राजनीति

    Showing 5,271-5,280 of 6,741 items.
  • तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव

    काठमाडौँ / निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटो समेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ ।निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने गरेकाले त्यसलाई घटाउन तीन तहकै निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने कोणबाट केही राजनीतिक दलका नेताले मन्तव्य दिए पनि स्वच्छ, स्वतन्त्र, व्यवस्थित र भयरहित वातावरणमा एकै चरणमा निर्वाचन गर्न कानुनलगायत अनेकौं बाधा अड्चन रहने तर्क गरिएको छ ।निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले तीन तहको निर्वाचन एकै पटक गर्ने भनी आयोगसँग राजनीतिक दलले औपचारिक

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 67 पटक पढिएको
  • कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्‌वारी

    काठमाडौँ  / नेपाली कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेद्‌वारी दिने घोषणा गरेकी छिन् । सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेद्‌वारी दिने घोषणा गरेकी हुन् । गुरुङ हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुखसमेत हुन् । तेह्रथुमको आठराईमा जन्मिएकी नेतृ गुरुङ नेविसङ्घको जिल्ला तहको नेतृत्वमा थिइन् । नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिवसमेत भएर काम गरिन् । पार्टीको १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङ १३ औँ महाधिवेशनबाट आदिवासी जनजाति

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 73 पटक पढिएको
  • दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद घेराउ गर्दै

    काठमाडौँ / दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले आगामी मंसिर २८ गते संसद् भवन घेराउ गर्ने निर्णय गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित छ पार्टीको आज (बुधबार) राजधानीमा बसेको बैठकले एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको हो । बैठकमा मंसिर २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने र मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसम

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 68 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय सदस्यमा तुलसी सुब्बाको उम्मेदवारी

    तेह्रथुम / नेपाली कांग्रेसका नेता तुलसी सुब्बाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।उनले पार्टीको केन्द्रीय कार्यसमितिमा आदिवासी जनजातिबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । २०५६ सालमा कांग्रेस प्रवेश गरेका सुब्बा ०६४ सालमा तेह्रथुमबाट प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्य बनेका थिए । तेह्रथुमका स्थानीयवासी सुब्बा पूर्वका लोकप्रिय नेता हुन् ।त्यसबेला आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट असन्तुष्ट बनेका उनले कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिँदा ११ हजारभन्दा धेरै मत प्राप्त गरेका थिए । राप्रपामा असन्तुष्ट बनेका सुब्बालाई तत्कालीन कां

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 82 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : सभापतिसहित पदाधिकारीमा मोरङबाट मात्रै ९ जना आकांक्षी

    झापा / नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिसहित केन्द्रीय सदस्यमा मोरङबाट मात्रै ९ जना आकांक्षी देखिएका छन् । संस्थापन इतर पक्षका शेखर कोइरालाले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् भने कोइराला परिवारकै सुजता कोइराला पनि सभापतिमा उठ्ने बताउँदै आएकी छिन् । त्यस्तै संस्थापन इतर पक्षकै नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् भने मोरङकै नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले पनि महामन्त्रीमा उठ्ने बताउँदै आएका छन् ।संस्थापन पक्षमा रहेकी डिला सङ्ग्रौलाले सहमहामन्त्रीमा दावी गरेकी छिन् भने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, अमृत अर्याल, आमन्त्र

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 67 पटक पढिएको
  • नयाँ विचार विकास गर्न लागिपरेका छौँ : अध्यक्ष प्रचण्ड

    काठमाडौं / नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन ।खुमलटारमा मंगलबार आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताएका छन ।अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण अहिले यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब समाजवादी क्रान्तिको कसरी विकास गर्ने भन्नेमा छ ।’उनले मधेसकै पहिचान र अधिकारका निम्ति आफूहरूले ल

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 55 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

    काठमाडौँ /  नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका ४ वटा क्षेत्रत्रको नामावली बाहेक ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।महाधिवेशन प्रतिनिधिहरुको आधिकारिक सूची भने मंसिर २४ गते मात्र सार्वजनिक गरिने बताइएको छ । प्रारम्भिक नामावली यसप्रकार छ ः

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 72 पटक पढिएको
  • कांग्रेसको पौडेल समूहको बैठक आज पनि बस्दै

    काठमाडौँ  / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज पनि बस्दै छ  मंगलबार बसेको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार फेरी सभापतिको साझा उम्मेद्वार तय गर्न पौडेल समूहको बैठक बस्न लागेको हो । बैठकमा जिल्ला सभापति, पूर्व जिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेद्वार र क्षेत्रीय सभापतिहरूसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय भएको बताइएको छ । उनीहरूको सुझाव अनुसार नै सभापतिको उम्मेद्वार तय गर्ने बताइएको छ । पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ । महाम

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 62 पटक पढिएको
  • पूर्वराजासँग भिडन्तमा उत्रिए कमल थापा

    काठमाण्डौ / राष्ट्रिय प्रजातन्त्र पार्टीमा तिन दशक देखि कायम आफ्नो विरासत गुमाएका पूर्व पार्टी अध्यक्ष कमल थापाले राजसंस्था र पूर्वराजाका विरुद्ध खोलेको फायरलाई निरन्तरता दिएका छन् ।पार्टीको काठमाण्डौमा भएको महाधिवेशनमा अर्का नेता राजेन्द्र लिङदेनसँग पराजित बनेका थापाले पराजय भए लगत्तै सामाजिक सञ्जाल ट्विटर मार्फत पूर्वराजा र राजसंस्था विरुद्ध फायर खोलेका थिए । पराजयको दोष पूर्वराजा र उनको परिवारलाई दोष लगाउँदै उनले भविष्यमा राजसंस्था बोकेर नहिँड्ने बताएका थिए ।पराजय पछि विछिप्त बनेका थापाले पराजयको दोष पूर्वराजपरिवार माथि लगाएपछि पूर्व युवराज्ञी हिमानी शाहले त्यसको प्रतिपद गरेकी थिइन । उनले स

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 112 पटक पढिएको
  • काँग्रेस महाधिवेशन शुभारम्भ

    काठमाडौँ / चार दिन पछि सुरु हुने सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन मङ्गलबारबाट काठमाडौंमा औपचारिक रुपमा शुरु भएको छ ।पार्टीका प्रवक्ता एवं महामन्त्री पदका उमेद्धार समेत रहेका नेता विश्वप्रकाश शर्माले महाधिवेशन हुने जिल्ला काठमाडौंका पार्टीका सचिव गोविन्द पुडासैनीलाई झण्डा हस्तान्तरण गरेर महाधिवेशनको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।शर्माले सचिव पुडासैनीलाई पार्टीको चार तारे झन्डा र रूख अकित ब्यानर हस्तान्तरण गर्दै  महाधिवेशन शुभारम्भ भएको घोषणा गरेका हुन् । कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ गतेदेखि सुरु हुने कार्यक्रम रहेको छ ।महाधिवेशनमा आएका प्रतिनिधि बस

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 106 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा