राजनीति

    Showing 4,971-4,980 of 10,339 items.
  • शिक्षामन्त्रीले देउवालाई भेटेर फर्किएपछि सुरु भयो शिक्षा समिति

     काठमाडौं — विद्यालय शिक्षा विधेयकका विषयमा सहमति नजुट्दा शिक्षा समितिको बैठक ढिलो गरी सुरु भएको छ। बिहान ८:३० बजे बोलाइएको बैठक आज साँझ ४ बजेपछि मात्र सुरु भएको हो।शिक्षक महासंघले सरकारलाई दिएको अन्तिम म्याद (असार १५) पछि सडक संघर्ष स्थगित गरे पनि अन्तिम घडीसम्म सहमति जुट्न नसक्दा बैठक अन्योलमा परेको थियो। सहमतिको प्रयासस्वरूप महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए।समितिबाट हिजै विधेयक पारित गर्ने तयारी भए पनि केही विवादास्पद विषयमा सहमति नहुँदा विधेयक पारित हुन सकेन। विशेषतः शिक्षक पदपूर्तिका प्रावधानमा विवाद देखिएको छ।शिक्षा मन्त्रालयले पदपूर्ति प्रक्रिया ६० प्रतिशत आन्तरि

    • प्रकाशित मितिः असार १६, २०८२
    • 371 पटक पढिएको
  • रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    काठमाडौं -  रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते सोमबारका दिन हुने भएको छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्तिमार्फत प्रतिनिधि सभा सदस्य दिपक बोहराको मिति २०८१।१२।१९ मा निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन गर्न मिति तय गरेको हो । आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ बाट निर्वाचित माननीय प्रतिनिधि सभा सदस्य श्री दिपक बोहराको मिति २०८१।१२।१९ मा निधन भई नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य पद एक

    • प्रकाशित मितिः असार १६, २०८२
    • 275 पटक पढिएको
  • जबरजस्ती पेलेरै सदन चलाउनुपर्ने बाध्यता छ, संख्या पुर्याउनुपर्नेछ : सभामुख

    काठमाडौं -  सभामुख देवराज घिमिरेले नीति र विधि अनुसार आर्थिक विधेयक असार मसान्तभित्र पास गर्नुपर्ने भएकाले जबरजस्ती पेलेरै संख्या पुर्याएर भएपनि सदन चलाउनुपरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विरोध, अवरोध भएपनि मिलाउन नसकेको खण्डमा जबरजस्ती संख्या पु¥याएर भएपनि सदन चलाउनपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘वर्खे अधिवेशनमा विधि अनुसार आर्थिक वर्ष अर्थात असार मसान्तभन्दा अगाडि आर्थिक विधेयक पास गर्नुपर्छ । त्यो पास गर्न विरोध अवरोध सबै कुरालाई मिलाएर अघि बढ्नुपर्ने अवस्था छ । भएनभने जबरजस्ती गरेर संख्या पुर्

    • प्रकाशित मितिः असार १६, २०८२
    • 337 पटक पढिएको
  • युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री

    काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली युवाहरूले ‘देशमै केही गर्न सक्छु’ भन्ने आत्मविश्वास विकास गर्नु आवश्यक रहेको बताएका छन्।राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले युवाहरूलाई देशको प्रमुख शक्ति स्रोतको रूपमा उल्लेख गर्दै उनीहरूले स्वदेशमै उद्यम गर्नुपर्नेमा जोड दिए।उनले बाध्यतापूर्ण वैदेशिक रोजगारलाई आगामी १० वर्षभित्र अन्त्य गर्ने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ कार्यक्रम अघि सारिएको जानकारी गराए।“वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यात्मक हैन,” मन्त्री भण्डारीले भने, “जो जा

    • प्रकाशित मितिः असार १६, २०८२
    • 470 पटक पढिएको
  • आगामी कात्तिक १७ गते रुपन्देही– ३ मा उपनिर्वाचन हुने

    रुपन्देही— आगामी कात्तिक १७ गते रुपन्देही– ३ मा उपनिर्वाचन हुने भएको छ । सोमबार निर्वाचन आयोगले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।  राप्रपाबाट निर्वाचित सांसद दीपक बोहोराको निधनपछि उक्त निर्वाचन क्षेत्र खाली रहेको छ ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 523 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशको बजेटमा भ्रष्टाचारको आरोप, दलालमार्फत योजना किनबेचको चर्को विरोध

