बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको नगर प्रमुखमा एमालेकी पवित्रा महतरा निर्वाचित भएकी छिन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार भोजराज सिटौलालाई तीन हजार ७५८ मतान्तरले पराजित गर्दै महतरा नगर प्रमुखमा निर्वाचित भएकी हुन् । महतराले १६ हजार ५२० मत प्राप्त गरेकी छिन् भने कांग्रेसका सिटौलाले १२ हजार ७६२ मत प्राप्त गरेका छन् । महतरा बिर्तामोड नगरकी निवर्तमान उपप्रमुख समेत हुन् । त्यसैगरी बिर्तामोडको उपप्रमुखमा एमालेकै नगेन्द्रप्रसाद संग्रौला विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेद्वार माओवादीका सिपी कडरियालाई सात हजार ४५१ मतले पछि पार्दै संग्रौल
विराटनगर / मोरङको बेलबारी नगरपालिकाको मेयरमा दिल प्रसाद राई निर्वाचित भएका छन् । राईले नेपाली कांग्रेसका मेयरका प्रत्यासी महेन्द्र प्रसाद सुवेदीलाई ८०२ मतले पराजित गरेका हुन् ।राईले १६ हजार ४२२ मत प्राप्त गरेका छन् भने सुवेदीले १५ हजार ६२० मत प्राप्त गरेका छन् । २०७४ मा मेयर र उपमेयरसहित बहुमत वडा जितेको एमालेको यसपटकको परिणाम भने खुम्चिएको छ । उपमेयरमा नेपाली काङ्ग्रेसकी नितु थापा निर्वाचित भएकी छिन् । थापा १३ हजार ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी तील कुमारी नेउपाने १३ हजार ६०५ मतले पराजित भइन् । बेलबारीमा नेकपा एमालेले चारवटा वडाको वडाध्यक्ष
झापा / वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिका मध्ये कांग्रेसले २८३ प्रमुख तथा अध्यक्ष जिते अग्रस्थानमा छ भने एमाले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेर दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्र १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेर तेस्रो स्थानमा छ । जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालिसकेको छ भने एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ ।यसैगरी लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने अन्य साना दल र स्वतन्त्र उम्मेदवारल
बिर्तामोड / दमक नगरपालिकाको प्रमुख पदमा राप्रपाका रामकुमार थापा निर्वाचित भएका छन् । एमालेकी गीताकुमारी पौडेललाई हराउँदै अधिकारीले १४ हजार ५ सय ७० मत प्राप्त गरेका छन् । उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराईले १३ हजार ९ सय ३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विका प्रसाद खनालले १३ हजार ५ सय ३६ मत प्राप्त गरेका छन् ।एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयर बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।
बिर्तामोड / झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित पाँच वडा अध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जयनारायण साहले ६ हजार ९ सय ९८ मत प्राप्त गदै पुनः निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका गौरीशङ्कर राजवंशीलाई २ हजार ६ सय ३३ मतान्तरले पराजित गरेका हुन् । अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका रुद्र बजगाईँले ३ हजार ७ सय ५५ र राप्रपाका चन्द्रबहादुर कार्कीले ३ सय २ मत प्राप्त गरेका छन् । त्यस्तै, गाउँपालिका उपाध्यक्षमा काङ्ग्रेसकी अन्जु देवी थपलिया ५ हजार ८ सय ६८ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । उनले एमालेकी देवी
चितवन / भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार ७८० मतगणना हुँदा उनले ३ हजार २४० मतान्तर कायम गरेकी छन् ।गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ७३९ मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार ४९९ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९५६ मत पाएका छन् ।उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार १८८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ८९३ मत पाएकी छन् ।
बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका वडा नम्बर –६ को वडाध्यक्षमा नेपाली कांग्रेसका सूर्यप्रसाद कन्दङ्वा निर्वाचित भएका छन् । नेकपा एमालेका बुद्धिराम भट्टराईलाई पाँच सय ९७ मतले पराजित गर्दै कन्दङ्वा वडाध्यक्षमा निर्वाचित भएका हुन् । बिर्तामोड –६ का निर्तमान अध्यक्ष समेत हुन् । कन्दङ्वाले एक हजार २८३ मत ल्याएका छन् भने भट्टराईले ९८६ मत ल्याएका छन् । त्यस्तै खुल्ला सदस्यमा कांग्रेसका जीवन सापकोटा, एमालेका खेम अधिकारी, महिला सदस्यमा काँग्रेसकी गीता रेग्मी र दलित महिला सदस्यमा काङ्ग्रेसकी शोभा विक निर्वाचित भएका छन् ।
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मिरा भुर्तेललाई तीन हजार ११ मतान्तरले पछि पार्दै प्रसाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । प्रसाईँले ११ हजार ४०३ मत ल्याएका छन् भने भुर्तेलले आठ हजार ३०२ मत ल्याएकी थिइन् । भूर्तेल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष समेत हुन् । त्यस्तै बुद्धशान्तिको उपाध्यक्षमा एमालेका भवानी खतिवडा निर्वाचित भएका छन् । उनले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार खड्ग तिम्सिनालाई पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका
विराटनगर / मोरङको धनपालथान गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जिवछप्रसाद गच्छदार विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मुसहरु मण्डललाई २७१ मतान्तरले पराजित गर्दै गच्छदार गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन् । गच्छदारले ६ हजार ३२९ मत प्राप्त गर्दा मण्डलले ६ हजार ५८ मत ल्याएका छन् ।त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नसिमा बानो निर्वाचित भएकी छिन् । बानो २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि सोही पालिकाको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् । उनले ६ हजार २८४ मत ल्याएकी छिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उपासी र
बिर्तामोड / गौरादह नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेबाट नगर प्रमुख पदका उम्मेदवार छत्रपति सुवेदीले ९ हजार ९ सय ७४ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । सुवेदीलाई पछ्याउँदै नेपाली कांग्रेसका रोहित कुमार शाहले ८ हजार ३ सय २८ मत प्राप्त गरेका छन् ।राप्रपाका गोपाल प्रसाद पौडेलले १ हजार १ सय २२ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादि) का खगेन्द्र प्रसाद दहालले ३९ मत प्राप्त गरेका छन् । त्यस्तै , उपमेयर पदमा एमालेबाट जलवर्षा राजवंशी चौधरीले ८ हजार ९ सय ५६ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।चौधरीलाई पछ्याउँदै माओवादी केन्द्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.