राजनीति

    Showing 5,501-5,510 of 7,590 items.
  • यस्तो छ आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

    काठमाडौं / आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ ।  संघीय संसद सचिवालयले आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची शुक्रबार सार्वजनिक गरेको हो ।सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 75 पटक पढिएको
  • माओवादी केन्द्र बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुब्बा चयन

    बिर्तामोड / नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीको अध्यक्षमा मोहन सुब्बा चयन भएका छन । कमिटीको उपाध्यक्षमा जनबहादुर  जबेगु र कमल कडरिया , त्यस्तै सचिव गणेश कालिकोटे, सहसचिव सन्दिप प्रसाईं र कोषाध्यक्ष कृष्ण लिम्बू चयन भएका छन । महिला उपाध्यक्ष टुङ्गो लगाउन बाँकी छ । माओवादी केन्द्रले शुक्रवार नगर पार्टी कार्यालयमा घोषणा सभा आयोजना गरि पदाधिकारीको नाम सार्वजनिक गरेको हो । नयाँ निर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने , जिल्ला सह-इन्चार्जहरु सिपी कडरिया, ज्योतिसिंह दर्लामी, झापा संयोजक अग्नि आचार्य लगायतले शुभकामना दिएको

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 91 पटक पढिएको
  • महँगी हाम्रो नियन्त्रणमा छैन : मन्त्री झाँक्री

    काठमाडौँ / सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र महँगी नियन्त्रण नेपालको हातमा नरहेको बताएकी हुन् । निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोधन नगरिएको जानकारी दिएकी उनले बेलैमा आयोजना निर्माण सम्पन्न होस् भन्नका लागि अब एक निर्माण व्यवसायीलाई एकपटकमा पाँचवटा आयोजनामात्र दिने गरी कानुन संशोधन गरिएको बताइन् ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 75 पटक पढिएको
  • स्थानीय तहको चुनावमा भाग लिने ७९ वटा राजनीतिक दल

    काठमाडौं / वैशाख ३० गते हुन लागेको  स्थानीय तहको चुनावको लागि निर्वाचन आयोगबाट ७९ वटा दलले मान्यता पाएका छन् ।आयोगले बिहीवार गरेको निर्णय अनुसार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाहेक दल दर्ताको लागि निवेदन दिएका सबै ७९ दलले मान्यता पाएका छन् । आयोगले स्थानीय तह चुनाव प्रयोजनको लागि फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको आह्वान गरेकोमा ८० दलले निवेदन दिएका थिए । विभिन्न ठाउँमा विवाद र मुद्दाका कारण नेकपाले भने मान्यता पाउन सकेको छैन ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 72 पटक पढिएको
  • नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको राष्ट्रपतिको भनाइ

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले एक चीन नीतिप्रति नेपाल सदैव प्रतिवद्ध रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखिको रहेको र सांस्कृतिक सम्बन्ध गहिरो रुपमा गाँसिएको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा उल्लेख गरेकी छिन् ।अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसङ्घमा चीनको अधिकार योग्य स्थानका लागि नेपालले आफ्नो आवाज उठाएको इतिहास समेत सम्झाएकी छिन् । त्यस्तै नेपाल र चीनबीचको सम्बन्ध समस्या रहित रहेको कारण पनि दुई देशबीचको सहकार्य रहेको बताएकी छिन् ।राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालक

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 69 पटक पढिएको
  • पोखरामा आजबाट प्रेस चौतारीको महाधिवेशन सुरु

    झापा / नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नबौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा  उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेसनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा आइसकेका छन् भने केही आउने क्रम जारी रहेको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए ।महाधिवेशनको सबै तयारी पूरा भैसकेको उनले बताए । प्रेस चौतारी नेपालको आयोजना र कास्की जिल्लाको आतिथ्यमामा महाधिवेसन पोखरामा हुन लागेको हो । महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा आउने आवास व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।‘होटल

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 59 पटक पढिएको
  • निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने एकिकृत समाजवादीको निर्णय

    काठमाडौं / नेकपा (एकीकृत समाजवादी) ले आसन्न स्थानीय निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले गठबन्धनका दलबीच सहकार्य गर्दै निर्वाचनमा जाने निर्णय गरेको हो ।बैठकले पार्टीको सम्पूर्ण शक्ति बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा लगाउने निर्णय समेत गरेको छ । स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त र जनमुखी ढंगले परिचालन गर्न पनि समाजवादीले प्रतिवद्धता जनाएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालले राखेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।यस्तै, बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी) को व्याख्यात्मक घोषणालाई सम्झौताको अर्को पक्

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 63 पटक पढिएको
  • आयोगले स्थानीय निर्वाचनको तयारीबारे आज दलहरुसँग छलफल गर्दै

    काठमाडौं / निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज राजनीतिक दलहरुसँग छलफल गर्दैछ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको हो ।आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन भनेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि राजनीतिक दललाई बोलाइएको हो । आयोगले छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी गराउने छ भने आवश्यक रायसुझाव पनि लिनेछ ।आयोगमा स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 62 पटक पढिएको
  • कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह ११६ मतान्तरले विजयी

    झापा / नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका भएका हुन् ।साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गरे । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 60 पटक पढिएको
  • पर्सामा प्रधानमन्त्री देउवा

    पर्सा / नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहका लागि पर्सा गएका हुन् ।फागुन २० गते भएको जिल्ला अधिवेशनबाट सभापतिमा जनार्दनसिंह क्षेत्री , उपसभापतिमा राम नारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका थिए भने सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका थिए ।सहसचिवमा नवीन सिंह र मदन राउत अहिर निर्वाचित भएका थिए । देउवाले आज एक कार्यक्रमका बीच पर्सा नै पुगेर उनीहरूलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 69 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा