राजनीति

    Showing 5,221-5,230 of 6,741 items.
  • पौडेलको चियापानमा देउवा विरुद्ध नारावाजी

    काठमाण्डौ / नेपाली कांग्रेसको भावी नेतृत्वका लागि दोस्रो चरणमा हुने तय भएको निर्वाचनको पूर्वसन्ध्यामा वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका उमेद्धार शेरबहादुर देउवा विरुद्ध नारावाजी भएको छ ।चियापानमा उपस्थित देउवा इतर पक्षका नेता तथा कार्यकर्ताले देउवालाई बोलाएको भन्दै नारावाजी गरेका हुन् । आफ्नो समूहका नेतालाई पौडेलले खुलेर सहयोग नगर्दा दोस्रो चरणमा निर्वाचन हुने भएको भन्दै उनीहरूले आक्रोश समेत पोखेका थिए ।चियापान आयोजना गरिएको ब्याङ्केटमा भेला भएका कार्यकर्ताहरूले सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नाराबाजी गर्दै नेता पौडेललाई कोइरालालाई खुला रुपमा सहय

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 72 पटक पढिएको
  • कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने

    काठमाडौं / नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ ।पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक पचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो ।मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको छ ।पहिलो चरणमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बहुमत पुर्‍याउन सकेनन् । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइरालाबी

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 66 पटक पढिएको
  • मधेस राजनीति : आयो अर्को नयाँ दल

    बिर्तामोड / मधेशको राजनीतिमा स्थापित नेता एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आज नयाँ दलको घोषणा गर्ने भएका छन् । त्रिपाठीले छुट्टै दल बनाउने भएपछि मधेशको राजनीतिमा अर्को प्रतिस्पर्धी दल समेत थपिने भएको छ ।उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन् । आज काठमाडौंमा एउटा कार्यक्रम गरेर उनले नयाँ पार्टीको घोषणा गर्ने कार्यक्रम रहेको छ । त्रिपाठीको पार्टीमा अर्का सांसद बृजेशकुमार गुप्ता पनि रहेको भनिएपनि अन्य नेताको विवरण भने सार्वजनिक भएको छैन ।२०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा उम्मेदवार बनेका त्रिपाठी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । गुप्ताले पनि एमालेकै सूर्य चि

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 99 पटक पढिएको
  • आज संसद बैठक बस्दै : ६ अध्यादेश पेश हुने

    काठमाण्डौ / प्रतिनिधि सभाको बैठक आज (मंगलबार) २ बजेका लागि तय भएको छ । बैठकमा सुरक्षा, न्यायलगायत ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।आजदेखि हुने प्रतिनिधि सभाको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता भने कार्यसूचीमा परेको छैन ।आज सुरु हुने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय’ (पहिलो संशोधन) अध्यादेश, २०७८’ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नेछन् ।त्यसैगरी भौतिक पूर्व

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 78 पटक पढिएको
  • दोस्रो चरणको निर्वाचन : देउवालाई सिंहको सहयोग

    काठमाण्डौ / सभापतिको दौडबाट बाहिरिएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।देउवाले प्रकाशमानलाई भावी प्रधानमन्त्री बनाउने बचन दिएकाले देउवालाई सघाउने निर्णयमा उनी पुगेको बताईएको छ । भेटपछि नेता सिंहले भने ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं, ‘देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमीकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।’

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 89 पटक पढिएको
  • आजै दोस्रो चरणको निर्वाचन : सलबलाए अन्तराष्ट्रिय शक्ति केन्द्र

    बिर्तामोड / नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्वका लागि भएको निर्वाचनमा सभापति पदमा जितका लागि आवश्यक मत कसैले प्राप्त नगरेपछि पुन निर्वाचन हुने भएको छ ।कांग्रेसको विधान अनुसार जितका लागि आवश्यक ५० प्रतिशत भन्दा वढी मत कुनै पनि उमेद्धारले ल्याउन नसकेपछि सभापति पदका लागि दोस्रो चरणको मतदान आजै हुने भएको हो । सभापति पदमा उमेद्धार बनेका पाँच जना मध्ये सबैभन्दा वढी मत ल्याउने दुई जनाबीच चुनावी प्रतिष्पर्धा हुने भएको हो ।सभापतिका उमेद्धार शेरबहादुर देउवाले जितका लागि आवश्यक थप ८३ मत प्राप्त नगर्दा पुन निर्वाचन हुने भएको छ । सभापतिमा जितका लागि २३४१ मत आवश्यक पर्थ्यो। सबैभन्दा बढी मत पाएक

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 231 पटक पढिएको
  • मतदानका लागि ४ घण्टा समय थपियो

    काठमाडौं  / नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । विहान ८ देखि ५ बजेसम्म मतदानको समय तोकिएको थियो । तर, दिउँसो साढे ११ बजेमात्र मतदान सुरु भएपछि थप चार घण्टा समय थप गरिएको हो । अपरान्ह ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समिति संयोजक सुरेश आचार्यले जानकारी दिए ।मतदानका लागि भृकुटीमण्डप र राष्ट्रियसभामा मतदान केन्द्र तोकिएको छ । कांग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४७२३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 38 पटक पढिएको
  • माओवादी केन्द्र गण्डकीको अध्यक्षमा कुसुम

    कास्की / नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ (कुशुम) चयन भएकी छिन् । माओवादीको प्रदेश अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन् । माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।आकांक्षीहरु धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो । दीपक कोइरालालगायत अध्यक्षको दाबेदार थिए । आइतबारदेखि बसेको बैठक अध्यक्ष टुंग्याउन सकस परेपछि सोमबार बिहानसम्म चलेको थियो । अब उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 98 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

    काठमाडौँ / नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टापछि मात्र भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको हो । कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन्

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 66 पटक पढिएको
  • भोलिबाट संसद्‌ अधिवेशन हुँदै, आज एन्टिजेन परीक्षण गरिने

    काठमाडौँ / संघीय संसद्को दुबै सदनको अधिवेशन मङ्गलबारबाट सुरु हुँदै छ ।  गत मंसिर १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको भोलिको बैठकमा अघिल्लो अधिवेशन अन्त्य भएपछि जारी भएको अध्यादेश पेस हुने कार्यसूची रहको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । यसैगरी भोलीको बैठकमा यसभन्दा अघिल्लो अधिवेशनमा सदनमा पेस भएका अध्यादेशहरु निर्णयार्थ पेस हुने र राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सु

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 76 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा