काठमाडौँ / बुधबार हुने राष्ट्रिय सभा सदस्य चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचन स्थल र केन्द्र निर्माण लगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । बाँकी रहेका काम आजै सक्ने आयोगको तयारी छ । पौडेलका अनुसार चुनावका लागि आइतबार राति देखि मौन अवधि जारी छ । निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मी सहितको टोलीको व्यवस्थापन
काठमाडौँ / नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचार सकेर फर्किएपछि माओवादी केन्द्रको रोकिएको पदाधिकारी छनौट प्रकिया अघि बढ्ने भएको छ । माओवादी केन्द्रको पुस ११ देखि पुस १५ सम्म काठमाडौँमा भएको आठौँ महाधिवेशन पुनको अनुपस्थितिमा अध्यक्ष बाहेक अन्य पदाधिकारीको छनौट नगरी सम्पन्न गरिएको थियो । माओवादी केन्द्रको विधानले अध्यक्ष पछाडि दोस्रो शक्तिशाली र कार्यकारी पद महासचिव रहने व्यवस्था गरेको छ । महासचिवका आकांक्षी रहका प्रचण्ड पछाडि दोस्रो पुस्ताका ५ जना शीर्ष नेताहरू भने बलियो प्रतिष्पर्धामा रहेका छन । अर्थमन्त्री जनार्दन शर्मा , स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेत , ऊर्जामन
काठमाडौँ / जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। रौतहटको गौरमा माघ ५ गते ’बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गौरकाण्ड दोहोर्याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ। उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन्। ‘हाम्रो पार्टीको भातृ संगठन ‘समाजवादी युवा सङ्घले
धनगढी / सुदूरपश्चिम प्रदेशका निमित्त मुख्य सहिवसहति १२ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव ढुण्डीप्रसाद निरौलासहितका पाँचजना, सामाजिक विकास मन्त्रालयका छ जना र भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।निमित्त प्रमुख सचिव निरौलाले परीक्षण गराउँदा आफूसहित पाँचजना कर्मचारीमा संक्रमण देखिएको जानकारी दिए । मुख्यमन्त्रीका निजी सचिवसहितका अन्य दुई जनालाई पनि संक्रमण भएको छ । संक्रमण पुष्टि भएका कर्मचारीहरू आइसोलेसनमा बसेका छन् ।सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले ६ जना कर
काठमाडौँ / यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावको मौन अवधि शुरु भएको छ । आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनु अगाडि नै निर्वाचन चिन्हसहित प्रचार सामाग्री हटाउनुपर्ने लगायत आचारसंहिता पालना गर्न आयोगले निर्देशन दिइसकेको छ ।राष्ट्रिय सभा सदस्य चुनावको मतदान हुने तीन सय मिटर वरपरको ठाउँमा भएका पर्चा, पम्प्लेट र पोस्टर हटाउन आयोगले निर्देशन दिएको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट पनि चुनाव प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ । मौ
काठमाडाैँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको छ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले आइतबार प्रेस विज्ञप्ति मार्फत देशको समसामयिक अवस्थाको बारेमा धारणा सार्वजनिक गर्दै उक्त आरोप लगाएका हुन् । ‘शक्ति पृथकीकरण र राज्यका अङ्गहरूबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरू गम्भीर रूपले समस्याग्रस्त बनेका छन्’, ओलीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।कोभिड महामारी विरुद्धको प्रतिकार्य पनि लथालिङ्ग भएको एमालेको ठहर छ । मुलुकले सामना गर
काठमाडौं / मानव अधिकार तथा शान्ति समाजले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।समाजका सभापति गोविन्द खनालले आइतबार एक विज्ञप्ति प्रकाशित गरी मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको अभिव्यक्ति र लोकतान्त्रिक मर्यादाविपरीत भएको भन्दै मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।गत माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतप्रति लक्षित गर्दै २०६३ सालको जस्तै घटना दोहोरिने चेतावनी दिएकी थिइन् । ‘मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्
काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।सीतालाई कोरोना संक्रमण भएपछि केही दिनअघि ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई आइतबार आईसीयूमा राखेर उपचार भइरहेको छ। लामो समयदेखि सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट पीडित छन्। कोरोना संक्रमण भएका प्रचण्डको भने रिपोर्ट नेगेटिभ आइसकेको छ।
काठमाडौँ / निर्वाचन आयोगको पत्रपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विद्यानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिए लगतै राप्रपाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको हो ।पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने केन्द्रिय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठक एक बजे पछि बस्ने छ । गत मङ्सिरमा भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दल सम्बन्धी ऐन बमोजिम गत १० पुसमा अद्यावधिक गर्नका लागि
काठमाडौं / पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको एमालेको सचिवालयले जनाएको छ ।पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन् । ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.