राजनीति

    Showing 7,461-7,470 of 10,368 items.
  • प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    झापा / प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल तथा पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै अर्थमन्त्री शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल पश्चात् पारित गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।भौतिक

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 143 पटक पढिएको
  • नागरिकता विधेयक अविलम्ब प्रमाणिकरण गर्न राष्ट्रपतिलाई आग्रह

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक अविलम्ब प्रमाणिकरण गर्न नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिले आग्रह गरेको छ ।पार्टीको प्रदेश कार्यालय धनुषामा बिहीबार बसको समितिको बैठकले राष्ट्रपति भण्डारीसँग सो आग्रह गरेको हो । राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ राखेको बैठकको ठहर छ ।यस्तै, कांग्रेस मधेशले केन्द्रीय सरकारलाई भने नागरिकता विधेयक पारित गरेकोमा धन्यवाद दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकताबाट बञ्चित नेपाली नागरिकहरूलाई नागरिकता प्रदान गर्न

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 142 पटक पढिएको
  • एमालेको युवा तथा खेलकुद विभाग सचिवमा पौडेल

    झापा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवा तथा खेलकुद विभाग सचिवमा मेघराज पौडेल मनोनीत भएका छन् । एमालेको सचिवालय बैठकले पौडेललाई केन्द्रीय युवा तथा खेलकुद विभागको सचिवको जिम्मेवारी दिएको हो । लीलबहादुर थापा प्रमुख रहेको विभागमा यसअघि नै सदस्यहरू मनोनीत भएका थिए । शुक्रबार मात्र विभिन्न विभागको सचिव टुङ्गो लगाउने क्रममा खेलकुद विभागको सचिवमा पौडेललाई मनोनीत गरिएको हो । नेपाल क्लाइमबिङ एसोसिएसनका महासचिव रहेका पौडेल एमालेको खेलकुद राजनीतिमा क्रियाशील छन् । उनी यसअघि एमाले निकट नेपाल खेलकुद महासङ्घको केन्द्रीय महासचिव थिए । खेलकुद महासंघमा लामो समय राजनीति गरेका पौडेललाई एमाले

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 199 पटक पढिएको
  • निर्वाचनका लागि समाजवादीले तोक्यो केन्द्रीय नेताहरूलाई जिम्मेवारी

    झापा  / नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ ।शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रिया’ बारेमा प्रस्ताव तयार गर्न महासचिव डा. वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ ।निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरले पाएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणा

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 167 पटक पढिएको
  • हात्ती वनमा बाबुराम र प्रचण्डबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

    काठमाडौँ / नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  भेटवार्ता गरेका छन् । बिहीबार भट्टराईले प्रचण्डसँग हात्ती वनस्थित एक घरमा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागि थिए । तीन नेताबीच भएको भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको बताइएको छ । स्रोतका अनुसार भट्टराईले सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलमा आफू पनि सहभागि हुने कुरा राखेका थिए ।उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेकपा समाजवादी गठन गरेका भट्टराई पाँच दलीय गठबन्धनमा सामे

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 172 पटक पढिएको
  • प्रचण्ड आज स्वदेश फर्किँदै

    झापा  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्।नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणामा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल छन्।जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए।

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 174 पटक पढिएको
  • प्रचण्ड र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

    काठमाडौँ  / जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कईबीच आज भेटवार्ता भएको छ ।भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहेका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।उक्त भेटवार्तामा नेपाल जापान सम्बन्धका विविध आयामका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहमा भ्रमणको आदानप्

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 124 पटक पढिएको
  • एमालेले आज दल दर्ता गर्ने

    झापा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघ र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज दल दर्ता गर्ने भएको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । एमाले निर्वाचन विभागका अनुसार साढे १२ बजे उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता निवेदन लिएर आयोग जाने भएका छन् ।निर्वाचन आयोगले आमनिर्वाचनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरि

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 207 पटक पढिएको
  • काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

    काठमाडौँ / नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम बिसीले जानकारी दिए । 

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 200 पटक पढिएको
  • ‘जबराको आचरणमा प्रश्न उठेपछि महाभियोग प्रस्ताव ल्याउनुपरेको हो’

    झापा / सांसद मीन बहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोग प्रस्ताव पास हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद विश्वकर्माले सडकबाट जबराको विषयमा प्रश्न उठेपछि महाभियोग प्रस्ताव ल्याउनुपरेको बताएका हुन् ।उनले भने, ‘सडकबाट चोलेन्द्रशमशेर जबराको आचरणमा प्रश्न उठेपछि महाभियोग प्रस्ताव ल्याउनुपरेको हो । महाभियोग प्रस्ताव संसद्मा दर्ता भएपनि छलफलमा विलम्ब भयो भन्ने हामीलाई पनि लागेको छ । ९ महिनापछि संसद् सुचारु हुन सकेन । बजेट ल्याउनुपर्‍यो । त्यही भएर पनि ढिलो भयो । महाभियोग प्रस्ताव पास

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.