काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन विदेशी चलखेल भएको दाबी गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद धवल शम्सेर जबराले नेपालमा ९४ प्रतिशर ओमकार समूदाय रहँदा रहँदै विदेशीको आडमा धर्मनिरपेक्ष राज्य बनाइएको आरोप लगाएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले भने, ‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु कि ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई चित्त बुझेको छैन । पुन यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात राजासहितको प्रजातन्त्रमा परिणत गर्नका लागि सभामा आग्रह गर्न चाहन्छौं । जनता जागिसकेका छन् । यो कुरामा अब नेपाली जनता चुप लागेर बस्ने स्थितिमा छैन् । भोलि आन्दोलन हुन्छ ।’

साथै उनले नेपाली जनता जागेको दिन यो संसद्लाई अफ्ठ्यारो पर्ने हुँदा बेलामै निर्णय सच्याउन माग गरेका छन् । 

नेपालमा धर्म परिवर्तन गराउन अमेरिकाले डलर खर्च गरेको घटनामा अमेरिकी दूतावासलाई कूटनीतिक नोट पठाउन समेत माग गरे ।