काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्न लागेको हो । 

यो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणका विषयमा चर्चा हुने छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताए । 

OM Sai Pathibhara Hospital

त्यसअघि आज बिहान ११ बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ, जहाँ स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गरिनेछ ।