राजनीति

    Showing 6,791-6,800 of 10,368 items.
  • रास्वपा सांसद रवि लामिछाने विरुद्ध सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा फेरि अर्को रिट दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका हुन् । रिटको सुनुवाई जेठ १७ गतेका लागि तोकिएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 224 पटक पढिएको
  • नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी

    काठमाडाैँ । सरकारको नीति तथा कार्यक्रमा माथी आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ।राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शिर्ष नेताले सम्बोधन गरिसकेका छन् ।स

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 267 पटक पढिएको
  • एमाले अध्यक्ष ओली आज संसदमा बोल्दै

    झापा   ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतनिधि सभा बैठकलाई सम्बोधन गर्दैछन्। ओलीको सचिवालयले सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको बताएको छ। ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 216 पटक पढिएको
  • भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग्दै प्रदर्शनमा एकीकृत समाजवादी

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा केन्द्रीय मोर्चा संगठन विभागले प्रदर्शन गरेको हो ।समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गर लगायतका नारासहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।समाजवादीको मोर्चा संगठनले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीदेखि

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 210 पटक पढिएको
  • भ्रष्टाचारी विरुद्ध सबै एकजुट हुनुपर्ने: राप्रपा अध्यक्ष लिंदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । पार्टीले भ्रष्टाचारविरुद्ध वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा उनले उक्त प्रकरणमा संलग्नलाई संरक्षणको प्रयास भइरहेको बताउँदै भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्ने बताए।विदेशी चासोका कारण शरणार्थी प्रकरण अनुसन्धान अगाडि बढेको भन्दै यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई दण्डित गर्नुपर्नेमा उनले जोड दिए ।अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 207 पटक पढिएको
  • क्यान्टोनमेन्ट भ्रष्टाचारमा दोषी ठहरिए जेल जान तयार: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्टोनमेन्टमा घोटाला भएको भन्ने आरोपका लागि आरोप मात्रै भएको बताएका छन्।बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै रूजु भइसकेको विषयलाई राजनीतिक पूर्वाग्रहहको रूपमा उठाउने गरिएको भन्दै आश्चार्यमा परेको बताएका छन ।क्यान्टोनमेन्टमा लडाकुलाई राखेपछि क्यान्टोन्मेटको भौतिक पूर्वाधार र रासनका लागि राज्यकोषबाट दिइएको रकमको अडिट रेकर्ड रहेको उनले जानकारी दिए । क्यान्टोनमेन्टको विषय कपोकल्पीत र पूर्वाग्रही रहेको भन्दै उनले छानबिन गरेर दोषी ठहरिए आफू जेल जान तयार रहेको बताए ।क्यान्टोनमेन्टमा लडाकुलाई राखेपछि क्य

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 308 पटक पढिएको
  • एमालेको नया नारा युवालाई ३३ प्रतिशत स्थान

    काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीका आधारभूत तहका कमिटीमा अब ३३ प्रतिशत स्थान युवालाई दिइने बताएका छन् । अनेरास्ववियुको आजदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले पार्टी निर्माणमा ३५ वर्षमुनिका युवालाई विशेष प्रथामिकता दिइने बताएका हुन् ।पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ । त्यो युवाको अनुहार हेरेर पार्टीले भनेको हो। अब समाज बदल्ने युवाले हो  नेतृत्व गर्ने युवाले हो । त्यसैले नेतृत्व गर्ने ठाउँका लागि तयार रहेको छौँ भन्ने सन्देश युवाले दिनुपर्दछ ।अनेरास्ववियु विद्यार्थीबीचमा जति धेरै सङ्गठित भएर अगाडि बढ्छ पार्टीको भविष्य त्यति नै सुरक्षित हुने उनको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 292 पटक पढिएको
  • एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शनिबार बिहान बस्दै छ । बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा बिहान ८ बजे बस्न लागेको हो ।यसअघि हिजो शुक्रबार दिउँसो ३ बजे बैठक बस्ने तयारी थियो । केन्द्रीय कमिटीको बैठक जारी रहेकोले समय अभावको कारण बैठक शनिबारका लागि सारिएको हो ।आजको बैठकले पार्टीको वार्षिक कार्ययोजना तयार गर्ने बताइएको छ । उक्त कार्ययोजना केन्द्रीय कमिटीको जारी पाँचौँ बैठकले पारित गर्ने एमालेले जनाएको छ । गत बिहीबारबाट सुरु भएको एमालेको पाँचौँ केन्द्रीय कमिटी बैठक आज शनिबार समापन हुदैँछ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 307 पटक पढिएको
  • भ्रष्टाचार विरुद्ध नेकपा एसले बिहिबार(आज) देशैभरि प्रदर्शन गर्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने भएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरूप आज देशैभरि प्रदर्शन गर्न लागिएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिए ।‘यही वैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गरौँ, पौडेलले भनेका छन्, ‘जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष  हार्दिक अनुरोध गर्दछौ ।’उनका अनुसार हिजो माइतीघर मण्डलामा पनि पार्टीका भातृ संगठनले प्रदर्शन गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 188 पटक पढिएको
  • रास्वपाका निष्कासित सांसद ढाकाकुमार श्रेष्ठलाई अल्पकालीन आदेश

    काठमाण्डौ  ।   व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भई सांसद पदसमेत गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । आफूमाथिको कारबाही अवैध रहेको भन्दै श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनलाई रास्वपालाई विपक्षी बनाएका थिए । सोमबार सर्वोच्चले विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।रास्वपाको कारबाहीपछि समानुपातिक सांसद रहेका श्रे

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 243 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.