काठमाडौं / नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ ।बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बस्ने नेकपा (एस)का नेता प्रेमलकुमार खनालले बताएका हुन् ।बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचन,पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन रुपमा छलफल हुने उनले बताए । सो बैठक दुई दिनसम्म चल्ने भएको छ ।नेकपा (एस) को यही फागुन २३ गते बसेको बैठकले बुधबार केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेकोथियो ।
बिर्तामोड / नेकपा माओवादी केन्द्रले मोरङ रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप बगडीया(अग्रवाल)लाई पार्टीबाट निष्कासित गरेको छ । नेकपा माओवादी केन्द्रले अग्रवालले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको पाएपछि उनलाई पार्टीबाट निष्कासित गरेको हो ।पार्टीविरुद्ध गतिविधि गरेका कारण माओवादी केन्द्र प्रदेश १ ले विज्ञप्ति नै जारी गरी अग्रवालको साधारण सदस्यता समेत खारेज गरेर कारबाही गरेको छ । अग्रवाललाई नगरपालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अग्रवाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रंगेली नगरपालिकाको प्रमुखमा विजय
काठमाडौं / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा खट्न निर्देशन दिएका छन् । मंगलबार सानेपामा बसेको केन्द्रीय सदस्यहरूको बैठकमा कांग्रेसले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा जुट्न देउवाले निर्देशन दिएका हुन् ।देउवाले घरदैलो अभियान सञ्चालनमा क्रियाशील हुन आवश्यक निर्देशन दिएको कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिएका छन् । नेता बस्नेतले कांग्रेसले मात्रै जनता र देशका लागि इमानदारीपूर्वक काम गर्ने प्रभाव मुलुकभर परेको दाबी गरेका छन् ।कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय समेत गरिसकेको
काठमाडौं / नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणाम अनुसार उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले अध्यक्ष पोखरेलको नेतृत्वमा २९ पदाधिकारीसहित १०१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर ओली, प्रदेश नं १ अध्यक्षमा मानबहादुर वन, मधेस प्रदेश अध्यक्षमा राजकिशोर राउत, बागमती प्रदेश अध्यक्षमा श्रीराम ल
बिर्तामोड \ पोखरामा जनता समाजवादी पार्टी (जसपा) का ९ केन्द्रीय सदस्य सहित ४ सयजनाभन्दा बढी नेता कार्यकर्ता आज एमाले प्रवेश गरेका छन् ।उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।सुवेदी र नेपालीसहित संविधानसभा सदस्य थिए । कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासङ्घका अध्यक्ष रामबहादुर नेपाली, केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपे
काठमाडौँ / जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ । फागुन १३, १४ र १५ गते बसेको कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो । यो निर्णयसँगै जसपाभित्र चर्किएको विवाद केही मत्थर भएको छ । अबदेखि जसपाले निर्वाचन आयोगमा बुझाउने उम्मेदवारी मनोयन पत्र तथा जसपाले गर्ने हरेक निर्णयमा ३ जना नेता संघीय परिषद् का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको सहमति अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ । यस निर्णयबाट अबदेखि कार्यकारिणी अधिकार अध्यक्ष उपेन्द्र यादवसँग मात्र नरहेको भट्टराई पक्षीय नेताहरूको बुझाइ छ ।
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ ।बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरूपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउनेलगायतका विषयमा छलफल गरिने नेत्री दिलु पन्तले जानकारी दिए ।बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नेका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल
काठमाडौँ / परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदैछन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् ।२७-२९ फागुनमा आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको अवसरमा परराष्ट्रमन्त्री खड्काको भ्रमण हुन लागेक हो । मञ्चमा ५० भन्
काठमाडौं / परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार टर्की जाँदै छन् ।टर्कीको विदेश मन्त्रालयले यही फागुन २७ देखि २९ गतेसम्म (मार्च ११ देखि १३ सम्म) आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी मंगलबार साँझ त्यसतर्फ जान लागेका हुन् । उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ / ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी हुन् ।अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.