काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना भएका छन्। स्वास्थ्य समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो।

पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेङ्गु र टाइफाइड देखिएपछि बुधवार भर्ना गरिएको हो।