काठमाडौं : हिरासतमा रहेको दुर्गा प्रसाइ र रबिन्द्र मिश्रलाइ रास्वपा पुर्व महामन्त्री मुकुल ढकालले हिरासतमा भेटेपछि यसो भन्छन्; "आज रविन्द्र मिश्र र दुर्गा प्रसाईलाई हिरासतमा भेटे । दुवैजना स्वस्थ हुनुहुन्छ, र उहाँहरूको आत्मबल पनि उच्च छ । "गोलि ठोक" भनेर १७००० मार्ने प्रचण्ड त खुलेआम राजनीति गरेर हिँडिरहेका छन् । चैत्र १५ गतेको आन्दोलनका क्रममा राज्यको घुसपैठ र हस्तक्षेपका कारणले २ जनाको ज्यान जाने गरि दु:खद घटना घट्यो । पूर्णत: राजनीतिक मुद्दा भएकाले उहाँहरू पनि सम्मानित अदालतले न्याय दिनेमा, छिट्टै छुट्नेमा आशावादी हुनुहुन्छ , म पनि आशावादी छु । चैत्र १५ गतेको आन्दोलनको निष्पक्ष छानविन गर्न उच्च स्थरिय न्यायिक छानविन आयोग गठन गर !"