राजनीति

    Showing 5,031-5,040 of 10,339 items.
  • मन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’

    जनकपुर -  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन् ।‘मधेशका जनशक्ति विगतमा शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देशका विभिन्न भागमा नेतृत्व गर्थे,’ मुख्यमन्त्री सिंहले भने, ‘तर आज मधेशकै शिक्षा अवस्था नाजुक बनेको छ। स्थानीय तहले अब नेतृत्व लिनैपर्छ।’उनले सरकारी विद्यालयमा भ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 482 पटक पढिएको
  • सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • 635 पटक पढिएको
  • पर्साका एसपी मिश्रको ६ महिना कार्यकाल, ३२ करोड बढीको अबैध समान बरामद

    बिरगंज १० असार। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको रूपमा एसपी गौतम मिश्रले कमाण्ड सम्हालेको मात्र ६ महिनाको अवधिमा ३२ करोड भन्दा बढीको अबैध सामान बरामद गर्नुका साथै चौतर्फी उपलब्धी देखिएको छ।एसपी मिश्रले गत माघ १० गते पर्सा जिल्ला प्रहरीको कमाण्ड सम्हाले देखिनै जिल्लामा प्रहरीको सक्रिया बढेको छ ।एसपी मिश्रको कुशल नेतृत्व र जिल्लाका सम्पूर्ण प्रहरीको सक्रियताले मात्र ६ महिनाको अवधिमा ३२करोड भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।अबैध सामान बरामद ६ महिनाको अवधिमा जिल्लाको बिभिन्न नाकाबाट तस्करले अबैध रुपमा भित्र्याएको कुल ३२ करोड ८ लाख ५६ हजार ३४२रुपैयाँ बराबरको अबैध सामान बरामद

    • प्रकाशित मितिः असार १०, २०८२
    • 413 पटक पढिएको
  • गौर नगरसभावाट ६१ करोडको बजेट पारित

    रौतहट १० असार। गौर नगरपालिकाको १६ औं नगर अधिवेशन  सम्पन्न भएको छ ।नगर कार्यालय परिसरमा आयोजित १६ औं नगरअधिवेशनमा मेयर शम्भु साह  अगामी आर्थिक बर्ष २०८२ र २०८३ को लागि कुल ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाको नीति तथा कार्यक्रम  प्रस्तुत गरेका थिए।नीति तथा कार्यक्रममा  युवा, शिक्षा तथा खेलकुद, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपंक्षी, उद्यमशिलता विकास, रोजगार र पर्यटन, पर्यावरण, वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार शहरी विकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी संघ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता विकास, राजस्व

    • प्रकाशित मितिः असार १०, २०८२
    • 457 पटक पढिएको
  • श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म अभियान रोकिदैँनः अध्यक्ष प्रचण्ड

    ललितपुर, १० असार । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन् ।ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पारेका हुन् । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समा

    • प्रकाशित मितिः असार १०, २०८२
    • 235 पटक पढिएको
  • सांसद घिमिरेको प्रश्न : संसद बहिष्कार गरेर कति दिन चल्छ ?

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले प्रतिपक्षी दलहरुले संसद बहिष्कार गरेर कति दिन चलाउने भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ? भनेर प्रश्न गर्दै समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह समेत गरे । उनले भने, ‘अख्तियारले छानविन गरेर जनतासामु तथ्य प्रमाणसहित ल्याउला । म पूर्ण रुपले विश्वस्त छु । उहाँ बेदाग चरित्र हो । उहाँले यस काममा भित्रैबाट सदाशयताका साथ काम गर्ने विश्वास गर्न सकिने पर्याप्त आधारहरू र ठाउँ पनि&n

    • प्रकाशित मितिः असार १०, २०८२
    • 259 पटक पढिएको
  • सदनमा उठेको सबैको भावनालाई समेटेर समिति गठन भएको छ : मन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलाई जानकारी दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी  दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए । उनले भने, ‘मैले नै प्रस्ताव गरेर निर्णय गरेको छ । सरकारले छानविन समिति गठन गरेको छ । सरकारले समस्या छ, सबैलाई थाहा छ । व्यक्तिगत विषयको कुरा होइन । यो समस्यालाई सबै मिलेर समस्याको पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरीसमिति गठन गरिएको छ । त्यसका लागि उठेका सबै विषयलाई समेटेर कार्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 303 पटक पढिएको
  • रास्वपाले गर्‍यो संसद् बैठक बहिष्कार

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबारको संसद् बैठक पनि बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरण छानबिनका लागि गठन गरिएको समिति अस्वीकार गर्दै रास्वपाले सदन बहिष्कार गरेको हो ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • 265 पटक पढिएको
  • विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा छ : मन्त्री लेखक

    काठमाडौं  :  गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनमा पत्रकारको भूमिका सबैभन्दा अग्र स्थानमा रहने बताएका छन् । मंगलबार संचार मन्त्रालयको सहयोगमा विपद पत्रकारिता संजालले काठमाडौमा आयोजना गरेको ‘विपद व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना रहेको र सूचनासँग पत्रकार जोडिने भएको कारण विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा रहने बताएका हुन् । उनले भने,‘विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना हो । सूचनासँग पत्रकारहरु जोडिनुभएको छ । त्यसकारण विपद जोखिम न्यूनिकरण गरेर यसको व्यस्थापन गर्न

    • प्रकाशित मितिः असार १०, २०८२
    • 198 पटक पढिएको
  • त्रिविमा १२ दिनदेखि तालाबन्दी, फास्ट ट्र्याक नियुक्तिको विरोधमा प्राध्यापक आन्दोलनमा

    काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर, रजिष्ट्रार तथा सेवा आयोग कार्यालयमा १२ दिनदेखि तालाबन्दी जारी छ। त्रिविका आंशिक प्राध्यापकहरूको केन्द्रीय संघर्ष समितिले ‘फास्ट ट्र्याक’ प्रक्रियाबाट १३० जना प्राध्यापक नियुक्ति गर्न ल्याइएको विज्ञापनको विरोधमा गत जेठ ३० गतेदेखि तालाबन्दी गर्दै आएका हुन्।सेवा आयोगले १०० जना उप–प्राध्यापक र ३० जना सह–प्राध्यापक/प्राध्यापक पदका लागि अनुसन्धानमा आधारित अन्तर्वार्तामार्फत नियुक्तिको प्रक्रिया अघि बढाएको थियो। तर, संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुका अनुसार यो प्रक्रिया त्रिविको ऐन, नियम र कानुनको उल्लङ्घन हो, र नियुक्तिको नाममा आफ्ना

    • प्रकाशित मितिः असार १०, २०८२
    • 483 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.