राजनीति

    Showing 9,131-9,140 of 10,378 items.
  • सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा छः गृहमन्त्री खाँण

    काठमाडौं / गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा रहेको बताएका छन् । विश्व ॐकार महासङ्घको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उनले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताएका हुन् ।“हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौँ, सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ”, गृहमन्त्री खाँणले भने । सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनुपर्नेमा जोड दिँदै उनले वर्गीय र जातीय रूपमा विभेद् भए सामाजिक सदभाव खल्बलिने बताए।महासङ्घका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दिनबन्धु पोखरेललगायतले आज गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएका थिए

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 102 पटक पढिएको
  • कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

    सुर्खेत  / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने भएका छन् । काङ्ग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिने भएका हुन् । शाहीले यसबारे छलफल गर्न सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकलगत्तै उनले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले कान्तिपुरसित बताए ।‘३ जना मन्त्रीको ६ महिने पदावधि पनि आज सकिँदैछ,’ उनले भने, ‘मन्त्रिपरिषद्को बैठकपछि राजीनामा दिने उहाँको तयारी छ ।’गत वैशाखमा नेकपा एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यसबेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मु

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 123 पटक पढिएको
  • जलवायु परिवर्तन न्यूनीकरणमा मानव जाति सचेत हुनुपर्छ : राष्ट्रपति भण्डारी

    मनाङ  / राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताएका छन् ।  आज मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने उनले बताएकि छन् । वातावरणीय सन्तुलन कायम राख्न वनजङ्गल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 101 पटक पढिएको
  • मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

    विराटनगर / प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । आचार्यले सोमबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।  विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले दलहरू मिलेर जानुको विकल्प नरहेको बताए । राजनीतिमा कामले अगाडि जानुपर्ने र दलहरू फुटाउनु र टुटाउनतर्फ लाग्ने काम अराजनीतिक हुने उनको भनाइ थियो । यसअघि वाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 127 पटक पढिएको
  • विराटनगर पुगेर सुजाता कोइरालाले गरिन् सभापतिमा उम्मेदवारी दिने घोषणा

    मोरङ  / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले स्व गिरिजाप्रसाद कोइरालाले मोरङमा नयाँ घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिनका लागि आफू पूर्वी नेपालको भ्रमणमा आएको जानकारी दिईन् । मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’को सम्भावना बढ्दै गएको कोइरालाले बताईन् ।“लोकतन्त्रमा जनताको आस्था र विश्वासको केन

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 101 पटक पढिएको
  • पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला स्थगित

    काठमाडौं / बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दाको फैसला रोकिएको छ ।वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कात्तिक १५ (सोमबार) फैसला सुनाउन आदेश दिएको थियो । तर, न्यायाधीश सुवेदी आज अदालतमा अनुपस्थिति भएका कारण आजको लागि पेशी तोक्न नसकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।२०७६ माघ २९ गते वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल र

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 103 पटक पढिएको
  • मुख्यमन्त्री पाण्डेले २२ गते विश्वासको मत लिने

    काठमाडौँ / बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । गठबन्धनको तर्फबाट कात्तिक ११ गते मुख्यमन्त्री बनेका पाण्डेले २२ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ५९ जना सांसदको हस्ताक्षरमा पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । पाण्डेलाई एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादीका सांसदहरुले समर्थन गरेका छन् । 

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 110 पटक पढिएको
  • महाधिवेशनस्थल निरीक्षण गर्दै ओली

    काठमाडौं  / नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण गर्ने भएका छन् । एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते हुँदैछ । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन । ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने  एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उनले बताइन् ।ओली आज काठमाडौ

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 113 पटक पढिएको
  • सर्वोच्चमा कानुन व्यवसायीहरूको आन्दोलन जारी

    काठमाडौँ / आन्दोलनरत कानुन व्यवसायीहरूले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन् । आइतबार देखि आन्दोलन उत्रिएका कानून व्यवसायीहरूले आज दोस्रो दिन पनि कालो ब्यानर बोकेर उभिएका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा प्रदर्शनमा गरिरहेका कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।१६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 115 पटक पढिएको
  • राष्ट्रपति भण्डारी आज मनाङ भ्रमणमा

    मनाङ / राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) मनाङ जाने भएकी छिन् । भण्डारी भ्रमणका लागि मनाङ जान लागेकी हुन् । भण्डारीले मनाङमा सांसद पाल्देन छोपाङ गुरुङको नेपालकै सबै भन्दा ठुलो स्याउ फार्म एग्रो मनाङ प्रालिको अवलोकन गर्ने प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत भण्डारीले अवलोकन गर्ने कार्यक्रम रहेको प्रजिअ आचार्यले बताए । जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिइने बताइएको छ ।बाढीका कारण क

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 112 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.