राजनीति

    Showing 6,971-6,980 of 10,368 items.
  • सुवास नेम्वाङले भने पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर आत्तिनु पर्दैन

    प्रदेश ब्युरो । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।शुक्रबार रबिलामिछानेको नागरिकता विवादमा सर्बोच्च अदालतबाट भएको फैसलाको प्रसंग जोड्दै उनले त्यस्ता समस्यालाई संवैधानिक व्यवस्था बमोजिम नै हल गरिनुपर्ने बताएका हुन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले बनाएको संविधान कार्यान्वयनमा राजनीतिक दल सचेत हुनुपर्ने बेला आएको औंल्याएका छन् । ‘अहिलेको राजनीतिक घटनाक्रमबाट सम्मानित सर्वोच्च अदालतको फैसलाबाट गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो । यी घटनाक्रमलाई हामी

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 224 पटक पढिएको
  • गृहमन्त्रीको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाइ

    झापा । गृहमन्त्रीको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाउनुभएको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा उहाँलाई नै गृहमन्त्रीको जिम्मेवारी तोकिएको जनाएको छ ।मन्त्रीहरु नियुक्त नहुँदा युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्नुभएको छ । सर्वोच्च अदालतको फैसलापछि हिजो नै गृहमन्त्री र सांसदबाट रवि लामिछाने पदमुक्त भइसक्नुभएको छ ।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 214 पटक पढिएको
  • ऋषि धमलाकी श्रीमती एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    झापा । कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् ।गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराइन् । उनलाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ । सो कार्यक्रममा लुम्बिनीबाट राष्ट्रियसभाको माघ २५ गते उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि पार्टीमा प्रवेश गरेको जनाइएको छ।पार्टी प्रवेशपछि एलिजालाई उपाध्यक्ष बनाउने नागरिक उन्मुक्तिको योजना रहेको चर्चा छ । उक्त कार्यक्रममा अन्य व्यक्तिहरुलाई पनि

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 157 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

    प्रदेश ब्युरो। नागरिकता विवादमा सर्वोच्च अदालतको पछिल्लो आदेशबाट पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको छ। शुक्रबार राती बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो।हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।  ‘सम्मानित सर्वाेच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्देै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 270 पटक पढिएको
  • रविले छाडे सरकारी निवास र गाडि

    निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेर निजी निवास गएका हुन् ।लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो निजी गाडीमा गएका थिए ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 274 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो संगठन विस्तारका कार्यक्रम स्थगित

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संगठन विस्तारका कार्यक्रम स्थगित गरेको छ ।पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै  सातै प्रदेशमा तय गरिएका  प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को  सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाएका छन् ।यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले माघ १४ गतेदेखि सांगठनिक गतिविधि संचालन गर्ने निर्णय गरेको थियो । तर पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि पार्टीले आफ्ना संगठानिक गतिबिधिलाई स्थगित गरेको छ । साथै महामन्त्

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 107 पटक पढिएको
  • लामिछाने नेपाली नागरिक नभएको अदालतको फैसलामा के छ ?

    सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेपाली नागरिक नरहेको फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको हो ।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो । लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन ग

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 108 पटक पढिएको
  • राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

    नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।माओवादी केन्द्र स्थायी कमिटीको बिहीबार बसेको बैठकमा दाहालले अहिले सभामुख र राष्ट्रपति एमालेलाई दिने, भोलि प्रधानमन्त्री पनि एमालेकै बन्ने अवस्थामा राज्यका सबै संयन्त्र उसकै हातमा जाने भएकाले यसबारे सोच्नु जरुरी रहेको बताए। ‘भोलिको त्यो अवस्थाबारे अहिले नै सोच्न जरुरी छ,’ दाहाललाई उद्धृृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने,

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 240 पटक पढिएको
  • रुसद्वारा युक्रेन माथि तीसभन्दा बढी क्षेप्यास्त्र प्रहार

    बिहीबार बिहान मास्कोको सेनाले युक्रेनमा ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनी वायु रक्षाले रुसी आक्रमणलाई रोक्न काम गरिरहेको युक्रेनी वायुसेनाले जनाएको छ ।वायुसेनाका प्रवक्ता युरी इहनतले युक्रेनी टेलिभिजनमा करिब छवटा रुसी टीयु–९५ विमानले ’रूसको मुर्मान्स्क क्षेत्रबाट उडान भरेको र क्षेप्यास्त्र प्रहार गरेको’ बताएका छन् । केही क्षेप्यास्त्रहरू युक्रेनको पश्चिम मध्य भिन्निट्सिया क्षेत्रमा प्रहार भएको गभर्नर सेर्ही बोर्जोभले टेलिग्राममार्फत जानकारी दिएका छन् । हताहतको विवरण भने उनले दिएनन् ।कीभको सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले टेलिग्राममा १५ भन्दा बढी क्रुज मिसाइलहरू कीभको दिशा

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 122 पटक पढिएको
  • नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ।बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 134 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.