राजनीति

    Showing 9,041-9,050 of 10,378 items.
  • एमाले महाधिवेशन : बाजुराबाट छानिए २१ प्रतिनिधि

    बाजुरा / बाजुराबाट नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । मंसिर १० देखि १२ गते हुने महाधिवेशनका लागि बाजुराबाट खुला, महिला, दलित कोटाबाट प्रतिनिधि छनोट भएका हुन् । खुलातर्फ रंगमान शाही, अजबहादुर मल्ल, सहदेव बोगटी, कालीबहादुर शाही,भरतबहादुर बुढा, जनककुमार बोहरा,अमरबहादुर खड्का,हरिबहादु रोकाया, मनलाल खत्री, बलदेव रेग्मी र भरत थापा छानिएका छन् ।महिलातर्फ  बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी, मायादेवी कुँवर, रेखा कडारा र राजकला सार्की चयन भएका छन् ।दलित कोटामा  विनोद नेपाली (बाजुरेली), काशीबहादुर विक, विक्रम सुनार र मोहन नेपाली महाधिवेशन प्

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 104 पटक पढिएको
  • फूलकोर्टमा गोलाप्रथा कार्यविधि पास

    झापा / सर्वोच्च अदालतको ‘फुलकोर्ट’ बैठक सकिएको छ । बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ ।फुलकोर्टले पारित गरेको नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका आज (बिहीबार) नै कानुन मन्त्रालय पठाइने भएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको हो ।

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 98 पटक पढिएको
  • सर्वोच्चको समस्या समाधान प्रधानमन्त्रीले गर्नुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका –३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको शुभारम्भ गर्दै नेपालले सर्वोच्चको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताएका हुन् । उनले भने, “बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकाले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्दछ ।”अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको र नेकपा (एमाले)बाट विद्रोह गरेर बनेको आफ

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 101 पटक पढिएको
  • कानुन व्यवसायी र प्रहरीबीच झडप, बारका अध्यक्ष श्रेष्ठसहित १२ घाइते

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुनव्यवसायी र प्रहरीबीच झडप हुँदा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् । आन्दोलनकारी कानुन व्यवसायीहरू प्रधानन्यायाधीश लाई रोक्न सर्वोच्चको दोस्रो गेटमा जाने क्रममा प्रहरी र कानुनव्यवसायीबीच झडप हुँदा उनीहरु घाइते भएका हुन् ।  बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेट तर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल भएको थियो । धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए । उनीहर

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 98 पटक पढिएको
  • शशांक कोइरालाले भने-सभापतिमै उठ्छु

    किमाथाङ्का / नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका छन्। संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग बुधबार कुरा गर्दै कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए।सभापतिका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो। उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए। महामन्त्री कोइरालाले गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए।‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन,’ उनले भने। कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सह

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 100 पटक पढिएको
  • एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

    काठमाडौं  / नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताएका हुन् । र्‍याली यही मङ्सिर ७ गते हुनेछ ।महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेष गरी काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार मङ्सिर १० गते १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न र्‍य

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 107 पटक पढिएको
  • देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्छ : सञ्चारमन्त्री कार्की

    सुनसरी / सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्ने दाबी गरेका छन् । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्वर ४ को क्षेत्रीय अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री कार्कीले उनले जनताको अभिलाशा तथा अकांक्षा पूरा गर्ने एकमात्र पार्टी कांग्रेस मात्र भएको बताएका छन् । जनताको अधारभूत आवश्यक्ता शिक्षा, स्वास्थ्य, सडक, बत्तीलगायत विकास निर्माण विभिन्न कार्य पूरा गर्ने पार्टी काँग्रेस नै भएको मन्त्री कार्कीले दाबी गरेका छन् । उनले काँग्रेस सबै जातजाति, भाषा, धर्म, संस्कृति र देशका कुनै पनि

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 94 पटक पढिएको
  • प्रेस सेन्टर रौतहटको अध्यक्षमा कार्की

     रौतहट // प्रेस सेन्टर नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत  रुपले अध्यक्षमा डिल्ली बहादुर कार्की (सुब्बा) चयन भएका  छन्  । प्रेस सेन्टर नेपालको प्रदेश २ का संयोजक किरण कर्णको प्रमुख आतिथ्यमा बुधबार चन्द्रपुरमा भएको अधिवेशनले  कार्कीसहित ११ सदस्यसमिति  गठन गरेको छ। उपाध्यक्षमा ओमकिशोर चौधरी, समावेशी उपाध्यक्षमा रचना काफ्ले, सचिवमा रमेश कुमार यादव, सह सचिवमा मञ्जु ठाकुर, कोषाध्यक्षमा विजय साह पनि सर्वसम्मत चयन भएका छन् ।त्यसैगरी सदस्यहरूमा राजेन्द्र कुँवर, चन्देश्वर राउत, विकास श्रीवास्तव, पवन कुमार गुप्ता र दिनेश थापा  चयन  भएको अध्यक्ष कार्क

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 246 पटक पढिएको
  • एमाले महाधिवेशनः ११ जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

    काठमाडौँ / नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ ।बाँकी जिल्लामा प्रतिनिधि छनौट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै नआएको हो । “महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसङ्गठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ”, उनले भने, “तर केही प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले ती जिल्लाबाट विवरण आउन ढिलाइ भएको हो ।”यस्तै, २२ जनसङ्गठ

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 94 पटक पढिएको
  • प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

    विराटनगर / प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको छ । आजको मतदानमा ७९ जना उपस्थित भएका सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेक

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.