राजनीति

    Showing 5,021-5,030 of 7,581 items.
  • मोदी लुम्बिनी आइपुगे

    काठमाडौँ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आएका हुन् ।उनी ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय वायुसेनाको विशेष हेलिकोप्टर लुम्बिनी आइपुगेका छन् । मोदीले बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरू माझ हुन पाउँदा खुशी लागेको बताएका छन् ।उनको मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 100 पटक पढिएको
  • साढे ८ हजार मतगणना गर्दा ५० प्रतिशत मत बदर

    वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाको ४ वटा वडाको ८ हजार ७ सय ७३ मत गणना गर्दा मेयर पदको २ हजार ३ सय ३९ र उपमेयर पदको ४ हजार ८ सय ७९ मत बदर भएको छ ।उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले २ हजार ८ सय ३३ र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४ सय ७४ मत पाएका छन् । बदर मत भने उम्मेदवारले पाएको मत भन्दा २ हजार ४६ बढी मत अर्थात ४ हजार ८ सय ७९ पुगेको छ ।४ वटा वडाको ८ हजार ७ सय ७३ मत गणना गर्दा मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले ४ हजार २ सय ६८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १ हजार ९ सय ३९ मत ल्याएका छन् भने राप्रपाका ग

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 163 पटक पढिएको
  • मतगणना अपडेटः ८८ स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जित्यो ?

    झापा / अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। कांग्रेसले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ भने एमाले दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म कांग्रेसले ३४ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ३१ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, माओवादी केन्द्रले २०, एकीकृत समाजवादीले २ र अन्यले १ स्थानमा जित हासिल गरेको छ।नेकपा एमाले विजयी भएका पालिकाहरू:१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका२. मनाङको चामे गाउँपालिका३. मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका५. मुस्ताङको लोमान्थाङ गाउँपालिका६. डोल्पाको से फोक्सुण्डो गाउँपालिक

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 126 पटक पढिएको
  • बिर्तामोड अपडेट : नगरमा एमालेको अग्रता , वडा नं २ र १० मा काँग्रेस अगाडि

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले अग्रता कायम राखेको छ । गठबन्धनलाई पछाडि पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईँले सबै भन्दा बढी २२१४ मत प्राप्त गरेकी छिन् । त्यस्तै , महतरालाई गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका भोजराज सिटौलाले १८१० मत सहित पछ्याएका छन् भने तेस्रो स्थानमा रहेको राप्रपाले ५७ मत प्राप्त गरेको छ ।उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौला २१९२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सीपी कडरियाले ११३७ प्राप्त गरेका छन् भने राप्रपाले ७०९ मत प्राप्त गरेको छ ।&

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 205 पटक पढिएको
  • हल्दीबारी एकमा राप्रपाको प्यानल नै विजयी

    झापा / हल्दीबारी-१ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल नै जितेका छन् । राप्रपाका देवीबहादुर थापा १९६८ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । निवर्तमान वडा अध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै थापा ३६८ को मतान्तरले विजयी भएका हुन् । त्यस्तै वडा सदस्यहरूमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा सिवाकोटी र रुपादेवी रसाइली निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा भने राप्रपाका रवीन्द्र लिङ्देनले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 104 पटक पढिएको
  • अपडेट : शिवशताक्षीमा गठबन्धनलाई पछाडि पार्दै एमालेको अग्रता

    बिर्तामोड / झापाको शिवशताक्षी-२ मा १००० मत गणना गर्दा नगरप्रमुख पदमा अग्र स्थानमा रहेको नेकपा एमालेले ४१३ मत प्राप्त गरेको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले २८९ मत प्राप्त गरेको छ । त्यस्तै , उपप्रमुखमा एमालेले ३४६ र माओवादी केन्द्रले २१३ मत प्राप्त गरेको छ । वडाअध्यक्षमा एमालेले ३३६ र माओवादी केन्द्र ३९२ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 123 पटक पढिएको
  • अपडेट : बिर्तामोडमा एमालेको अग्रता कायमै

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडि पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार १९७० मत गन्दा गठबन्धनलाई पछाडि पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईँले सबै भन्दा बढी नौ सय १९ मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट कांग्रेसका भोजराज सिटौलाले ६ सय ३७ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौलाले आठ सय ९६ र गठबन्धनबाट माओवादीका सीपी कडरियाले तीन सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै , वडाध्यक्षमा एमालेले आठ सय ५५ र कांग्रेसले ६ सय ९३ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 131 पटक पढिएको
  • अर्जुनधारा अपडेट : गठबन्धनलाई पछाडि पार्दै एमाले

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका वडा नं २ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले पछिल्लो मत परिणाम अनुसार १९०९ ल्याएर अग्र स्थान ओगटेका छन् ।गठबन्धनबाट मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीले १४७९ मत प्राप्त गरेकी छिन् । त्यस्तै उपमेयरमा एमालेले १८०२ र गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवारले ९९७ मत प्राप्त गरेको छ । त्यसैगरी वडा नं २ को वडाअध्यक्षमा एमालेले १०० र कांग्रेसले १५८ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 155 पटक पढिएको
  • कनकाई-९ मा एमालेको प्यानल नै विजयी

    झापा / झापाको कनकाई नगरपालीका-९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसलाई हराउँदै एमालेका राजेन्द्रप्रसाद उप्रेती वडा अध्यक्षमा निर्वाचित भएका छन् । उप्रेतीले १०९८ मत प्राप्त गर्दै निवर्तमान वडा अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका प्रेमप्रसाद राजवंशीलाई पराजित गरेका छन् भने राजवंशीले ५९६ मत प्राप्त गरेका छन् ।त्यस्तै वडा सदस्यहरूमा एमालेका नरमान श्रेष्ठ, युवराज राजवंशी, सुसिला बुधनी कुमारी चौधरी र तारा दमाइ निर्वाचित भएका छन् । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 107 पटक पढिएको
  • अपडेट : हल्दीबारीमा अग्रतामा राप्रपाका लिङदेन

    बिर्तामोड / हल्दीबारी गाउँपालिकाको प्रमुख पदमा ४०१५ मत गणना गर्दा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले अग्रता कायम गरेका छन् । लिङदेनले २०४८ मत ल्याउँदै एमालेका डम्बर बहादुर गिरीलाई पछाडि पार्न सफल भएका हुन् भने गिरीले ११९५ मत प्राप्त गरेका छन् ।त्यस्तै, प्रमुखमा नै कांग्रेसका तुलसी प्रसाद ओलीले ३९१ र माओवादीका भवानी प्रसाद दङ्गालले ११५ मत प्राप्त गरेका छन् ।उपप्रमुख पदमा राप्रपाकी लक्ष्मी देवी मैनालीले १६७६ मत प्राप्त गरेकी छिन् भने एमालेका शान्ता देवी गौतमले ११९२ र माओवादीका टिका देवी राउतले १५८ मत ल्याएका छन् । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 150 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा