेखि दबदबा कायम गर्न सफल कोइराला परिवारको गृहजिल्ला मोरङमा पार्टीको संस्थापन पक्ष कमजोर देखिएको छ । जारी अधिवेशनका क्रममा शनिबार सम्पन्न विराटनगर महानगरपालिका सहित अन्य ७ वटा पालिकाको अधिवेशनमा संस्थापन पक्षका उमेद्धार कमजोर देखिएका हुन् ।शनिबार मतदान भएका १६ स्थानीय तहमध्ये ८ वटाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा पार्टी सभापति शेरबहादुर देउवा पक्ष जिल्लामा कमजोर देखिएको हो ।विराटनगर महानगरपालिका सहित कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका , बेलबारी, सुनबर्सी र पथरी शनिश्चरे नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा संस्थापन देउवा पक्

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 143 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.