इटहरी / नेकपा एकीकृत समाजवादीले पूर्विक्षेत्रको हवका रुपमा रहेको इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान सञ्चालनमा ल्याएको छ ।नेकपा एस इटहरीका इन्चार्ज केवल फुँयालका अनुसार आधारभुत वर्गमा कम्युनिष्ट पार्टीको संगठन निमार्णसगै इटहरी उपमहानगर क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एसको अभियान सञ्चालनमा ल्याइएको इन्चार्ज फुयालले भने गाउटोलमा बसोबास गर्ने सवै तह र तप्का समुदायको नेकपा एसमा आवद्ध हुने ठुलो सख्याँ रहेकाले अभियान अन्र्तगत एक घर एक सदस्य बनाएर सबैलाई पार्टीको विभिन्न तहमा जिम्मेवारी दिन थालिएको हो ।फुँयालका अनुसार इटहरीमा पार्टीको चुनाव चिन्ह्
झापा / गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । ९९ सय जना उम्मेद्वार मध्ये लामा ३२ औँ स्थानमा पर्न सफल भए ।गुण्डा नाइकेको छवि भएका लामा विजय गच्छदार गृहमन्त्री रहेकै समयमा उनको संरक्षण पाउन उनको नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरेका थिए । लगतै गच्छदारले उनलाई पाटीमा केन्द्रीय सदस्य बनाए । २०७४ सालमा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक एकीकरण भएको थियो
काठमाडौँ / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य खुलातर्फको ३५ सिटको मतगणना सम्पन्न भएको छ ।पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा. शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय सदस्यमा एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शङ्कर भण्डारी, जीपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा र नैनसिंह महर निर्वाचित भएका छन् ।यसैगरी दिलेन्द्रप्रसाद बडु, डा रा
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ । सरकारका क्रियाकलाप, संसद् सञ्चालन र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित छैन ।कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपालगायत दलका नेताहरू सहभागी छन् ।यस अघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा सर्वदलीय बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक नेकपा एमाले नजाने भएको छ । एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा एमाले सहभागी नहुने कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन । प्रतिपक्ष र सत्तापक्षी बिच छलफल भए मात्रै सहभागी हुने तामाङको भनाइ छ । प्रतिपक्ष र सत्तापक्षी बिच छलफल भए सहभागी हुन्छौ भनेकै छौ, तामाङले भने, तर यो अनेक दल सहभागी हुने बैठकमा एमाले सहभागी हुँदैन ।संघीय संसद्मा जारी अवरोध र एमसीसी सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यस अघिका सर
काठमाडौँ / नेपाली कांग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ ।खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । आजदेखि बाँकी मतगणना हुनेछ । मतगणनाअनुसार शशांक कोइरालाको सबैभन्दा धेरै मत रहेको छ ।
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन, । किराँत समुदायको पर्व उँधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किराँत र नेवार समुदायमा शुभकामना व्यक्त गर्दै उनले सबै समुदायको हकअधिकार र पहिचानले नै राष्ट्रियता सुदृढ हुन्छ भनेका छन ।समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मुलुकको सामाजिक विकास र समृद्धिमा यस्त
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उँधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन ।प्रधानमन्त्री देउवाले उँधौली पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै नेपालको उच्च पहाडी भूभागमा ठूलो सङ्ख्यामा बसोबास गर्ने किरात समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उँधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन ।किरात समुदायको मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु हुने र यो समयमा लेकबाट घरपालुवा बस्तुभा
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आइतबार (आज) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्नलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बैठक बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बैठकमा संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चोरको खुट्टा काट भन्दा अन्य दलका नेताले खुट्टा तानेको जस्तो प्रवृत्ति देखाएको आरोप लगाएका छन् । शनिबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै लिङ्देनले कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा आफूले नेताहरूले चरित्र सुधार्नु पर्ने कुरा भन्दा नेताहरू आफूमाथि खनिएको बताउँदै सो आरोप लगाएका हुन् । उनले भने, ‘मैले प्रवृत्तिको कुरा गरेको थिएँ। तर नेताले आफैंलाई भनिएको जस्तो चोरको खुट्टा काट भन्दा खुट्टा ताने।’आफू पदमा मात्र बस्न अध्यक्ष नभएको बताउँदै उनले भने, – ‘अब उपरखुट्टी लगाएर बस्नेको काम छैन। म पनि काम गर्छु, अरुले पनि ग
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.