काठमाडौँ- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा केही समयअघि बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्को दोस्रो बैठक हो। 

पहिलो बैठक प्रधानमन्त्री ओलीले शपथ लिएकै दिन बसेको थियो। बैठकमा आज महत्वपूर्ण नियुक्तिहरु लिने तयारी गरिएको छ।