राजनीति

    Showing 5,221-5,230 of 10,339 items.
  • शिक्षामा न्यूनतम सेवा पनि राज्यले दिन नसकेको मन्त्री पन्तको टिप्पणी.

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रद्युजी पन्तले नयाँ प्रविधिको प्रयोगमा ढिलाइ हुँदा सरकारी कामकाजका प्रक्रियाहरू लामो र जटिल बन्न पुगेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पन्तले परम्परागत प्रणालीलाई परिवर्तन नगर्दा न्यूनतम सेवा प्रवाहमा समेत समस्या आइरहेको बताए।उनले भने, "शिक्षा एउटा अत्यन्तै महत्वपूर्ण विषय हो। तर, अहिले पनि राज्यले दिनुपर्ने न्यूनतम सेवा सुविधासमेत उपलब्ध गराउन सकेको छैन। त्यसको एक कारण हाम्रो आर्थिक अवस्था हो भने अर्को कारण काम गर्ने प्रक्रियाको अत्यधिक जटिलता हो।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 345 पटक पढिएको
  • सर्वोच्चमा लामिछाने प्रकरणको बहस सकिने चरणमा, आजै आदेश आउन सक्ने संकेत

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशीको रिटमा आज सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ।सहकारी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीको थुनासम्बन्धी मुद्दामा बिहीबार सरकारी वकिल र प्रतिवादी पक्षको बहस सकिएको थियो। आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अन्य कानुन व्यवसायीहरूले बहस गरेका छन्।बहसपछि निवेदकको तर्फबाट जवाफी बहस पनि आजै हुने भएको छ। दुवै पक्षको बहस सकिएपछि आदेश आउने उच्च सम्भावना रहेको छ।यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 260 पटक पढिएको
  • केशर छन्त्यालसहित १३ एमाले नेता माओवादीमा प्रवेश

    काठमाडौं— नेकपा (एमाले) का गण्डकी प्रदेश सदस्य केशर छन्त्यालले नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।बिहीबार  बाग्लुङको ढोरपाटनमा आयोजित राजनीतिक सभामा छन्त्यासहित १३ जना एमाले नेताहरू माओवादी केन्द्र प्रवेश गरेका हुन्।छन्त्यालसहितका नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका छन्।उनीहरूलाई उपयुक्त जिम्मेवारी दिने पनि दाहालले बताएका छन्।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 264 पटक पढिएको
  • ‘निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन् ; राधिका शाक्य

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन् । सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन् । उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गरिन् । उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरुका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन् । मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेक

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 351 पटक पढिएको
  • साँस्कृतिक समानताले मात्र सबैथोक ठिक हुँदैन् ; गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छिमेकी मुलुकसँग साँस्कृतिक समानता मात्र भएर नपुग्ने बताएका छन् । सोमबार उपन्यास ‘सान्दाजुु’ लोकार्पण समारोह कार्यक्रममा बोल्दै उनले युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको भन्दै हाम्रो पनि भारतसँग साँस्कृतिक समानता भएर सबै ठिक नहुने बताएका हुन् । ‘नेपाल र भारतको साँस्कृतिक सम्बन्ध र समानता भएर मात्र सबैकुरा ठिकठाक हुन्छ भन्ने छैन ्। किनभने युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको छ । समकालीन राजनीतिक विमर्शमा आएको जतिपनी विषयहरु छन् ति पार्टी र सरकारसँगको सम्बन्ध कस्तो हुनुपर्छ, ने

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 392 पटक पढिएको
  • सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गरेका हुन् ।आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताए । उनले भने, ‘आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भुमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ ।’यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भए

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 300 पटक पढिएको
  • कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुुमत ल्याउने दाबी गरेका छन् । सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भएतापनि यो काम एमालेका लागि सम्भव रहेको भन्दै मिसन ०८४ मा एमालेको एकल बहुमत ल्याउनेगरी तयारीमा जुटिरहेको बताए । उनले भने, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएको छौं । यो असम्भव छैन् । यो विलकुल सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 358 पटक पढिएको
  • तीनकुने घट्नालाई कुनै धर्मसँग जोड्न मिल्दैन्,धर्मको नाममा न त कसैलाई हिंसा गर्ने छुट नै छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिंदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरेका हुन् । ‘कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु,’ गृहमन्त्री लेखकले भने, ‘हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्म

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 265 पटक पढिएको
  • 'रविले त तस्करी रोके, अहिलेका मन्त्रीहरू हेरेर बसिरहेका छन्' :मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिन सकेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै  काम गर्न नसकेको बताएका हुन् ।उनले भने, ‘भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ–जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन् । तर त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् । यो हो हामीले गर्ने स्टन्ट । राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गर

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 418 पटक पढिएको
  • कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको आजको बैठकमा प्रतिवेदनमाथि विमर्श

    काठमाडौं । संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सोमबार बस्दैछ ।बैठक आज समितिको सभाकक्ष सिंहदरबारमा बिहान साढे ८ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 420 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.