काठमाडौँ / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिएका छन् । एमाले विभाजित भएसँगै बहुमतको सरकार ढलेको थियो । लगत्तै गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए।बागमतीमा हाल मुख्यमन्त्रीसहित चार स
काठमाडौँ / नेपाली कांग्रेसले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन । यद्यपि बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रिय सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ।मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ।जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले बताए।तेह्रथुम, सङ्खुवासभालगायत केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद छ। पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले विवाद समाधान गरेको थियो।पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प
काठमाडौं / नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएको छ ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा आइक्यापका (आइसिएपीपी) का स्थायी कमिटीका सदस्यहरुलाई पनि निमन्त्रणा गरिएको विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । कार्यक्रममा मुलुकका राष्ट्रि
काठमाडौं / नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उनले भने, “मतदानपछि प्रिन्ट ग¥यो भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघि नै नतिजा आउँछ । ”विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताए । सो पार्टीको केन्द्रीय समिति २२५ सद
काठमाडौं / सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज (बुधवार)का लागि नौ इजलासमा नौ मुद्दाको पेशी तोकेका छन् ।प्रधानन्यायाधीश जबराले बुधबार तीन एकल इजलास र छ संयुक्त इजलास तोकेको सर्वोच्चले जनाएको छ । आजका लागि पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्चले जनाएको छ । यद्यपि प्रधानन्यायाधीश जबराले आज आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन्।यता प्रधानन्यायाधीश जबराको राजीजामा मागिरहेको नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा आज पनि धर्ना जारी राखेका छन् ।
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरूले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुँदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।
काठमाडौं / कानुन व्यवसायिहरूले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानुन व्यवसायिहरूले प्रदर्शन गरेका हुन् । आन्दोलनको पहिलो चरणको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन।सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘आज दिउँसो चार बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नआएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौं ।’अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको भन्
काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् ।मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आज (बुधवार)सम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताएका छन् ।मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् । “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैर्छौँ”, उनले भने । विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाक
इलाम / प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरोबाट क्षतिग्रस्त बनेका स्थानहरूको मङ्गलबार निरीक्षण गरेका छन् । पहिरोग्रस्त क्षेत्रको अवलोकन गर्दै इलाम पुगेका उनले प्रधानमन्त्रीको निर्देशनअनुसार अहिले राहत, उद्धार र क्षतिग्रस्त संरचना पुनर्निर्माणको के कस्तो काम गर्नुपर्छ, त्यसको अवलोकन गर्न आएको बताएका छन् । कात्तिकको पहिलो साता आएको बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्र धनकुटा, पाँचथर र इलामका विभिन्न स्थानको निरीक्षण गरेका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरेछि सम्बन्धित क्षेत्रका विभागलाई पुनर्निर्माणक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.