    काठमाडौँ — आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको बजेटमाथि चिया पसलदेखि प्रदेशसभासम्म व्यापक विरोध सुरु भएको छ। बजेट दलाल र बिचौलियामार्फत खरिदबिक्री भएको आरोपसहित भ्रष्टाचारको गम्भीर आशंका उठाइएको छ।बजेट सार्वजनिक भएको दुई साता पछि सुरु भएको प्रदेशसभा छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुबैका सांसदहरूले योजनाहरू मोलमोलाइ गरेर विनियोजन गरिएको भन्दै आक्रोश पोखेका छन्। उनीहरूले यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सम्बन्धित निकायबाट तत्काल छानबिन गर्नुपर्ने माग गरेका छन्।सत्तापक्षकै प्रमुख सचेतकको आक्रोशनेपाली कांग्रेसका प्रमु

    • प्रकाशित मितिः असार १६, २०८२
    • 336 पटक पढिएको
  • शिक्षक महासंघ बैठकबाट बाहिरियो, ७५/२५ पदपूर्ति प्रस्तावमा अडिग

    काठमाडौं — नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सोमबार (असार १६) शिक्षा मन्त्रालयमा भएको बैठकबाट असहमति जनाउँदै बाहिरिएका छन्। शिक्षक पदपूर्तिको प्रक्रिया ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने सरकारी प्रस्तावमा सहमति नजुटेपछि उनीहरू बैठक छाडेका हुन्।महासंघका महासचिव तुलाबहादुर थापाले सरकारसँग पहिले नै ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाको सहमति भएको दाबी गर्दै भने, “सरकारले पटक–पटक हामीसँग ७५/२५ मा सहमति गरिसकेको छ। हामीले त्यही माग राख्यौं, तर उहाँहरूले शिक्षा विधेयक ७५/२५ मा अगाडि बढाउन नसकिने बताएपछि हामी बैठकबाट निस्कियौं।”सोमबार बिहान ८ बजेका लागि बोलाइएको

    • प्रकाशित मितिः असार १६, २०८२
    • 355 पटक पढिएको
  • इरानमाथि बम खसाउन ट्रम्पलाई फकाएका थिए सिनेटर ग्राहमले, अमेरिकालाई आक्रामक बनाउन पैरवी

    एजेन्सी -  इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बेलामा इरानमाथि अमेरिकी बम खसाउनका लागि राष्ट्रपति डोनल्ड ट्रम्पलाई सिनेटर लिन्डसे ग्राहमले मनाएको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ ।साउथ क्यारोलाइनाका रिपब्लिकन सिनेटर ग्राहम कट्टर युद्धपक्षधर सांसद हुन् ।ट्रम्पले इजरायल इरान द्वन्द्व रोक्नका लागि कस्तो कदम चाल्ने भनी सोचिरहेको बेलामा ग्राहमले नै इरानको आणविक कार्यक्रमलाई ध्वस्त पार्नका लागि बम आक्रमणको सल्लाह दिएका हुन् । इरानले आणविक कार्यक्रम पुनः सुरु गरेमा के गर्ने भनेर पनि ग्राहमले ट्रम्पलाई सल्लाह दिइरहेका छन् ।यसअघि ट्रम्पसँग धेरैपटक झगडा गरिसकेका ग्राहमले फेरि ट्रम्पसँग नजिकिनका लाग

    • प्रकाशित मितिः असार १६, २०८२
    • 378 पटक पढिएको
  • विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा पत्र पठाउँदै

    काठमाडौं  -  १० वर्षपछि नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् ।पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।उनले शनिवार सभा गृहबाटै सो घोषणा गर्ने भनिए पनि स्टन्टबाजी नगर्ने भन्दै गृह मन्त्रालयलाई पत्र पठाएर फिर्ता गर्न लागिएको निकट स्रोतले जनाएको छ ।भण्डारीनिकट स्रोतले भन्यो- धेरै नेता कार्यकर्ताले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने क्रममा सेवा सुविधा फिर्ताको जा

    • प्रकाशित मितिः असार १६, २०८२
    • 336 पटक पढिएको
  • रवि लामिछानेले कारागारबाट लेखेको पत्रमा रवीन्द्र मिश्रले देखे ‘गहिरो अर्थ’

    काठमाडौं  - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट लेखेको पत्रबारे टिप्पणी गरेका छन्।मिश्रका अनुसार लामिछानेले २०४६ सालपछि स्थापित राजनीतिक व्यवस्थामाथि कडा आलोचना गर्दै विगत ‘३६ वर्ष’को अवस्था प्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औंल्याएका छन्, जसलाई केहीले राष्ट्रपति प्रणालीतर्फको संकेतका रूपमा पनि व्याख्या गरिरहेका छन्। तथापि, लामिछानेले स्पष्ट रूपमा ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ नभनी ‘कार्यकारी’ शब्द प्रयोग गरे

    • प्रकाशित मितिः असार १६, २०८२
    • 273 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.