काठमाडौं— नेकपा (एकीकृत समाजवादी) को काठमाडौमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक आज बस्दैछ।
चैत १५ गते समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोध प्रर्दशनको तयारीका निम्ति बैठक बोलाइएको हो। उक्त वृहत् र्याली तथा विशाल आमसभालाई भव्य रूपमा सफल बनाउन आह्वान गरिएका तयारी बैठकमा अनिवार्य उपस्थितिको लागि पार्टी केन्द्रीय प्रचार विभागले सूचना जारी गरेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बस्ने बैठकमा उक्त प्रर्दशनको तयारीलगायतका विषयमाथि छलफल हुने पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
चैत ५ गते केन्द्रीय आयोग, केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरु, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सचिवालय सदस्यहरुको संयुक्त बैठकको आह्वान गरिएको प्रमुख ज्वालाले बताए ।
त्यस्तै चैत ६ गते काठमाडौँ, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरुको संयुक्त बैठक, चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा संगठनको बैठक, चैत ८ गते उपत्यका प्रदेश कमिटीको बैठक, चैत ९ गते पार्टी सम्पर्क प्रदेश कमिटीको बैठक केन्द्रीय कार्यालयमा बस्ने मिति तय गरिएको छ।