राजनीति

    Showing 6,211-6,220 of 10,353 items.
  • माओवादी केन्द्रको स्थायी समितिको बैठक आजदेखि

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्न लागेको हो । यो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणका विषयमा चर्चा हुने छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताए । त्यसअघि आज बिहान ११ बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ, जहाँ स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गरिनेछ । 

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 478 पटक पढिएको
  • शिक्षामन्त्रीलाई ओलीले भने : एसईईमा ७० प्रतिशत उत्तीर्ण गराउने लक्ष्यमा काम गर्नू

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उनले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख गरे।‘जति पढे पनि कुनै क्षेत्रमा काम गर्ने सीप छैन भने त्यस्तो जनशक्ति प्रयोगविहीन हुन्छ र रोजगारी पनि नपाउने सम्भावना हुन्छ,’ उनले भने, ‘त्यसैले सीपमूलक जनशक्ति उत्पादनमा ध्यान दिन म निर्देशन दिन्छु। उच्च आचरणयुक

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 478 पटक पढिएको
  • कांग्रेसले संगठनात्मक सय दिने अभियान चलाउने

    काठमाडौँ- नेपाली कांग्रेसले आगामी भदौ १५ देखि मंसिर १५ सम्म तीन महिना देशभर संगठनात्मक अभियान चलाउने भएको छ ।  बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा तीन महिने संगठनात्मक अभियान चलाउने निर्णय गरेको जानकारी प्रवक्ता डा। प्रकाशशरण महतले दिए ।‘कांग्रेसले संगठनात्मक १०० दिने अभियान गर्ने प्रस्ताव गरेको छ,’ महतले भने, ‘यो अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन हुनेछ ।’ अभियानमा केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने तयारी कांग्रेसको छ । बुधबार शुरू भएको बैठकमा विभिन्न ११ वटा एजेन्डा छलफलका लागि प्रस्तुत भएको जानकारी महतले दिए । अब बिहीबारबाट महासमितिका प्रस्तावलाई छलफल गरी पारि

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 386 पटक पढिएको
  • सर्वोच्चले भन्यो : विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई नहटाउनू

    काठमाडौँ- सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत आदेश दिएको हो । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर उनीहरूको स्थानमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्त गरेको थियो ।  मन्त्रालयले साउन १८ गते उनीहरूलाई पदबाट हटाएको थियो । सरकारले प्राधिकरणको सञ्चालक समितिबाट हटाइएपछि आचार्य र  पुन सर्वोच्च पुगेका थिए

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 424 पटक पढिएको
  • कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने

    काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ ।बुधवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो । बिहीबारको बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले बैठकमा बुधवार प्रस्तुत भएका ११ वटा एजेण्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको बताए । उनले भने, ‘हिजो ११ वटा एजेण्डा छलफलका लागि केन्द्रीय समितिको बैठकमा प्रस्तुत भएको थियो । तिनै विषयमा आज प्रदेशका प्रदेश प्रमुखले बोल्नुभयो। केन्द्रीय समितिका साथीहरूले पनि बोल्न थाल्नुभएको

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 384 पटक पढिएको
  • प्रचण्ड सरकारले ल्याएको राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज

    काठमाडौँ - सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ।मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।यसअघि माओवादी अध्यक्ष प्रचण्डको सरकारले ३ महिनापछि अवकाश पाउन लागेका मुख्यसचिव शंकरदास बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको थियो। रिक्त मुख्यसचिवमा बैकुण्ठ अर्याललाई ल्याइएको थियो। पद मिलानका लागि यसरी सुरक्षा सल्लाहकार थप गरिएको थियो। मन्त्रिपरिषद् बैठकले श्रम

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 488 पटक पढिएको
  • नेपालको आकाश सुरक्षित छैन : प्रवक्ता गुरुङ

    काठमाडौँ- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको पुष्टि गरेको बताएका छन्।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए। ‘हिजो पनि हेलिकप्टर दुर्घटना भयो, र नेपाली आकाश सुरक्षित छैन भन्ने कुरा यसले पुष्टि गरेको छ,’ उनले भने।अहिलेसम्मका सरकार दुर्घटनाबारे जाँचबुझ समिति बनाउनेमा मात्रै सिमित रहेको टिप्पणी गर्दै मन्त्री गुरुङले अहिलेको सरकार समाधान नै निकाल्ने गरि जुटेको दाबी गरे। ‘अहिले

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 387 पटक पढिएको
  • पार्टी घाेषणा गर्दै महताे

    काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले कात्तिकमा नयाँ पार्टीको घोषणा गर्ने भएको छ । नयाँ पार्टी बनाउनका लागि राष्ट्रिय मुक्ति क्रान्तिले कार्ययोजना तयार गरिसकेको हो । उक्त कार्ययोजना कार्यकारिणीबाट पारित भएपछि कात्तिकमा पार्टी घोषणा गर्ने तयारी भइरहेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले बताए । यसअघि बसेको राष्ट्रिय मुक्ति क्रान्तिको बैठकले दिएको कार्यादेश अनुसार कार्ययोजना तयार गरिएको हो । 

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 300 पटक पढिएको
  • उपेन्द्रले बाेलाए केन्द्रीय समितिकाे बैठक

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । साउन २७ गतदेखि ३० गतेसम्म चल्ने उक्त बैठकलाई प्रशिक्षणमूलक बनाउने तयारी भइरहेको कार्यकारिणी सदस्य मनिष सुमनले बताए । 

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 358 पटक पढिएको
  • टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मतिले पारित

    काठमाडौँ- बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ ।बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको हो ।

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 694 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.