राजनीति

    Showing 4,991-5,000 of 10,339 items.
  • कांग्रेस महाधिवेशन निर्धारित समयमा हुनुपर्छ : शेखर कोइराला

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताएका छन् ।चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए । जसले गर्दा महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उनको भनाइ छ ।अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको बताउँदै उनले महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको गरे ।फरक प्रसङ्गमा कोइरालाले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरू छलफलमा बस्न जरुरी रहेको बताए । उनले भने, ‘विपक्षील

    • प्रकाशित मितिः असार १५, २०८२
    • 292 पटक पढिएको
  • माधव नेपालबारे रामकुमारी झाँक्री– काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन

    काठमाडौं -  नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले 'अर्ली महाधिवेशन' गरेर अध्यक्ष फेर्नुपर्ने प्रस्ताव राखेकी छन् । शनिबार लुम्बिनीमा आयोजित कार्यक्रममा झाँक्रीले माधव नेपालप्रति गम्भीर प्रश्न उठाउँदै संकटबाट भाग्न नहुने बताएकी हुन् ।“पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?,” उनले भनिन्, “पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन ।”उनले काँधमा 'मरेको सिनो' राखेर जान नसकिने टिप्पणीसमेत गरिन् । “अब अर्ली महाधिवेशन गरौँ । कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,” झाँक्रीले भन

    • प्रकाशित मितिः असार १५, २०८२
    • 204 पटक पढिएको
  • प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

    काठमाडौं  -  प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ ।संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशको आपसी र सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए । 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 482 पटक पढिएको
  • इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु

    काठमाडौं -  इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।अक्टोबर ७, २०२३ मा हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ५६ हजार चार सय १२ पुगेको छ भने अन्य १३ लाख तीन हजार ५४ जना घाइते भएका छन् । 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 252 पटक पढिएको
  • शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

    काठमाडौं -  असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  ।राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताए  ।कृषिलगायत सबैखाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए । उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा

    • प्रकाशित मितिः असार १५, २०८२
    • 237 पटक पढिएको
  • देउवाको भनाइ: कांग्रेस एकढिक्का भए बहुमत सम्भव

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत प्राप्त हुन सक्ने दाबी गरेका छन्।चितवनको नारायणगढमा शुक्रबार आयोजित लोकतान्त्रिक आन्दोलनकी अग्रणी योद्धा गौरीदेवी प्रधानको श्रद्धाञ्जलि सभामा बोल्दै देउवाले हालको निर्वाचन प्रणालीले कुनै एकल पार्टीलाई स्पष्ट बहुमत दिलाउन कठिन बनाएको उल्लेख गरे। तर, कांग्रेस एकढिक्का भएर अघि बढे बहुमत सम्भव हुने उनको भनाइ थियो।उनले कुनै पनि पार्टीलाई एकल बहुमत नआएकै कारण गठबन्धनको अपरिहार्यता रहेको बताए। साथै, देउवाले वर्तमान संविधान समावेशी र समानुपातिक प्रणालीमा आधारित भएकाले यसलाई अझ सशक्त बनाउनु आवश्य

    • प्रकाशित मितिः असार १३, २०८२
    • 489 पटक पढिएको
  • परराष्ट्रमन्त्री आरजु राणा देउवा इटाली प्रस्थान

    काठमाडौं -  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ सत्रमा सहभागी हुन इटालीको रोम प्रस्थान गरेकी छन्। सम्मेलन आगामी जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुँदैछ।मन्त्री राणा एफएओ सम्मेलनका प्रमुख सत्रहरू र अन्य उच्चस्तरीय कार्यक्रमहरूमा नेपाल सरकारको तर्फबाट सम्बोधन गर्नेछिन्। उनका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार, सम्मेलनमा उनले खाद्य सुरक्षासम्बन्धी नेपालका धारणासहित विभिन्न अन्तर्राष्ट्रिय पहलहरूमा नेपालको सहभागिताबारे प्रकाश पार्नेछिन्।मन्त्री राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, स

    • प्रकाशित मितिः असार १३, २०८२
    • 258 पटक पढिएको
  • पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 386 पटक पढिएको
  • अदालतको अवहेलना मुद्दामा ‘दृष्टि अनलाइन’का सञ्चालक र सम्पादकमाथि धरौटी माग

    काठमाडौं - अदालतको अवहेलनासम्बन्धी मुद्दामा विशेष अदालतले ‘दृष्टि अनलाइन’का सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतले बिहीबार जारी गरेको आदेशमा उनीहरूलाई धरौटी बुझाएर तारेखमा राख्न निर्देशन दिएको हो। आदेशमा भनिएको छ, “विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा उर्फ मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत लिएर तारेखमा राख्नू।” धरौटी वा जमानत नबुझाए विशेष अदालत नियमावली, २०८० अन्तर्गत थुनुवा पुर्जी जारी गरी थुनामा राख्न सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।उक्त मुद्दा दृष्टि साप्ताहिकमा

    • प्रकाशित मितिः असार १३, २०८२
    • 506 पटक पढिएको
  • कांग्रेस–एमाले गठबन्धन असंवैधानिक र अलोकतान्त्रिक : प्रभु साह

    काठमाडौं -  आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच बनेको वर्तमान सत्ता गठबन्धनलाई ‘अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रिक’ भन्दै तत्काल कोर्स करेक्सन गर्नुपर्ने बताएका छन्।बिहीबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार जनताका लागि ‘बोझ’ भएको टिप्पणी गरे। उनले भने, "केपी ओलीजस्तो नाटककारलाई कांग्रेसले बोकिरहँदा देशले दुःख पायो। शेरबहादुर देउवाले तुरुन्त कोर्स करेक्सन गर्नुपर्छ। स्वाभाविक गठबन्धनमै देशको हित हुन्छ।"ओलीमाथि थप आरोप लगाउँदै साहले भने, "उनी अझै पनि विर

    • प्रकाशित मितिः असार १३, २०८२
    • 287 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.