राजनीति

    Showing 6,361-6,370 of 7,635 items.
  • सरकारद्वारा तीन पदेश प्रमुख बर्खास्त

    विराटनगर / सरकारले तीन वटा प्रदेश प्रमुखहरु परिवर्तन गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदुरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।सरकारले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई बर्खास्त गर्दै उनको स्थानमा जनता समाजवादी पार्टीका नेता तथा पुर्व सांसद पर्शुराम खापुङलाई नियुक्त गर्न सिफारि

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 101 पटक पढिएको
  • फागुन २१ गते राष्ट्रियसभाका २० सदस्यको पदावधि सकिँदै

    काठमाडौँ / राष्ट्रियसभाका उपाध्यक्षसहित २० जना सदस्यको पदावधि आगामी फागुन २१ गते सकिँदैछ । वि.सं. २०७५ असार ४ गते भएको गोला प्रथाद्धारा चारवर्षे पदावधि कायम भएका २० जना सदस्यको पदावधि सकिन लागेको हो । चार वर्षे पदावधि सकिनेमा सात महिला, तीन दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट दुई र अन्य समुदायका सात सदस्य छन् । उपाध्यक्ष शशिकला दाहाल, विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी, परशुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट,

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 81 पटक पढिएको
  • प्रधानन्यायाधीशले तोके इजलास, न्यायाधीशहरू भने सहभागी नहुने

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मङ्गलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् । बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले आजबाट भने सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका हुन् ।  बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका जबराले मंगलबार त्यो सहमति तोडेका छन् । सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् । आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरे

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 82 पटक पढिएको
  • राष्ट्रिय सभाका २० सांसदको पदावधि फागुन २१ मा सकिँदै

    काठमाडौँ  / राष्ट्रिय सभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ। चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन्।नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादीं)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुनेछ।राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य बिडारीको पनि सोही मितिमा चार वर्षे कार्यकाल समाप्त हुँदैछ। पदावधि समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जी

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 72 पटक पढिएको
  • गठबन्धनका शीर्ष नेताहरूको बैठक आज ५ बजे बस्दै

    काठमाडौं / सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । आज सोमबार बेलुका ५ बजे सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उनले बताए । आज बिहान बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता भएको उनले बताए । भेटवार्तामा समसामयिक वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल भएको उनले जानकारी दिए ।प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्तापछि सत्ता गठबन्धन दलको बैठक बस्न

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 97 पटक पढिएको
  • करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको मृत्यु

    हेटौंडा /  नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडा उपमहानगरपालिकाका सचिव गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ । उनको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।हेटौंडा उपमहानगरपालिका –१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेपछि उपचारका लागि उनलाई हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा ल्याइएको थियो ।उपचारको क्रममा उनको निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । अधिकारी नेकपा एसनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 96 पटक पढिएको
  • ‘प्रधानमन्त्री, मन्त्री र न्यायाधीशहरूले राजिनामा दिनु पर्छ’

    विराटनगर  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रीले पनि राजिनामा दिनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका सबै मन्त्री र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्चका सबै न्यायाधीशहरू राजीनामा दिनुपर्ने बताएका हुन् ।‘जुन दिन असंवैधानिक फैसला गरियो र त्यही फैसलाका आधारमा प्रतिनिधिसभाको पुनर्स्थापना गरियो, त्यही दिनदेखि प्रधान न्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो,’ अध्यक्ष ओलीले भने, ‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, परिवर्तन

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 107 पटक पढिएको
  • एमालेले आयोजना गरेको चियापान कार्यक्रममा एकीकृत समाजवादी सहभागि नहुने

    विराटनगर / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार विराटनगर आएका छन् । ओली बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर आएका हुन् ।उक्त चियापान कार्यक्रममा ओलीसँगै प्रदेश र केन्द्रका नेताहरू सहभागी हुने बताइएको छ । तर, एमालेले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) भने सहभागि नहुने भएको छ । गत कात्तिक १३ मा आफ्नो पार्टीले चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दा एमालेलाई पनि आमन्त्रण गरिएको तर एमाले नआएका कारण आफूहरू पनि एमालेको कार्यक्रममा सहभागि नहुने समाजवादी मोरङका प्रवक्ता ओसिम आलमले बताए । 

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 89 पटक पढिएको
  • आन्दोलनकाबीच प्रधानन्यायाधीशले तोके ६ इजलास

    काठमाडौँ  / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमबार) का लागि ६ वटा इजलास गठन गरेका छन् । न्यायाधीश र नेपाल बार एशोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश जबराले आजका लागि इजलास गठन गरेका हुन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेका छन् । न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 103 पटक पढिएको
  • बैतडीमा एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

    बैतडी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको  हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४  वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन् । दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ । पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरूलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 98 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा