काठमाडौँ- नेपाली कांग्रेसले आगामी भदौ १५ देखि मंसिर १५ सम्म तीन महिना देशभर संगठनात्मक अभियान चलाउने भएको छ ।  बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा तीन महिने संगठनात्मक अभियान चलाउने निर्णय गरेको जानकारी प्रवक्ता डा। प्रकाशशरण महतले दिए ।

‘कांग्रेसले संगठनात्मक १०० दिने अभियान गर्ने प्रस्ताव गरेको छ,’ महतले भने, ‘यो अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन हुनेछ ।’ अभियानमा केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने तयारी कांग्रेसको छ । 

बुधबार शुरू भएको बैठकमा विभिन्न ११ वटा एजेन्डा छलफलका लागि प्रस्तुत भएको जानकारी महतले दिए । अब बिहीबारबाट महासमितिका प्रस्तावलाई छलफल गरी पारित गर्नेसहितका विषयमा छलफल हुने जानकारी उनले दिए ।

बुधबार शुरू भएको बैठकमा विभिन्न ११ वटा एजेन्डा छलफलका लागि प्रस्तुत भएको जानकारी महतले दिए । अब बिहीबारबाट महासमितिका प्रस्तावलाई पारित गर्नेसहितका विषयमा छलफल हुने जानकारी उनले दिए ।

गत फागुनमा भएको महासमिति बैठकमा प्रस्तुत भएर पारित भएका तीन प्रस्तावमाथि केन्द्रीय समितिको बैठकमा छलफल हुने महतले बताए ।