काठमाडौँ / लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नवौँ अधिवेशन आव्हान गरेका छन् । प्रदेश प्रमुख शेरचनले आज (शनिबार) भदौ १ गते एक बजेका बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी दिए ।साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले नयाँ अधिवेशनमा विश्वासको मत लिने तयारी गरेका छन् ।
काठमाडौं / असहाय गाईबाच्छा संरक्षण अभियानले वरिपरि फलामे तारले घेरिएको ठूलो चौरमा एक सय ५३ असहाय गाईबाच्छा जम्मा गरेर पालन पोषण गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका –८ स्थित गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको यो जग्गामा अभियानले सडकमा खुला छाडिएका गाई बाच्छालाई राखेको हो । आज वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल आफैँ एक बोरा पीठो बोकेर पुगे ।विसं २०७५ जेठ १ गते मानव अधिकार, सामाजिक न्याय, वाग्मती सफाइ लगायत अभियानमा लागेका उत्तम पुडासैनीले सो अभियान सुरुआत गरेका थिए । सुरुमा त्रिभुवन विमानस्थलसँग जोडिएको वाग्मती नदी किनारको भागमा गाईबाच्छा जम्मा गरिएको थिय
काठमाडौँ / सामूहिक राजीनामा दिएका कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यको बैठक आज बस्ने भएको छ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग राख्दै राजीनामा दिएका २२ जना केन्द्रीय सदस्यहरूको बैठक आज (शनिबार) १२ बजे बस्ने भएको हो ।बैठक १२ बजे बस्ने भएपनि स्थान भने तय नभएको राजीनामा बुझाउने आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए । पौडेलका अनुसार अमेरिकामा रहेका आनन्द बिष्ट बाहेकका अन्य २१ जना बैठकमा उपस्थित हुने छन् । शुक्रबार राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यको राजीनामालाई सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन्।
काठमाडौँ / नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक शनिबार बिहान ११ बजे बस्ने लागेको हो ।आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको जनाएको छ ।
विराटनगर / आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको प्रर्वद्धनका लागि नीति बनाएर कार्यान्वयन गराउन प्रतिबद्ध भएर लागिपर्ने प्रदेश सांसदहरुले ऐक्यबद्धता जनाएका छन । मानसिक स्वास्थ्यका लागि संगठन (कोशिस) र पहल नेटवर्कले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफलमा सहभागी प्रदेश १ सभाका सांसदहरुले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको प्रवर्द्धनका लागि नीति बनाएर कार्यान्वयन गराउन प्रतिबद्ध भएर लागिपर्ने ऐक्यबद्धता जनाएका हुन । प्रदेश १ सभा उपसभामुख सरस्वती पोखरेलले सरकारले नीति कार्यक्रममा घोषणा गरेपनि बजेट बिनियोजन नगर्दा मानसिक स्वास्थ्यको क्षेत्र अझै ओझेलमा परेको भन
काठमाडौं / जघन्य अपराधका घटनामा संलग्न नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद आफताव आलमको मुद्दा शुक्रबार सर्वोच्चको पेशीमा चढेपनि सो विषयमा सुनुवाइ भएन ।वि.स. २०७० सालमा निर्वाचनको समयमा पाशविक तवरले गरिएको मानवीय हत्याको घटनामा संलग्न रहेको अभियोगमा हाल थुनामा रहेका उनले तल्ला अदालतको फैसला प्रति आपत्ति जनाउँदै सर्वोच्चमा निवेदन दिएका थिए ।निर्वाचनको समयमा रौतहटमा भएका बम बिष्फोट र इँटा भट्टामा राखेर मजदुरलाई जिउँदै जलाएर हत्या गरिएको आरोपमा उनी जिल्ला र उच्च अदालतको आदेशमा पुर्पक्षका क्रममा हाल थुनामा रहेका छन् । थुनाबाट छुट्न पाउनुपर्ने मागसहित आलमले दिएको निवेदनमाथि न्यायाधीश
बुटबल / नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । एमालेले पार्टीको हितविपरीत गठबन्धनलाई सघाएको भन्दै नवलपरासीका सांसद अजय शाही र दाङकी सांसद विमला वलीलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको हो । एमालेले आफ्नो चुनाव चिन्हबाट निर्वाचित सांसद शाही र तत्कालीन नेकपाकी सांसद वलीले गठबन्धन दलले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेका थिए ।लुम्बिनी प्रदेशका एमाले सचेतक भूमिश्वर ढकालका अनुसार शाहीलाई लिखित स्पष्टीकरण सोधिएको छ भने वलीलाई यसअघि नै पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण पठाइसकेका छन् । एमालेले बहिष्कार गर्ने भन
काठमाडौँ / सरकारका मुख्यसचिव शङ्करदास वैरागीले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नमा जोड दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा केन्द्रिय कार्यालयमा आज आयोजित दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव वैरागीले कम्पनीसामु चुनौती थपिदै गएको बताएका छन् । चुनौतीबाट नतर्सेर आफूलाई समयक्रमसँगै परिमार्जित गर्दै लैजाने उनले सुझाव दिएका छन् । “योजना र मानव संसाधन मजबुत बनाउनेतर्फ ध्यान दिन जरुरी छ”, मुख्यसचिव वैरागीले भने, “कम्पनीलाई अघि बढाउन रोडम्याप बनाउनतर्फ लाग्नु पर्छ ।” सेवा प्रभावकारी बन
बिर्तामोड / भारतमा बरामद भएको ६ अर्ब ८६ करोड मूल्य बराबरको लागूऔषध कारोबारमा पूर्व गृहराज्य मन्त्री एवं नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल जोडिएका छन् । भारतीय प्रहरीले केहि दिन अघि नवलपरासी नजिकको भारतीय सीमावर्ती क्षेत्रबाट बरामद गरेको लागूऔषध कारोबारीसँग नेता कँडेलको नाम जोडिएको हो ।सीमावर्ती क्षेत्रको भारतीय गाउँमा स्थानीय गोविन्द गुप्ता रौनियारको घर खानतलासीका क्रममा भारतीय प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो । लागूऔषध कारोबारी रौनियारसँग कँडेलको सम्बन्ध रहेको र उनैले संरक्षण गरिरहेको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले दावी गरेका हुन् । रौनियारको
बिर्तामोड / लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहीबार केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए । प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै आजै शपथ ग्रहण गराउने तयारी भएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.