राजनीति

    Showing 5,681-5,690 of 7,596 items.
  • ओलीसहित एमाले नेताहरुमाथि अख्तियारमा उजुरी

    काठमाडौं / नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ ।विहीबार अनेरास्ववियुले झापा जिल्लास्थित गिरीबन्धु टी–स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० विघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन भूमिव्यवस्थामन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता गरेको हो ।त्यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गरिएको अनेरास्वविय

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 89 पटक पढिएको
  • कांग्रेसका १६ जिल्लाको अधिवेशन दुई दिन सर्‍यो

    काठमाडौं  / नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि गर्ने निर्णय गरेको हो।निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन दुई दिन पर सारिएको बताएका छन् । उनका अनुसार अधिवेशन हुन बाँकी वडा र पालिकाको चुनाव फागुन १० गतेसम्म गरिसक्ने निर्णय पनि भएको छ।मधेश प्रदेशका ८ जिल्लासँगै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला कार्यसमिति चयन गर्न

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 64 पटक पढिएको
  • स्थानीय चुनावको लागि आजबाट दल दर्ता खुल्यो

    काठमाडौं / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।आयोगले जारी गरेको सूचना अनुसार आजबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ । दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिन्हको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 92 पटक पढिएको
  • मन्त्रिपरिषदको बैठक २ बजे बस्दै, एमसीसी सदनमा पेस गर्नेबारे निर्णय गर्ने

    काठमाडौं / एमसीसी सम्झौता अनुमोदनका लागि सदनमा लैजाने निर्णय गर्न आज( बिहिवार) मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि लैजान विषयमा निर्णय गर्ने बुझिएको हो ।बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज दिउँसो ३ बजे सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको थियो । तर, त्यो भन्दा पहिला मन्त्रिपरिषदको बैठक बस्ने भनि प्रधानमन्त्री देउवाले समय मागेपछि सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजेका लागि सारिएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 73 पटक पढिएको
  • बिर्तामोडमा सी एफ एन कफन पूर्वाञ्चल डिभिजन कार्यलय उद्घाटन

    झापा / बिर्तामोडमा सी एफ एन कफन पूर्वाञ्चल डिभिजन कार्यलयको उद्घाटन गरिएको छ । राजसंस्था, साम्यवाद र नेपाल एकीकरण जस्ता नाराका साथमा अगि बढेको विद्रोही सङ्गठनले अहिलेका दर्ता गरेका गणतान्त्रिक पार्टी मासेर   एक दलीय कफन राज्य सत्ताले राजा घोषण गर्ने छ र राजाले चुनाब आव्हान गरे पछि मात्र संगठन दर्ता गर्ने कफन पूर्वाञ्चल डिभिजनमा प्रमुख बृज किशोर ठाकुरले बताए । बुधबार सम्पन्न कार्यक्रममा सङ्गठनकी   मेची अञ्चलकी संयोजक लिला राईले स्वागत गरेकी थिइन । कोसी अञ्चल संयोजक गणेश दाहालले सञ्चालन गरेको कार्यक्रममा १५० मनिसको सहभागिता रहेको थियो । 

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 273 पटक पढिएको
  • सत्तारुढ गठबन्धन दलको बैठक ५ बजेलाई सारियो

    काठमाडौं / सत्तारुढ गठबन्धन दलको ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।बिहीबार (आज) बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेबहादुर देउवा र नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि दुई नेताबीच छलफल भएको हो । बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेरमात्र अगाडि बढाउने अडानमा छन् । प्रधानमन्त्रीले जबरजस्ती एमसीसी

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 78 पटक पढिएको
  • एमसीसी विरुद्ध बिर्तामोडमा विरोध प्रदर्शन

    बिर्तामोड / वाइसिएल झापा र  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले एमसीसी विरुद्ध आज बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन् ।  यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाती कदम विरुद्ध वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी) ले प्रदर्शन गरेको वाइसिएल झापा इन्चार्ज कुमार आचार्यले बताएका हुन् । प्लेकार्डसहित बिर्तामोडमा भेला भएका विद्यार्थी र बाइसिएलका नेता तथा कार्यकर्ताले नारासहित मुक्तिचोकमा र्याली गरेका थिए । उनीहरूले एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी चाइदैन, देश बेच्न पाइदैन, लगायतका नारासहित बिर्तामोड मुक्तिचोकको

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 340 पटक पढिएको
  • गठबन्धनका शीर्ष नेताको बैठक भोलि बस्ने

    काठमाडौं /प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच बिहीबार अपराह्न ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 67 पटक पढिएको
  • सहमति जुटाएर फागुन ६ गते टेबुल गर्छौं : कानुनमन्त्री बडु

    काठमाडौं /  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले अबको संसद बैठकमा एमसीसी टेबुल गर्ने गरी दलहरुसँग छलफललाई तीव्र बनाउने बताएका छन् । उनले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका हुन् ।संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै बडुले भने, ‘ दलहरुका लागि केहि समय चाहिन्छ भनेपछि थप सहमति जुटाएर अबको संसद बैठकमा एमसीसी टेबल हुन्छ । ६ गते संसदमा टेबल गर्ने पर्यत्न गर्छौं । दुई दिनको समय पर्याप्त हुन्छ । यो समयको उपयोग गर्छौं । ’उनले भने,‘संसदमा एमसीसी टेबल हुनुपर्छ । सदनमा प्रवेश गराउनुपर्छ । संसद सार्वभौम हो ।यसलाई संस

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 125 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा