राजनीति

    Showing 9,181-9,190 of 10,378 items.
  • प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुँदै

    काठमाडौं /  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ ।  ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलनमा सहभागी हुने क्रममा दुई देशका समकक्षीबीच भेटवार्ता हुने भएको हो । प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्दैछन् । सम्मेलनका क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता तय भएको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 115 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक आज दिउँसो २ बजे बस्दै

    बिर्तामोड  / प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।यसअघि प्रतिनिधि सभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि अवरोध गर्दै आएको छ । आज पनि एमालेको अवरोध कायमै रहनेछ ।पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवादकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रतिनिधि

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 115 पटक पढिएको
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुँदै

    मकवानपुर / आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि गठबन्धनका तर्फबाट समाजवादीका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुने भएका हुन् । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरूको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्र

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 108 पटक पढिएको
  • बागमतीको मुख्यमन्त्रीमा बिहीबार ३ बजे सम्ममा दावी पेश गर्ने आह्वान

    बिर्तामोड / बाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिएसँगै प्रदेश प्रमख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाएकी थिइन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 101 पटक पढिएको
  • मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

    काठमाडौँ / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पदबाट राजिनामा दिएकी हुन् ।प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि शाक्यले राजिनामा दिएकी हुन् । शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठले जानकारी दिइन् । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल क

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 111 पटक पढिएको
  • मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

    काठमाडौँ / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने भएकी छिन् । प्रदेशसभामा बहुमत नजुट्ने भएपछि मुख्यमन्त्री शाक्यले पदबाट राजिनामा दिने भएकी हुन् ।शाक्यले गत कात्तिक ४ गते प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल गरेकी थिइन् । विश्वासको मत माग्ने क्रममा विपक्षी दलहरूले उठाएको प्रश्नको जवाफ दिएर उनले सदनबाटै राजीनामा दिने प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार प्रदेशसभामा सम्बोधन गरेर शाक्य राजीनामा बोकेर प्रदेश प्रमुखको जाने तय भएको बताइन् । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३,

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 113 पटक पढिएको
  • मंसिर भित्रै महाधिवेशन गर्न सभापति देउवाको निर्देशन

    बिर्तामोड / प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जारी रहेको चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरूप मङ्सिर महिना भित्रै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।मंगलबार सिंहदरबारस्थित कांग्रेसको संसदीय कार्यालयमा पार्टीको पदाधिकारी र केन्द्रीय निर्वाचन समितिबीच भएको बैठकमा सभापति देउवाले मङ्सिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रमहरू अगाडि बढाउन निर्देशन दिएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए ।‘महाधिवेशनको मिति पछाडि सर्ने भन्दा पनि मंसिर ९ देखि १३ गतेसम्म चौधौं महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा सभापति ज्यूले कडाइका साथ भन्नुभएको छ । एक, दु

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 152 पटक पढिएको
  • प्रधानन्यायाधीशले तोके इजलास

    बिर्तामोड / चौतर्फी राजीनामा दिनुपर्ने माग उठिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलास तोकेका छन् । प्रधानन्यायाधीश राणाले बुधबारका लागि ११ इजलास तोकेका हुन् ।तर, आज पनि न्यायाधीशहरू छलफलमा व्यस्त हुने भएकाले इजलास बस्ने सम्भावना निकै कम रहेको छ । प्रधानन्यायाधीशको विवादले सोमबार र मंगलबार इजलास बस्न सकेको छैन ।सर्वोच्चका १४ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै इजलास बहिष्कार गरेपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ भएको छैन ।न्यायाधीशहरूले राजीनामा मागिरहेकै बेला बुधबार उनले इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रियाबाट आएको

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 102 पटक पढिएको
  • मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

    लमजुङ / नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आज आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उनले मुलुकको विकास  समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताए । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोप लगाए । उनले राष्ट्रिय पूँजीको निर्माण नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै मुलुक आत्मनिर्भर नभएसम्म समाजवाद व्यवहारिक कार्यान्वयन हुन

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 106 पटक पढिएको
  • बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राखेको प्रस्तावमा आज मतविभाजन हुने

    काठमाडौँ / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राखेको विश्वासको मतको प्रस्तावमा प्रदेशसभामा आज मतविभाजन हुने भएको छ ।दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजन प्रक्रिया अघि बढाइने प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ गते प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सारेका थिए। प्रदेशसभ

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 89 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.