राजनीति

    Showing 6,451-6,460 of 10,353 items.
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झन् कडा

    काठमाण्डौ  ।  सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिरहेका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकमा उनले सम्पूर्ण मन्त्रीहरूलाई कडाईका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।गृहमन्त्री रवि लामिछानेलाई तथ्य अनुसन्धानमा दोषी देखिएका साना-ठूला कसैलाई पनि नछोड्न प्रचण्डले स्पष्ट निर्देशन दिएका छन्। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, "रवि जी, जति दिन यो सरकार रहन्छ, त्यो दिनसम्म जनता र देशको पक्षमा काम गर्नु पर्छ। ठूलो पाटी भनेर हात जोड्दै गयो भने भ्रष्टाचारी, चोर, तस्कर र बिचौलियाहर

    • प्रकाशित मितिः असार १९, २०८१
    • 384 पटक पढिएको
  • एमालेका मन्त्रीहरूले बुझाए राजीनामा, समर्थन पनि फिर्ता

    काठमाडौँ- नेकपा एमालेका मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्। बालुवाटारमा भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेकोले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। एमालेबाट सरकारमा ८ जना मन्त्री सहभागी थिए।नेपाली कांग्रेससँगको नयाँ गठबन्धन बन्ने सहमति गरेको नेकपा एमालेले माओवादीसहितको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।नेकपा एमालेको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्रीले राजीनामा दिने संके

    • प्रकाशित मितिः असार १९, २०८१
    • 583 पटक पढिएको
  • सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

    काठमाडौं- राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्।  उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। उनलाई प्रहरीले सहकारीको बचत हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो।  उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक हुन्। उक्त सहकारीलाई पनि समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको थियो। 

    • प्रकाशित मितिः असार १९, २०८१
    • 433 पटक पढिएको
  • एकीकृत समाजवादीको नयाँ नेतृत्वका लागि भोलि चुनाव

    काठमाडौं- नेकपा एकीकृत समाजवादीको नेतृत्व चयन प्रक्रिया भोलि सुरु हुने भएको छ ।गत १६ असारबाट सुरु भएको महाधिवेशनमा बुधबारसम्म प्रतिवेदनहरुमा छलफल भइरहेको छ । महाधिवेशनमा राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेश भएको थियो।उक्त प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भयो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधबार सबै प्रतिवेदन पारित हुँदैछ ।प्रतिवेदनहरु पारित भएपछि भोलि, बिहीबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।पदाधिकारी र केन्द्रीय सदस्य चयन

    • प्रकाशित मितिः असार १९, २०८१
    • 188 पटक पढिएको
  • एकीकृत समाजवादीको नयाँ नेतृत्वका लागि भोलि चुनाव

    काठमाडौं- नेकपा एकीकृत समाजवादीको नेतृत्व चयन प्रक्रिया भोलि सुरु हुने भएको छ ।गत १६ असारबाट सुरु भएको महाधिवेशनमा बुधबारसम्म प्रतिवेदनहरुमा छलफल भइरहेको छ । महाधिवेशनमा राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेश भएको थियो।उक्त प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भयो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधबार सबै प्रतिवेदन पारित हुँदैछ ।प्रतिवेदनहरु पारित भएपछि भोलि, बिहीबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।पदाधिकारी र केन्द्रीय सदस्य चयन

    • प्रकाशित मितिः असार १९, २०८१
    • 247 पटक पढिएको
  • सरकारबाट एमाले बाहिरिँदै, मन्त्रीहरुको राजीनामा आजै

    काठमाण्डौ । नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने तयारी गरेका छन् ।अहिले बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूसँग छलफल गरिरहेका छन्।स्रोतका अनुसार केहीबेरमा मन्त्रीहरूले राजीनामा बुझाउन लागेका हुन् । अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जम्मा भएका एमालेका मन्त्रीहरुले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पार्टीले दिएको समर्थन फिर्ता लिने र राजीनामा बुझाउन लागेका हुन् ।उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरीलगायत अन्य मन्त्रीहरू बालकोट छलफलमा छन् ।दाहाल नेतृत्वको सरकारमा एमालेका ८ जना मन्त्री सहभागी छन्।नेपाली का

    • प्रकाशित मितिः असार १९, २०८१
    • 464 पटक पढिएको
  • प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले आजै समर्थन फिर्ता लिने

    काठमाण्डौ । नेपाली काङ्ग्रेस सँग नयाँ सहमति जुटेपछि नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला ले आज एमालेका मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिएको समर्थ फिर्ता लिने जानकारी दिए ।मङ्गलवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । दाहालले राजीनामा नगर्ने बताएपछि एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री रघुवीर महासेठ, कानुन

    • प्रकाशित मितिः असार १९, २०८१
    • 428 पटक पढिएको
  • मुकुलले पार्टीमा भने : मेरो विवाहबारे पनि पार्टीले निर्णय लिओस्

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो बिहेबारे निर्णय गर्न पार्टीलाई आग्रह गरेका छन्। समसामयिक राजनीति र महामन्त्री ढकालले देश दौडाहबाट तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न रास्वपाको बैठक जारी छ। उक्त बैठकमा पेस गर्न ढकालले तयार पारेको लिखित मन्तव्यमा उनले विभिन्न विषयमा पार्टी सभापतिलाई स्पष्टीकरण दिँदै आफ्नो बिहेबारेमा पनि निर्णय गरिदिन आग्रह गरेका हुन्।‘मेरो जीवनकैबारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन,’ उनले भनेका छन्, ‘मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्।’उनले पार्टीले नै

    • प्रकाशित मितिः असार १९, २०८१
    • 481 पटक पढिएको
  • कांग्रेसले भन्यो : अब केपी ओली प्रधानमन्त्री बन्छन्

    काठमाडौँ- नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने खुलासा गरेको छ। बुधबार बिहान बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले त्यस्तो बताएको हो।‘नेपाली कांग्रेस र नेकपा एमालेबीच नेपालको संविधानको धारा ७६ -२ बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ कांग्रेसले भनेको छ।त्यस्तै बैठकले

    • प्रकाशित मितिः असार १९, २०८१
    • 333 पटक पढिएको
  • देशलाई अफ्ठ्यारो परेका बेला ठूला दल एक भएका हौँ— केपी ओली

    काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन्। अध्यक्ष ओलीले भने, 'हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धात्मक आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।'मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठुला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ ? भन्ने प्रश्नमा ओलीले संविधान जारी हुने समय

    • प्रकाशित मितिः असार १९, २०८१
    • 360 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.