काठमाडौं— त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ ।

कपालीले ९०६ मत प्राप्त गरे । यस्तै उनका प्रतिस्पर्धी तीलकबहादुर कुमालले ३६५ मत पाए ।

दीपक कुमार रानामगरले १५३ मत पाउँदा अन्य ८ जना उम्मेदवारले सय मत पनि कटाएनन् ।

यस्तै सचिवमा रुपक न्यौपाने विजयी भएका छन् । उनले ५४७ मत ल्याएका छन् भने नितिन पाण्डेयले ४८६ मत पाए । टीकाराम खत्रीले ४५६ मत पाए ।

कोषाध्यक्षमा प्रज्वल तामाङ विजयी भए । उनले ५९२ मत ल्याए ।