काठमाण्डौ । नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने तयारी गरेका छन् ।अहिले बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूसँग छलफल गरिरहेका छन्।स्रोतका अनुसार केहीबेरमा मन्त्रीहरूले राजीनामा बुझाउन लागेका हुन् ।

OM Sai Pathibhara Hospital

अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जम्मा भएका एमालेका मन्त्रीहरुले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पार्टीले दिएको समर्थन फिर्ता लिने र राजीनामा बुझाउन लागेका हुन् ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरीलगायत अन्य मन्त्रीहरू बालकोट छलफलमा छन् ।दाहाल नेतृत्वको सरकारमा एमालेका ८ जना मन्त्री सहभागी छन्।

नेपाली कांग्रेससँग नयाँ सत्ता समिकरण गर्ने निर्णय गरेपछि हिजो एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिन आजसम्मको समय दिएको थियो । नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले बाटो नखोलेको भन्दै एमालेले समर्थन फिर्ता लिन लागेको हो ।

अध्यक्ष ओलीसँगको सामुहिक भेटघाटपछि उपप्रधानमन्त्री महासेठले एमालेको तर्फबाट मन्त्री भएकाहरुको सामुहिक राजीनामा प्रधानमन्त्री दाहाललाई जादैछन।

एमालेले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको नयाँ सरकार बन्ने भन्दै सहभागी हुन सबै दललाई आह्वान गरिसकेको छ । सत्ता समीकरण फेरबदल भएपछि एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने भएको हो। यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि एमालेले निर्णय गरिसकेको छ।FB_IMG_1720020554267

असार १७ गते मध्येराति नेपाली कांग्रेस र एमालेबिच ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ। प्रधानमन्त्री प्रचण्डलाई सरकार छाड्न उनीहरुले आह्वान गरिसकेका छन्। तर प्रचण्डले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने अडान लिएका छन्। उनको यो अडानका कारण ओलीले प्रधानमन्त्री बन्न अझै एक महिना कुर्न पर्ने भएको छ।