राजनीति

    Showing 9,081-9,090 of 10,378 items.
  • कांग्रेसको १४ औँ महाधिवेशन : नीतिगत बहसभन्दा नेतृत्वकै चर्चा

    काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीका नेताहरूको नीतिगत बहसभन्दा नेतृत्वकै वढी चर्चा हुने गरेको छ । पार्टीका नेताहरूले केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय रहे पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा भने अहिलेसम्म पार्टीको केन्द्रीय समितिमा छलफल सुरु नै गरेका छैनन् । पार्टीका नेताहरूले महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने ध्यान दिएका छैनन् ।महाधिवेशनमा नीति र नेतृत्व दुवैको निर्वाचन एकै पटक भएकाले धेरैको ध्यान नेतृत्व

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 98 पटक पढिएको
  • समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले आज (शनिबार) बाट सुरु हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ । नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले आजबाट हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । समाजवादी केन्द्रीय कमिटी बैठक आज र भोलि दुई दिन बस्दैछ । बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्य र कार्य कार्यबारे बैठकलाई जानकारी गराउनेसम्म छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 91 पटक पढिएको
  • एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छानिँदै

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दैछ । महाधिवेशनका लागि आज छानिएका प्रतिनिधिले आगामी मंसिर १० देखि १२ गते चितवनमा हुने १० औँ महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् । सङ्गठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुनेछन्। त्यसका लागि देशभर आज एकैसाथ एमालेले चुनाव गर्नेछ। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन् ।अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ महाधिवेशन प्रतिनिधि छनोट गर्दा उच्च समझदारी अपनाउन आव्हान गरेका छन् । सुदूरपश्चिम लगायतका केही स्थानमा भने जथाभावी सदस्यता वितरण गरेको भन्दै

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 101 पटक पढिएको
  • प्रचण्डको सचिवालयमा हेरफेर

    काठमान्डौ //  नेकपा माओवादी केन्द्र को मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष प्रचण्डको सचिवालय हेरफेर गरेको छ।जसमा लामो समयदेखि प्रचण्डको सचिवालयमा रहेका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले लुम्बिनी प्रदेशको सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै हाललाई प्रमुख स्वकीय सचिव नराखी स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको छ।  यसअघि दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा मल्लले सचिवालयमा बसेर काम गरेका थिए।अहिले प्रचण्डको सचिवालयमा उनकी छोरी गंगा दाहालले सम्हाल्दै आएको बताइएको छ। त्यसैगरी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटालाई पार्ट

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 110 पटक पढिएको
  • एमालेद्वारा दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

    झापा / नेकपा एमालेले दशौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । एमालेले मंसिर १०–१२ गते हुने महाधिवेशनका लागि  ‘एक सिंगे गैँडाले पार्टीको झण्डा बोकेको’ लोगो तयार पारेको छ । चितवनलाई पर्यटकीय दृष्टिले चिनाउन साथै जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने सन्देश दिन यस्तो लोगो तयार पारिएको महाअधिवेसन प्रचार समिति संयोजक योगेश भट्टराईले जानकारी दिए । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममार्फत पार्टी सदस्यबाट १०० र

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 107 पटक पढिएको
  • दवाव खेप्न नसकेर निर्वाचन अधिकृतले दिए राजिनामा

    सर्लाही / सर्लाहीमा शनिबारका लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ ।केन्द्रीय निर्वाचन समितिले खटाएको निर्वाचन अधिकृत विनोद कार्कीले राजिनामा दिएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो । जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजिनामा दिएको स्रोतले जनाएको छ ।जिल्ला सभापति नागेन्द्र कुमार राय पार्टीका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । आगामी निर्वाचनमा उनीहरु नै जिल्ला

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 111 पटक पढिएको
  • मेयर द्वारिकालालकाे घरमा पुगे माधव नेपाल

    इटहरी / २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी माधव नेपाल समूहमा जाने भएका छन् । दुई समूहमा विभाजित नेकपा एमाले सुनसरीको नेतृत्वमा हेरफेरलाई लिएर असन्तुष्टि जनाएका मेयर चौधरी माधव समूहमा जाने भएका हुन् । समाजवादीको कार्यक्रममा भाग लिन इटहरी पुगेका अध्यक्ष नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार घरमै बोलाएर खान समेत खुवाएका छन् । दुई दिनअघि मात्रै चौधरीले एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा आफूले ठाउँ नपाएको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए । एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने ग

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 389 पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधन लगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टीको कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअल रूपमा बैठक बस्न लागेको उनले बताए ।सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारी स्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 96 पटक पढिएको
  • संसद् बाहिर बनेका कानुनबारे सदन बेखबर

    काठमाडौं  / मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ । कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक सदुपयोग भए/नभएको  भन्ने पनि यकिन लेखाजोखा नै पाइन्न । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी रहेको संसद्ले २० प्रतिशत मात्र कानुन बनाउँदै आएको बताए ।उनले भने, “देशमा अहिले करिब ३५० ऐन र ३०० जति नियमावली अभ्यासमा छन् तर हजारौँका सङ्ख्यामा रहेका निर्देशिका, मापदण्ड जस्त

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 101 पटक पढिएको
  • बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौँ /  प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायीहरूको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन दिएको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरूले केही दिन देखि लगातार आन्दोलन गर्दे आएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उपमहासचिव पौडलले बताए । आन्दोलनलाई सम्बो

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 126 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.